पाँचथर ।पाँचथरमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मंगोल नेशन अर्गनाइजेसनको तर्फबाट रामकुमार तुम्रोक चुनावी मैदानमा उत्रिएका छन्। तुम्रोकले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै तुम्रोकले मंगोल समुदायसहित पाँचथरका सबै वर्ग, क्षेत्र र समुदायको अधिकार, पहिचान र समावेशी प्रतिनिधित्वका लागि आफूले उम्मेदवारी दिएको बताए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे।




