पाँचथर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना सम्बन्धी आवेदन दर्ताको म्याद दुई दिन थप गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले जारी गरेको सूचनाअनुसार, यसअघि तोकिएको समयसीमा अनुसार २०८२ पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन फारम दर्ता गर्नु पर्ने थियाे । आवेदन दर्ताका लागि थप समय आवश्यक परेको भन्दै माघ २ र ३ गतेसम्मका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम चन्द्र साहका अनुसार बुधबारसम्म पाँचथरमा नेपाल प्रहरीतर्फ ७६६ र एपिएफतर्फ १२८ जनाले आवेदन दिएका छन् । पाँचथरमा नेपाल प्रहरीतर्फ ११३१ र एपिएफतर्फ ९६ जना गरी जम्मा १२२७ जना निर्वाचन प्रहरी नियुक्ति गर्नु पर्नेछ ।
सूचना अनुसार अब म्याद थप गरिएको अवधिमा जिल्ला प्रहरी कार्यालय पाँचथर तथा इलाका प्रहरी कार्यालय रवि, पाँचथरबाट आवेदन फारम दर्ता गर्न सकिनेछ ।
निर्वाचन प्रहरी भर्ना सम्बन्धी थप जानकारीका लागि १००, ९८५२६८९१२२ र ९८५२६८४३०० नम्बरमा सम्पर्क गर्न सकिनेछ जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ ।

बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित




