िमती ः २०८२।०८।१८
सम्माननीय प्रधानमन्त्रीज्यू
नेपाल सरकार सिंहदरबार काठमाडौँ,
प्रस्तुत विषयमा नव पुस्ताको जेन्जी आन्दोलनपछि देश अत्यन्त कमजोर भएको छ । शान्तिपूर्वक निर्वाचन गराउन सरकारलाई ठूलो चुनौती देखिन्छ । नेपालको भौगोलिक बनावट एवं भूगोल र खगोलको आधारमा ग्रहगोचर अनुसार ज्योतिषशास्त्रको आँखाले हेर्दा २०८२ साल फागुन २१ गतेको निर्वाचन समय प्रतिकुल देखिन्छ ।
देशले महँगो मूल्य चुकाउनुपर्छ कारण उक्त समयमा ग्रहका राजा सूर्य र राजा ग्रुह बृहस्पति शत्रुग्रही हुनेछन् । तसर्थ राज्यलाई असफल गराउने तत्वहरूलाइ बल पुग्नेछ। यसबाट बच्नको लागि २०८३ साल वैशाख ५ गतेदेखि १५ गतेभित्र निर्वाचन गराउनु उपयुक्त हुनेछ । किनकि उक्त समय ग्रहका राजा सूर्य मेष राशिमा प्रवेश भएर उच्च हुनेछन् ।
ग्रहका राजा र राज्य स्वत बलवान हुनेछन् । दलहरूले जनसम्पर्क गर्न पर्याप्त समय पाउनेछन् यसकारण निर्वाचन सहजै सुसम्पन्न हुनेछ ।
राय प्रस्तोता
श्री नेत्रप्रसाद भट्टराई। पाँचथर ज्योतिष केन्द्र




