पाँचथर– पाँचथरमा २०७९ को चुनाव भन्दा उम्मेद्वारी दिनेको संख्या घटेको छ । १५ जना उम्मेद्वारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।
तर २०७९ को प्रतिनिधि सभा चुनावमा । १८ जना चुनावी मैदानमा थिए ।
यो पल्ट नेपाली कांग्रेसबाट नरेन्द्र कुमार केरुङ, नेकपा (एमाले)बाट अइन्द्र सुन्दर नेम्बाङ, नेपाली कम्युनिष्ट पार्टीबाट हर्क नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र विक्रम थाम्सुहाङको उम्मेद्वारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेजकुमार कुरुम्बाङ, प्रगतिशिल लोकतान्त्रीक पार्टीबाट प्रकाश काफ्ले, नेपाल मजदुर किसान पार्टीबाट लक्षुमन तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट विजय नेम्बाङ, मंगोलनेशनल अर्गनाईजेशनबाट रामकुमार तुुम्रोक, संघिय लोकतान्त्रीक मञ्चबाट भानुभक्त फियाक, नेपाल जनमुक्ति पार्टीबाट नरेन्द्र प्रसाद कुरुम्बाङ, जनता समाजवादी पार्टीबाट मचिन्द्र प्रसाद बेघा,राष्ट्रिय परिवर्तन पार्टीबाट टेकबहादुर सुब्बा, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मित्र लिङदेन र श्रम संस्कृति पार्टीबाट हस्तराज शेर्माले मनोनयन दर्ता गराएका छन् ।
पाँचथरमा २०७९ भन्दा उम्मेद्वारको संख्या घट्यो
पाँचथरमा २०७९ भन्दा उम्मेद्वारको संख्या घट्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




