डेबिड ओझा
चौँरीको गलामा लगाइएको घन्टीको आवाजले बिहानीको निन्द्रा खुलाउँछ । निन्द्रासँगै मौसम पनि खुल्दै गएको दृश्य देख्न पाइन्छ । एकातिर सूर्योदय हुन्छ भने अर्को तर्फ सूर्यको किरण हिमालमा टल्किन थाल्छन् । फराकिला डाँडाहरू आकर्षक लाग्छन् ।
यो दृश्य पाँचथरको फालोट/तीन सिमानाको हो । सिजनमा पर्यटकले भरिभराउ हुने यो ठाउँ महत्पूर्ण गन्तव्य हो । ३ हजार ५ सय ८७ मिटर उचाईमा रहेको फालोटबाट हिमालका सुन्दर दृश्य देखिन्छ । सिक्किम भारतमा विलय हुनु अगाडी नेपाल, भारत र सिक्किमको सिमाना भएकाले तीन सिमानमा भनिन्छ । मौसम अनुसार फरक फरक दृश्य देखिन्छ । यो पल्ट राम्रोसँग हिउँ नपरेपनि दृश्य सुन्दर थिए । गिद्ध लगायतका चराचुरुङ्गीको बथान देख्न पाइन्थ्यो । उच्च पहाडी क्षेत्रमा पर्ने यहाँसम्म कच्चि बाटो भएर गाडीमै पुग्न सकिन्छ । नेपाल–भारत सिमानामा पर्ने यो ठाउँ पुग्नै पर्ने गन्तव्य हो ।
हेर्नुस् तस्विर (सबै तस्विर –डेबिड ओझा )






