पाँचथर– श्याम सिंघककाे उपन्यास कोइलाखादमाथी पाँचथरकाे फाल्गुनन्द गाउँपालिका–३ काे बतिसेमा ‘डिस्कोर्स’ भएको छ । बतिसे झरना नजिकै रहेको रिर्सोटमा भएको पुस्तक चर्चा कार्यक्रमममा लेखक, साहित्यकार, अन्य विभन्न क्षेत्रका व्यातीहरू र स्थानियबासि सहभागी थिए ।
लेखक सिंघक सहित झापा, इलाम र पाँचथरका साहित्यकार भेला भएका थिए । सामाजिक यर्थातवादि उपन्यासको रुपमा कोइलाखादलाई लिइएको छ । भारतको कोइलाखानीमा काम गर्ने नेपालीको मजदुरको कथा उनको उपन्यासमा छ । साहित्यकार प्रकाश थाम्सुहाङ, साहित्यकार प्रेम ओझा र एलवि नेम्बाङ वक्ता रहेका थिए । फाल्गुनन्द गाउँपालिकाको साहित्य प्रतिष्ठानले पुस्तक चर्चा कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा हाङयुग अज्ञात, सुन्दर कुरूप, लीला अनमोल, राजकुमार अनिश्चित लगायतका एक दर्जन कवितहरुले रचना पाठ गरेका थिए ।
साहित्य, सस्कृति संरक्षण र प्रवर्धनका लागि गाउँपालिकाले प्रतिष्ठान मार्फत विभिन्न गतिविधि गरिरहेको गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेको भनाई थियो ।