– सगुन सुसारा
१) साहित्य लेखन सन्दर्भ ः—
१.१) परिभाषाबाट साहित्य ः—
साहित्य विचार र भावनाको योग÷संयोग हो । – सगुन सुसारा
साहित्यमा शब्द र अर्थको मिलन हुन्छ, भाव र विचारको सम्मिलन हुन्छ, कल्पना र भावनाको योग हुन्छ, अनुभूति र अभिव्यक्तिको संयोग हुन्छ । (थापा, २०७३ ः ४)Literature is at bottom a criticism of life. -Matthew Arnold
१.२) आलेखनबाट साहित्य ः—
किरात राईहरुले लेखनको रूपमा कहिले देखि शुरु गरे त्यो निक्कै खोजको बिषय हो । कुनै जातिको साहित्य खोज्ने क्रममा उनीहरूको धर्म ग्रन्थ नै प्रमुख रूपमा खोज्नु पर्ने हुन्छ । यो जातिको साहित्यलाई आफुले मानि ल्याएको चाड, पर्व र आफ्नो सँस्कृतिमा गाइने गीतहरू वा धर्म, कर्ममा फलाकिने मुन्धुमहरू (रिसियाहरू) नै पहिलो साहित्य मान्नु पर्छ । जुन मौखिक थियो । त्यसमा पनि साकेलामा गाइने गीत, विवाहको बेला गाइने ‘आयानी’ अर्थात ‘हियारी छाम’ जस्ता गीतहरू साहित्य अभिव्यक्तिको पहिलो प्रयास तथा पहिलो माध्यम थियो । जतिखेर लेखन परम्पराको विकास भएको थिएन । त्यही भएर सम्पूर्ण जीवनलाई थुतुरी वेदमा चलाउँदै आए । यो आजसम्म पनि बाँचेको छ । (सुसारा, २०७७ ः २७)
नेपाली साहित्यको पृष्ठभूमि काल नेपाली भाषाको उद्भव र विकास, साहित्येत्तर वाङ्मयग्रन्थलेखन तथा लोकसाहित्यिक रचनाहरुको विस्तारका दृष्टिले उपलब्धिपूर्ण देखिन्छ । वि.सं. १०३८ को दुल्लुमा प्राप्त दामुपालको अभिलेख नेपाली भाषामा प्राप्त पहिलो अभिलेख भए पनि यसमा उल्लिखित मितिको प्रामाणिकतामा पुष्टि हुन नसकेकाले १३१२ को हुम्लामा प्राप्त अशोक चल्लको ताम्रपत्रलाई हालसम्मको पहिलो प्रमाणिक अभिलेख मानिन्छ । अन्य अभिलेखहरुमा अछाम जिल्लामा प्राप्त १३३७ को अक्षय मल्लको शिलालेख, सिँजामा प्राप्त १३७३ को आदित्य मल्लको ताम्रपत्र, गोर्खा जिल्लाको ताघबाइ गुम्बामा प्राप्त १३८५ का पुण्य मल्लको ताम्रपत्र आदि उल्लेख्य छन् । नेपाली भाषाको उठानमा यस्ता अभिलेख सामग्रीको महत्वपूर्ण भूमिका रहेको छ । (भण्डारी, भट्टराई, २०६२ ः ३१)
प्राचिन समयदेखि नै प्रयोगमा आएको काव्य शब्दको पर्यायवाची अर्थमा साहित्य शब्दलाई प्रयोग गरेको पाइन्छ । प्राचीनकालमा साहित्यको समुच्च्यलाई वाङमय भनिन्थ्यो ।
यसरी हेर्दा काव्य साहित्यको एउटा शाखा हो भने साहित्यअन्र्तगत हिजोआज उपन्यास, नाटक, कथा, निबन्ध आदि बिधालाई समाहित गरेर अध्ययन गरिन्छ । (लम्साल, अधिकारी, गैरे, गौतम, अधिकारी, २०६२ ः ३, ४)
२) वंशावली कि अरु कुरा ः—
निनाम्बुँङ÷मखम्बुँङ
(पृथ्वी तथा सम्पूर्ण ब्रãाण्ड)
………………………..
रुमाहाङ÷रुमाहँ÷पारुहाङ
(हावा, सुमद्र, जीवको सृष्टि)
……………………….
नायुमा
(समुद्रको मन्थनबाट फिँजमा देउलिङ्गे च्याउ पलाएको सेम्नीमा किराले खाएर गर्भवती भइ जन्मेको)
रुमाहाँङ÷पारुहाङ + नायुमा
!
जेठा – चाप्चा (बाघ) माइला – हँःछा (मनुस्य) साइँला – बेर्पा (भालू) कान्छा – होगा (कुकुर)
हँछा (किरातुइङ्वा) + सिक्रिमा (नागको छोरी)
!
सल्पा रिकपा (मृत्यु) रिब्रिमा
………………………………….
सल्पा (चोला फेरेर) + रिब्रिमा
१) जेठा – मुकाबुङ २) माइला – हर्कबुङ ३)कान्छा – रिबल्बुङ
१.१) मुकाबुङ – जेठा भोटे, माइला तामाङ, कान्छा गुरुङ
२.१) हर्कबुङ – जेठा खम्बू (राई), माइला लिम्बू, कान्छा सुनुवार
३.१) रिबल्बुङ – जेठा थारु, माइला दनुवार, कान्छा धिमाल (साम्पाङ, २०७० ः ४००)
२.१) किरात बारे केही कुरा ः—
सुम्दिमाकी छोरी फेकुलुङमा एक दिन वनको टाकुरा मैदानमा तान बुन्दै बस्दै थिइन । एउटा मृग कुदेर आई तान बुनेको मुनि आएर लडेर म¥यो । मरेको मृग फेकुलुङमाले लुकायो । एकछिन पछि सावाहाङ धनुवाण बोकेर आइपुग्यो । अचानक सावाहाङले सोध्यो – शिकार मृग देख्यो कि ? फेकुलुङमा अहँ देखिन भनिन् । कुकुर पनि खोज्दै घुम्दै त्यहीँ आयो । मृगको पाइला पनि त्यहीँ नेर हरायो । त्यही भए झैं लागेर तिमीले थाहा पायौ कि भन्दा खेरि फेकुलुङमाले अघि नै मृगको एक कान र पुच्छर काटेर लुकाए कि थिइन । फेकुलुङमाले एउटा शिकार छ, त्यो चिन्छौ भने तिमीले मलाई लानु, चिन्न सकेनौ भने म तिमीलाई ल्याउँछु भन्ने बाजी थापिन । यो कुरा पक्का पक्की भयो । त्यस पछि त्यो मृग देखाइन तर कान, पुच्छर थिएन सावाहाङले चिन्न सकेन । त्यो बाजी फेकुलुङमाले जित्यो । शिकार पनि फेकुलुङमाको भयो, सावाहाङ पनि फेकुलुङमा कै भयो । फेकुलुङमा, सावाहाङ – गाजिहाङ, गाजिहाङमा जोडी भई सगुन भयो । विवाह भयो । तर मृगको मासु खानपिन (भोज भतेर) गरी सकेपछि सावाहाङले यो शिकार होइन, चोरीको मासु पो हो भन्ने थाहा पायो । सोही चलन अनुसार फेकु (केटी) माग्न जाँदाखेरि शिकार खेल्न जाने भनिन्छ । त्यस पछि सावाहाङ फेकुलुङमा हेमन्त पहाड गएर दरबार बनाएर बसे, राजा बनिए, हेमन्त भूमि पहाडदेखि पछि सावाहाङको छोरा सुलुलुङ स्वयम्भू किरात हुन, उनका छोरा तीन भाइ – जेठा मुनाइङवा, माइला थोपोइङवा, कान्छा योयोइङवा भए । थोपोइङवाको छोरा साखा सन्तान ल्हासा, छोटा–चीन, महा–चीन, बडा–चीन, लुङलुङवाङ देशमा राज्य ग¥यो भन्ने छ, योयोइङवाको सन्तान जापान, कोरिया, श्याम, बर्मा, कोचीन भूमि आवाद गरेर देश बनाई राज्य चलाएर बसेको भन्ने छ, तथा मुनाइङवाको छोरा साखा सन्तान किरात वंश भएर फैलिए । (राई – २०५५ ः ३६, ३७, ३८)
बान्तावा राईहरूमा प्रचलित दन्त्यकथा यस प्रकारको छ– किरावा, किवा (बाघ) र माक्सा (भालु) एकै आमाका सन्तान थिए । उनीहरू हुर्केपछि जङ्गलमा शिकार गर्न जान थाले । भालु अलि अल्छे थियो । किरावा र किवाको बीचमा इष्र्या र वैमनस्यता थियो । एकले अर्कालाई मार्ने षडयन्त्र गर्न थाले । एक दिन बाघको नियत के रहेछ भनी जान्नलाई किरावाले ठुटालाई आफ्नो लुगा राखेर मानिस जस्तो बनाएर किरावा रुखमा बसिरह्यो । बाघ आयो र ठुटालाई किरावा ठानेर त्यसलाई मार्ने विचारले झम्ट्यो । त्यस पछि रुखमा बसिरहेको किरावालाई देखेर बाघलाई सोध्यो–‘भाइ तिमीले के गर्न आँटेको हँ पछि किरावा र किवा (बाघ) लाई आमाले भनिन्–‘अब उप्रान्त तिमीहरू मध्ये बाघ डाँडातिर हिड्दा किरावा खोलातिर हिड्नु र किरावा डाँडातिर हिड्दा बाघ खोलातिर हिड्नु । तिमीहरू दुईको भेट कहिल्यै नहोस ।’ उनै किरावाका सन्तान किरात हुन भन्ने भनाइ छ । (श्रेष्ठ – २०६७ ः ६)
किराँत जातिको राई समुदायलाई नौलाखा किराँत पनि भनिन्छ । पृथ्वीनारायणले नेपालमाथि जित हासिल गर्नुभन्दा अगाडि नै उनीहरुलाई नौलाखा किराँती भन्ने गरिन्थ्यो र उनीहरुले राज्य गरेको स्थानलाई नौलाखा किराँत भनिन्थ्यो । यस अवस्थामा प्रत्येक घरधुरीलाई इकाई मानी रु. १ कस असुल गरिन्थ्यो र त्यस क्षेत्रबाट नौ लाख कर असुल गरिने भएकाले यसैलाई आधार मानी नौलाखा किराँत भनिएको हो । … खम्बूहरुको बसोबास क्षेत्रमा नौ लाख संख्या रहेकाले यसलाई नौलाखा किराँत भन्ने गरिएको दावा हडसनको छ ।
प्राचिनकालमा नै कृषिमा किराँतहरु निपुण थिए । यसैले गर्दा नै उनीहरु पृथ्वी, जल, पहाडका र आगोको पूजा गर्दथे । पशुहरुको पूजा गर्दथे, चुलाचम्काका पूजा गर्दथे । … किराँतहरुको साखेवा, साकेन्वा, साकेलामा अन्नबाली राम्रो होस, बर्षा होस भनी आफ्नो इष्टदेवतासँग सेवासाम्लो गरिन्छ । अन्नको बिउ छर्दा, रोप्दा र बाली भि¬याउँदासम्मको क्रियालाई नाचको भाव र भाकामा उतारेर शिली नाचिन्छ । … किराँतहरुले विभिन्न हावापानी, जमिनको उचाइअनुसारको खेती गर्न जानेका थिए । विश्वमा किराँत प्रदेश नै पहिलो धान खेती गर्ने किसान हो । (शिवाकोटी, २०७६ ः ५८, १३१, १३२)
२.२) राई बारेमा केही कुरा ः—
(क) ‘राई’ शब्दको प्रयोग जुम्लाका राजा पूण्य मल्लले आफ्नो शक संवत १२५९ अर्थात १३३७ ई. को ताम्रपत्रमा पनि गरेका छन् । तर यहाँ त्यो शब्द हाम्रो अर्थमा होइन राजाको अर्थमा प्रयोग भएको छ । ( ख) ‘राई’ भारतीय भाषामा आदरका निमित्त प्रयोग हुने शब्द हो ।
(ग) ‘राई’ आदरका अर्थमा प्रयोग गरिने आर्यभाषामूलक शब्द हो । (शर्मा – २०५८ ः २५९, २५६) (क) ईशा पूर्व लगभग दोस्रोदेखि पाँचौं शताब्दी पहिले लिच्छविहरूसँग युद्ध हारी आफ्नो राज्य गुमाएर काठमाडौं उपत्यकाबाट पूर्व पसे पछि बनेपा धुलिखेल, सिन्धुपाल्चोक, दोलखा–किरात छाप र सुनकोशीको किनार पछ्याई पूर्व पसेका प्राचीन किरात राजवंशको एक हाँगो नै वर्तमान अवस्थामा राई जातिमा परिणत भएको पाइन्छ – हो ।
(ख) किरात जाति मध्येको एक समूह खम्बू, जिमी हुदै राई भएको पाइन्छ – हो ।
(ग) शासकीय राय÷राजा÷राई उपाधि लिने समूह नै कालान्तारमा किरात जातिभित्रको एक प्रमुख ‘राई’ जातिको रूपमा स्थापित हुन पुगेको छ । (राई, निप्सुङ–बर्ष–१२, अङ्क–२३)
राई शब्दको प्रयोग खास गरी तीन प्रकारको अर्थमा प्रयोग भएको देखिन्छ–
पहिलो– राजा वा राजाको वंश ।
दोस्रो –पदवी, उपाधि ।
तेस्रो –जाति वा जाति समूह ।
यसकारणले राई – राजा, पदवी, जाति भएर आज चिनिएको छ । पछिल्लो अझ व्यापक छ । (सुसारा, पारुहाङ –बर्ष–८, अङ्क–६, २०६६)
२.३) पाछाका बारे केही कुरा ः—
कुनै समयमा एकजना खम्बू रावाखोलाको छेउमा बस्ने गर्दथ्यो । उ तत्कालिन दरवारमा सेवा गर्दथ्यो । उसले बाह्र बर्षसम्म आफ्नो तलब लिएन । त्यसको बदलामा उसले आफ्नो एउटा इच्छा पुरा गरिदिन बिन्ति ग¥यो । र त्यो इच्छा थियो आफ्नो जन्म ठाउँलाई आफ्नै नाउँ दिने । तत्पश्चात उसको इच्छालाई स्वीकार गरी माझ किरातको रावा खोलाको वरिपरिको क्षेत्रलाई साङपाङ भनियो । (राई, २०६६ ः २३)
उहिले चोमोलोङमाको आसपासमा एक किरात दम्पति बस्दथे । उनीहरुको कुनै सन्तान थिएन । सन्तान सुख नभएकोले बूढी दिनहुँ बिहान उठेर सूर्यलाई ‘सन्तान देउ, गर्भ बसाई देउ’ भनेर ढोग्ने गर्थिन् ।
बिहानै सूर्यलाई ढोग्ने ती बूढी बेलुकी भने फेरि सूर्यसित नै रिसाउँथिन् । ‘मेरो गर्भ बसाइदिएनौ, लोग्नेसँग सम्बन्ध नै गरिदिएनौ …’ भन्दै सूर्यसित गुनासो गर्थिन् । समय बित्दै जाँदा उनको गर्भ बस्यो । उनको कोखबाट छोराको जन्म भयो । जन्मेको छोरालाई ‘निनामवात्तइदिछुब’ भनियो । किरात चाम्लिङ भाषामा यसको अर्थ ‘घामले दिएको फूल’ भन्ने हुन्छ । सूर्य अर्थात घामको आशीर्वादले जन्मिएको हुनाले उसलाई पछि ‘निनामबुङ’ भनियो । किराती भाषामा ‘निनाम’को अर्थ ‘घाम’ र ‘बुङ’को अर्थ ‘फूल’ भन्ने हुन्छ । उही निनामबुङछाका सन्ततिहरु नै अहिलेका चाम्लिङ निनामबुङछा हुन भन्ने किराती मिथक रहेको छ । (बतास, २०६७ ः १४२)
भोजपुरको नजिकै खोटाङमा बुङाखोला रहेको छ । त्यसैको छेउको पुसुइहाङका छोरा दाजुभाइ खुब शिकार गर्ने गर्थे । शिकार खेल्ने क्रममा एउटा भाइ चाँही खोलाको किनारमा ढकमक्क फूल फुलेको देखेर यो कति राम्रो ? यो पनि कति राम्रो ? (ओको डेम खान्नुवो ? ओको छाङ डेम खान्नुवो ?) भन्दै फूल छान्न, रोज्न थालेछ । राई बान्तावा भाषामा बुङ भनेको फूल हो र छेन भनेको छान्ने, रोज्ने अर्थ लाग्छ । बान्तावा भाषामा ‘हना ओको खास्को बुङछेनकावा मना’ (हैन यो कस्तो फूल छान्ने मान्छे) भनेछन् । अरुले त्यसलाई बुङछेन भनेछन् । त्यही नाम पछिबाट थर रहन गयो । (राई, २०७८ ः अन्तरवार्ता)
माथिका उधृत अंशहरु किरात, राई र पाछा कसरी विकाश भयो ? अर्थात उनीहरुको, तीनीहरुको उत्पति कसरी भयो ? प्रष्ट पार्न लिइएको हो । यो उत्पतिको कथा हो । उत्पतिको इतिहास हो । यो वास्तवमा एकप्रकारको वंशावली नै हो । यसकारण वंशावली कथा पनि हो । खासमा, वंशावली कुनै जाति, समुदायको फेहरिस्त हो । वंशावली कुनै जाति, समुदायको नालीबेली हो । वंशावली उत्पतिको कथा, इतिहाससँगै दरसन्तानको सम्पूर्ण विवरण हो । सायद यही वंशावलीको कथाकै माध्यमबाट साहित्यको कथा, उपन्यास विधा जन्म्यो कि ? वंशावलीको कथा कै कारण नयाँ कथाहरु, रुमानी कथाहरु, सामयिक कथाहरुको सिर्जना भयो कि ? इतिहास बन्यो कि ? खासमा वंशावली उत्पतिको कथा हो । वंशावली उत्पतिको इतिहास हो । त्यसैले वंशावली साहित्यको प्रारुप हो । वंशावली साहित्यको गोरेटो हो । वंशावली साहित्यको मूल हो । तर जानिफकारहरु के भन्छन् भने ‘सबै कथा इतिहास होइनन् र सबै इतिहास कथा होइनन् । तर कथामा मिती रह्यो भने इतिहास बन्छ रे ?’ इ कारणले गर्दा वंशावली र साहित्यको सम्बन्ध नजिक छ । अर्थात वंशावलीले साहित्यलाई टेवा दिएको छ । साहित्यमा वंशावलीको प्रयोग भएको छ ।
३) सुप्तुलुङको सम्बन्धमा ः—
अगेना, चुला, चुल्हालाई राई बान्तावा भाषामा पाछा, थुम, खोलाका हिसाबले विभिन्न नामले चिनिन्छ । यसो हुनमा भाषिकाको पनि भूमिका कम छैन । बान्तावा भाषाको यो एउटा विशिष्टता पनि हो । यही विशिष्टताका नाम हुन् सुप्तुलुङ, साम्खा, हुत्लुङ र दाब्बे ।
सुप्तुलुङ (ना.) – अगेना, तीन ढुङ्गा गाडी पितृ राखिएको स्थान ।
साम्खा (ना.) – अगेना, कूलपितृ राखिएको तीन चुल्हा गाडिएको र बिजुवाद्वारा पुजिने ठाउँ ।
हुत्लुङ (ना.) – चुल्हा ढुङ्गा, अगेनामा विधिवत गाडिएको पितृ ढुङ्गा ।
दाब्बे (ना.) – अगेना, तीन ढुङ्गा गाडिएको चुल्हा, सुप्तुलुङ । (बान्तावा, २०६७ ः २२९, २१९, २४२,१०४)
सूतूलूङ – चुला (स. साम्पाङ, २०६१ ः २५)
चुलालाई मुन्दुमी भाषामा सुतुलुङ, बोब्बिलुङ, कुरीलुङ, सारिलुङ, हिमालुङ, हिसिलुङ, हुल्लुङ, साम्तिलुङ, नाक्सोलुङ, बानालुङ भनिन्छ । (राई, २०७५ ः १५३)
३.१) चुलाको उत्पतिको कुरा ः—
मिथक अनुसार सृष्टिकर्ता पारुहाङ महाताम्मामा (मुन्धुममा उल्लिखित दुधकोशीको नाम) दुवाली छेक्दै, माछा मारिरहेका थिए । सुम्निमा पनि सिस्नो टिप्दै महाताम्माको किनारै किनार मास्तिर उक्लिरहेकी थिइन । यहीँ बेला सुम्निमा र पारुहाङको भेट भयो । भेट पछि एक अर्काका बीच चिनजान र कुराकानी भयो । यही बेला पारुहाङले रात पारे । रात परे पछि पारुहाङले ३ वटा सुप्तुलुङ बनाई आगो बालेर आफूले मारेको माछा र सुम्निमाले टिपेको सिस्नु पकाएर खाए । यही समयबाट सुप्तुलुङ अर्थात चुलाको उत्पति हुन पुगेको हो ।
अर्को मिथक अनुसार हेत्छाकुवाले आफ्नो मृतक आमाबाबु र बिछोडिएको दिदीहरुको सम्झनामा आफूलाई सधैं एक्लो महसुस गथ्र्यो । दिनानुदिनको यस्तो हेत्छाकुवाको उदासीपन देखेर उनकी श्रीमती ङायुमालाई विरक्त लाग्थ्यो । फलस्वरुप आफ्नो मृतक आमाबाबु, बिछोडिएको दिदीहरु र आफ्नो ज्ञान, विवेक र बुद्धिको प्रतीकस्वरुप तीन वटा ढुङ्गाहरुको प्रतिस्थापन गरी पूजा गर्न ङायुमाले सल्लाह दिइन । यही समयबाट किरातीहरुको घरमा ३ चुला गाड्ने संस्कार सुरु भएको हो । (राई, २०७५ ः १५४, १५५)
३.२) चुलाको नाम सम्बन्धमा ः—
यो सुप्तुलुङ, साम्खा, हुत्लुङ र दाब्बेभित्र तीन ढुङ्गा गाडिएको हुन्छ । एसका पनि आ–आफ्नो नाम छ । इ नाम पनि पाछा, थुम, खोलाको हिसाबले फरक फरक छ, हुन्छ अर्थात पुकारिन्छ, बोलाइन्छ ।
आग्नेय (पूर्व दक्षिण दिशाको कोण) दिशामा अवस्थित चुलालाई सावालुङ रुमुलुङ, नैऋत्य (दक्षिण पश्चिमको कुनामा) दिशामा अवस्थित चुलालाई छुक्कुलुङ रङरिलुङ र इशान (पूर्व उत्तर दिशाबिचको कुना) दिशामा रहेको चुलालाई दिवालुङ सा ङघेनलुङ नामले बोलाइन्छ । (राई, २०७५ ः१५६)
तीन वटा चम्कालाई दिवालुङ, दिमालुङ, तायालुङ नाम राखी फरक–फरक शक्ति बलको प्रतीक मानेको भन्ने मिथक रहेको छ । होङछाले (मान्छे) ती सुप्तुलुङलाई पुर्खाको प्रतीक मानी मुन्धुम फलाक्दै पितृपूजा गरे पछि पितृपूजा प्रारम्भ भएको भन्ने मिथक पाइन्छ । (शिवाकोटी, २०७६ ः २५५)
दक्षिणबाट पश्चिम केही च्यापेर पापालुङ÷कुइमालुङ, पूर्व तर्फबाट उत्तरलाई केही च्यापेर मामालुङ÷थुइमालुङ, र पश्चिमतर्फ उत्तरी कुनालाई च्यापेर छेकुमालुङ राखिन्छ । (साम्पाङ, २०७० ः १०१)
सप्तुलुङ रिलुङ (मुन्दुमी समय कालखण्डका कुराहरु) अनुसार पापालुङ, मामालुङ, छेकुलुङ÷रमिलुङले सामूहिक सप्तुलुङको वा साझा सप्तुलुङको प्रतिनिधित्व गर्दछ । पहिलो सप्तुलुङ रिलुङमा (चरण) साझा रुपमा सुप्तुलुङको प्रयोग गरे, यीनै तीन वटा नामबाट समूहको विभाजन गरेको देखिन्छ । (राई, २०७८ ः ५)
किरात राईहरुको थर, सामै, पाछा र भाषा परम्परा अनुसार मूलघर चुला, भाइ चुला, चेलीनाता चुलालाई आ–आफ्नै किराती भाषाले सम्बोधन गरिन्छ । जस्तै मूलघर चुला सुप्तिलुङ, भाइ चुला बाहालुङ, चेलीनाता चुला छैकुटनिलुङ । हरेक किरात राईहरको नितान्त निजी भनेकै तीन चुला हो । (राई, २०७५ ः १६४)
ओसेछापले तीन चुलाको सृष्टि गरेर मानव कल्याणको लागि प्रत्येक चुलालाई फरक–फरक शक्तिहरु प्रदान गरे । तीन चुला मध्ये मोसुम (चुलादेखि उत्तरपट्टि जहाँ राईहरुको पुर्खा बस्छन्) तर्फ माखोलुङ्ग (सुप्तुलुङ्ग) नामक चुलाढुङ्गा गाडेर भन्यो– ‘तिमी माखोलुङ्ग (सुप्तुलुङ्ग), तिमीले परिवारको पृतहरुलाई सुख शक्ति दिनु, दिर्घायु दिनु ।’ घरको आमा बस्ने ठाउँ (दक्षिण) पट्टि गाडेर भन्यो– ‘तिमी मामालुङ्ग (छेकुलुङ्ग), तिमीले परिवारमा लच्छिन भित्राउनु, धनसम्पति, बुद्धि विवेक दिनु ।’ घरको मुलढोका तर्फकोलाई भन्यो– ‘तिमी पाखालुङ्ग (दिनलुङ्ग), तिमीले परिवारमा आउने सम्पूर्ण जोरीपारी हटाएर परिवार सुख दिनु परिवारको रोग कष्ट आदि हटाइदिनु ।’ यसरी ओसेछापले तीन चुला गाडेर फरक–फरक शक्ति दिए । (राई, २०६२ ः ८६)
३.३) सुप्तुलुङको विशिष्टता ः—
तीन वटा ढुङ्गालाई निश्चित स्थान र दिशामा विधिसङ्गत स्थापना गरी सामाजिक, साँस्कृतिक, राजनीतिक, धार्मिक तथा आर्थिक महत्वका साथ पुर्खाहरुको सम्मान र सम्झना गर्दै, छोरीचेली तथा गाउँ समाजलाई सम्झँदै वर्तमान पिँढी र पुस्ताका रक्षा र सफलताका लागि बलपिछा माग्ने साँस्कृतिक अभ्यास र परम्पराको निरन्तरता नै चुला पुजा हो । चुलालाई बान्तावा भाषामा हुत्लुङ भनिन्छ । … हुत्लुङ किरात राईहरुको सबैभन्दा ठूलो विश्वासको आधार र सँस्कृतिको प्रमुख केन्द्र हो ।
बान्तावा राई लगायत किरात राईहरुको अस्तित्वको मूल आधार एवम सँस्कृतिको धरोहर भनेको नै चुलापूजा हो । यसलाई किरात राईहरुको जीवनदर्शन तथा सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक एवम् राजनैतिक पक्षसँग जोडेर हेर्ने गरिन्छ । यो किरात राईहरुको मौलिक पहिचान र साँस्कृतिक अनुष्ठानको केन्द्र हो । साँस्कृतिक विरासत हो । वंशको अस्तित्व यही चुलामा निहित गरिएको हुन्छ । (राई, २०७५ ः १५२, १५३)
सुम्निमा र पारुहाङ साकेन्वालुङ भएर निनाम्मातिर गएपछि एक्लै भएका होङछाले सुम्निमा र पारुहाङको प्रतीक मानेर सुप्तुलुङको स्थापना गरे । होङछाले सुप्तुलुङको उत्तर दायाँ भागमा चुला (ढुंगा) गाढेपछि तपाईँ दिवालुङ, हाम्रो परिवारको पुर्खालाई शक्तिबल दिनु, दीर्घायु बनाउनु, शत्रुबाट रक्षा गर्नु, सुखशान्ति दिनु भनेर पूजा गरे । होङछाले सुप्तुलुङको दक्षिण भागमा चुला गाड्दै तपाईँ हाम्रो दिमालुङ हो । तपाईँले घरपरिवारमा सुब्बेफाब्बे गराउनु (शुभलाभ), धनसम्पत्ति, अन्नपात, घरभित्र भि¬याउनु, बुद्धिविवेक दिनु, रक्षा गर्नु भन्दै अर्को चुला सुप्तुलुङको अगाडि मूलढोकापट्टि भागमा गाड्दै तपाईँ तायालुङ (पुर्खा चेली) हो । तपाईँले घरमा आउने अथितिहरुको सत्कार गर्दै परिवारको सुब्बेफाब्बेलाई कायम गर्नु, शत्रुबाट जोगाउनु, सुखशान्ति दिनु भनी प्रार्थना ग¥यो । … किरातहरुको जन्मदेखि मृत्युपर्यन्तका सबै कर्मकाण्डहरु यही सुप्तुलुङमा गर्ने गरेका छन् । (शिवाकोटी, २०७६ ः२५५)
पापालुङ वंशसँग सम्बन्धित हुन्छ, मामालुङ घरको धनसम्पत्तिसँग सम्बन्धित हुन्छ भने छेकुमालुङ बाहिरी इष्टमित्रहरुसँग सम्बन्धित हुन्छ भन्ने मान्यता रहेको छ । (साम्पाङ, २०७० ः १०१)
वास्तविक रुपमा सुप्तुलुङ वर्गाकार अथवा गोलाकारभित्र रहेको तीन वटा ढुङ्गा नै हो । किरात राईहरु यी स्थानहरुलाई आस्थाको प्रतीक, ज्ञानको स्रोत तथा शक्ति प्राप्त हुने विश्वास गर्दछन् । … सुप्तुलुङ किरात राईहरुको पुख्र्यौली विरासत हो ।
तीन वटा ढुङ्गाले ब्रãाण्डमा भएका सम्पूर्ण भौतिक तथा आध्यात्मिक वस्तुहरुको प्रतिविम्बित गर्दछ । उदाहरणका लागि पापालुङले सम्पूर्ण वंशजको बारेमा प्रतिनिधित्व गर्दछ, मामालुङले सम्पूर्ण मावली पट्टिको कुरालाई प्रतिनिधित्व गर्दछ, यसै गरि छेकुलुङ÷रमिलुङले सम्पूर्ण इष्टमित्र र छोरीचेलीको प्रतिनिधित्व गर्दछ । यसैका आधारमा किरात राई समुदायले समाज सञ्चालन गर्दछन् । यसै गरि पापालुङले बल, मामालुङले शान्ति र छेकुलुङ÷रमिलुङले प्रतिष्ठाको प्रतिनिधित्व गर्दछ । यसैको आधारमा समाजलाई सन्तुलन गर्ने गर्दछन् । पापालुङले बल, मामालुङले विवेक र छेकुलुङ÷रमिलुङले नियन्त्रकको भूमिका निर्वाह गर्दछ । यसैको आधारमा समाजलाई सचेत गर्ने गर्दछ । … सप्तुलुङ किरात राईहरुको पवित्र आध्यात्मिक स्थलको साथै पवित्र स्थल हो
सप्तुलुङलाई सर्वोच्च अदालतको रुपमा पनि व्याख्या गर्न मनासिव हुन्छ, किनभने मुन्दुमी किरात राई समुदायको मूल्य मान्यता, नीति नियम, न्याय निसाफ सबै सप्तुलुङद्वारा मात्रै अन्तिम टुङ्गो लगाउने परिपाटी छ । (राई, २०७८ ः १, २, ५)
राईका दस थर दस भाषा, एक चुला हुने । (श्रेष्ठ, २०६० ः ८९)
तीनवटा ढुङ्गा (लुङ) गाडेर एउटा चुला निर्माण गरिएको हुन्छ । त्यस चुलामा प्रयोग गरिने तीन ओटै ढुङ्गाको नाम र काम फरक–फरक हुन्छन् । एउटा ढुङ्गाले पितृहरुको प्रतिनिधित्व गर्दछ भने दोस्रोले घरका मातृहरुको प्रतिनिधित्व गर्दछ र तेस्रोले पाहुना वा समाजको प्रतिनिधित्व गर्दछ । (राई, २०७७ ः १०६)
सुप्तुलुङमा जन्मेदेखि मृत्युसम्मका सबै कर्मकाण्डहरु गर्दा मुन्धुम तथा रिसिया फलाकिन्छ, गाइन्छ । मुन्धुम तथा रिसियाहरुको लयात्मकता र गेयात्मकताका कारण नै गीत तथा कविताको भाका बनेको हुनु पर्छ र त्यसलाई गाउन थालियो, फलाक्न थालियो । यो गाउनु भनेको लोकगीतको भाका पनि हो । गीत तथा कविता पनि साहित्यको एउटा विधा नै हो । सुप्तुलुङमा सामाजिक, साँस्कृतिक, राजनैतिक, धार्मिक तथा आर्थिक महत्वका साथ पुर्खाहरुको सम्झना गरिन्छ । साहित्यमा पनि इ बिषयहरु नै रहने हुनाले साहित्यमा सुप्तुलुङको प्रयोग नहुने कुरै भएन । अझ यसो भनौं साहित्यमा सुप्तुलुङको प्रयोग हुन्छ र सुप्तुलुङमा साहित्यको प्रयोग हुन्छ नै । यस कारणले सुप्तुलुङ र साहित्य एक अर्काको परिपूरक नै हुन भन्दा अतिशयोक्ति नहोला ?
सुप्तुलुङ आश्थाको प्रतीक, ज्ञान तथा शक्तिको स्रोत हो । सुप्तुलुङ किरात राई समुदायको विरासत हो । सुप्तुलुङ किरात राई समुदायको पहिचान हो । सुप्तुलुङ किरात राई समुदायको साँस्कृतिक धरोहार हो । सुप्तुलुङमा नै किरात राई समुदायले आफ्नो मूल्य मान्यता, नीति नियम, न्याय निसाफ जस्ता कुराको अन्तिम टुङ्गो लगाउन्छन् । अर्थात सुप्तुलुङमा नै इ कुराको छिनोफानो गर्न सकिन्छ र हुन्छ भन्ने विश्वास रहेको छ । सुप्तुलुङमा नै सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक, राजनैतिक बिषयहरु रहको विश्वास किराती राई समुदायमा छ । किरात राई समुदायमा सुप्तुलुङलाई बुबा, आमा, चेली र इष्टमित्रको रुपमा पनि विश्वास गर्छन् । बुबा आमा भनेको वंश हो, चेली भनेको कुटुम्ब, समाजसँग सम्बन्धि छ । इ बिषय नै साहित्य पनि रहने हुनाले सुप्तुलुङ र साहित्यको परिपूरक सम्बन्ध छ । यसैले साहित्यमा सुप्तुलुङको प्रयोग निसर्त छ । नमुनाको रुपमा एउटा गीतलाई हेरौं ः—
रचना ः— भूपाल राई सङ्गीत ः— जीतेन राई
स्वर ः— जीतेन राई, पार्वती राई, रुपकुमार राई, कला राई, सरला राई
मट्टिको कसम शिरोपर तीन चुलो तीर्थ धाम
हरबखत दाइनो भइ रहुन सुम्निमा पारुहाङ
सुम्निमा शिरमा राखेर मूलभूमि ढोगेको
आकाश जस्तै अनन्त पारुहाङ पुजेको
बाँचिन्जेल हामी मूलवासी इनैको दरसन्तान
हरबखत दाइनो भइ रहुन सुम्निमा पारुहाङ
मुन्धुममा हेर हर मन्त्र सृष्टिको गाथा छ
तान बुन्ने चेली तायामा माइतीको कथा छ
पहिलो खाँबो गाडेको यै थलो पितृमाङ
हरबखत दाइनो भइ रहुन सुम्निमा पारुहाङ
मट्टि हाम्रो धरती हो । जसलाई हामी किरात राईहरु जहिल्यै सम्मान गर्छौं, पुज्छौं । अर्थात हामी शिरमा राख्छौं । त्यही धर्तीमा रहेको तीन चुला हाम्रो तीर्थ धाम हो । जहाँबाट हामी सबै कुरा (शक्ति, ज्ञान, दिर्घायु, बल, बुद्धिविवेक, धनसम्पति, इज्जतप्रतिष्ठा, सुखशान्ति) प्राप्त गर्न सक्छौं । त्यही भएर हामी तीन चुलामा सुम्निमा पारुहाङ दाइनो भएको कामना गर्छौं । चाहाना राख्छौं ।
सुम्निमा हाम्रो आमा । हामी शिरमा राखेर मूलभूमि (हाम्रो जन्मभूमि) ढोग्छौं । अर्थात आमालाई हामी ढोग्छौं । पारुहाङ पिता हुन । उनी आकाश जस्तै अनन्त छन् । पिताहरु जहिल्यै सन्तानका लागि अनन्त साथ रहन्छन् । त्यही भएर नै किरात राईहरु पितृलाई पुज्ने गर्छन् । त्यही भएर बाँचिन्जेल सुम्निमा पारुहाङका सन्तान नै मूलाबासी । यसैका दरसन्तान किरात राई ।
हामी मुन्धुममा विश्वास गर्छौं । मुन्धुमको हर मन्त्रमा हाम्रो सृष्टिको कथा छ । त्यही मुन्धुममा तान बुन्ने चेली तायामा र माइतीको कथा छ । अर्थात तायामा खियामा र हेत्छाकुपाको कथा छ । जसबाट हामीले खेतीपाती गर्न सिक्यौं । विभिन्न सिलिहरु सिक्न पायौं । चेली र माइतीको महत्वलाई बुझ्न पायौं । त्यति मात्र होइन यो मट्टिमा पहिलो खाँबो गाडेर घर बनाएर पितृमाङ पुज्न थालेका हौं । यो विशाल कथा र इतिहास नै साहित्य होइन र ? एत्ति भए पछि बंशावली र सुप्तुलङ साहित्यमा प्रयोग नहोस कसरी ? बरु बंशावली र सुप्तुलुङ पनि साहित्य नै हो ।
(२०७८ मंसिर १८ गतेका दिन चापबोटे, लालिखर्क, फिलिममा माङफाङ सुकिता बुङछेन राईहरुको बंश भेलामा प्रस्तुत कार्यपत्र)
इ सन्दर्भ सामाग्रीहरु
¼ सुसारा सगुन, २०७७, पाँचथरमा राईहरु, मिलन राई ।
¼ ,, २०६६, पारुहाङ्ग बर्ष – ८, अङ्क – ६, इलाम, किरात राई विद्यार्थी संघ, म.र.ब. इकाई समिति ।
¼ थापा मोहनहिमांशु, २०७३, काठमाडौं, साझा प्रकाशन ।
¼ भण्डारी यादव, भट्टराई राजन, २०६२, काठमाडौं, हजुरको प्रकाशन ।
¼ लम्साल रामचन्द्र, अधिकारी बाबुराम, गैरे नारायणप्रसाद शर्मा, गौतम वासुदेव, अधिकारी गणेशराज, २०६२, साहित्यशास्त्र र नेपाली समालोचना, काठमाडौं, भुँडीपुराण प्रकाशन ।
¼ राई सन्तकुमार इशारा, २०५५, काठमाडौं, किरात राई यायोक्खा, केन्द्रीय कार्य समिति ।
¼ साम्पाङ राई खगेन्द्र बहादुर, २०७०, किरात साम्पाङ राई चिनारी (वंशावली¬), खोटाङ, कल्पना राई ।
¼ श्रेष्ठ शिवकुमार, २०६७, लिम्बूवानको ऐतिहासिक अध्ययन्, काठमाडौं, साझा प्रकाशन ।
¼ बान्तावा डिक, २०६७, किरात बान्तावा (राई) शब्दकोश, चामबहादुर राई ।
¼ साम्पाङ ताराजङ तोमीहँ, साम्पाङ भलाकाजी बुल्तीङ्ग, २०६१, किरात राई साम्पाङ गुङ, खोटाङ, किरात राई साम्पाङ भाषा संरक्षण समिति ।
¼ राई राजकुमार, २०७५, बान्तावा राई समुदाय र संस्कृति, कीर्तिपुर, एकेडेमिक बुक सेन्टर ।
¼ शिवाकोटी गोपाल, २०७६, किराँत जाति, काठमाडौं, पैरवी प्रकाशन ।
¼ राई शान्ति देवी, २०७८, किरात मुन्दुममा सप्तुलुङको महत्व र प्रयोग, किरात राई अन्तराष्ट्रि सम्मेलन, काठमाडौंमा २०७८ कार्तिक २८ गते प्रस्तुत कार्यपत्र ।
¼ शर्मा जनकलाल, २०५८, हाम्रो समाज ः एक अध्ययन, काठमाडौं, साझा प्रकाशन
¼ राई जयकुमार, निप्सुङ बर्ष – १२, अङ्क – २३, काठमाडौं
¼ श्रेष्ठ तेजप्रकाश, २०६०, नेपाली लोकसंस्कृति केही सम्पदा, केही परम्परा, काठमाडौं, साझा प्रकाशन
¼ राई बलराम, २०६६, खम्बूहरु (राईहरु) तिनका पुनरावृत्त विवरणहरु, दार्जिलिङ, बी. बी. राई
¼ बतास निराजन २०६७, खोक्चिलिपा, काठमाडौं, किराँतविज्ञान अध्ययन संस्थान
¼ राई भक्तबहादुर, २०७८ मङ्सिर १६, अन्तरवार्ता
¼ राई राजेश, २०६२, किराती लोक कथा संग्रह, प्रा. डा. नोवलकिशोर राई
¼ राई पर्खनबहादुर, २०७५, किरात इतिहास र संस्कृति, खोटाङ, किरात राई यायोक्खा, जिल्ला कार्य समिति
¼ राई नारायणभक्त, २०७७, किरात राई समुदायको प्रथाजनित कानुन, मोरङ, देश विशेष सञ्चार प्रा.लि.