करिब दुई बर्ष भन्दा बढी समयदेखि कोरोना अथवा कोभिड १९ महामारीको प्रभाव विश्वब्यापी रुपमा रहेको छ । विश्व भरमा अठार करोड भन्दा बढी मानिसमा प्रभाव पारेको र करिव चालीस लाख मानवीय क्षतीनै पुर्याइरहेको यस महामारीले तत्काल पुर्याएको मानविय क्षती भन्दा अझ भविश्यमा देखिन सक्ने आर्थिक क्षति कठोर हुनसक्ने आकलन गरिदैछ । हालैमा सन् १९३० को आर्थिक मन्दीलाइ समेत विर्साउने गरि यसका प्रभावहरु देखापर्न थालीसकेको र समग्र अर्थतन्त्रको बृदिदर ऋणात्मक रहेको कुरा अर्थसास्त्रका विद्वानहरुले उल्लेख गरिसकेका छन । यस महामारीको प्रभावलाइ न्यून गरि मानवियक्षती कमगर्न नेपाल समेत अन्य विश्वका मुलुकहरु लामोसमय लकडाउन अथवा वन्दावन्दीको अवस्थामा गुज्रीसकेको कारणनै दंद्कालपछि नेपालको अर्थतन्त्र समेत पहिलो पटक ऋणात्मक हुनपुगेको स्पष्ट भएको छ । लकडाउनको समयमा समग्र उधोगधन्दा, ब्यापार ब्यवसाय, यातायात र संपूर्ण आर्थिक क्रियाकलापहरु वन्द हुनेनै भयो । यस्तो अवस्थामा नेपाल जस्तो भरखर आर्थिक को लय पक्रन थालेको मुलुकमा देखिने असरहरु अनुमान गरे भन्दा पनि धातक देखिएका छन् । तथापी नेपालको भौगोलिक अवस्था, राजनैतिक स्थिति, सामाजिक संरचना र यस महामारीबाट अमm भविस्यमा देखिन सक्ने प्रभाव समेतको आकलन गर्दा यसलाइ चुनौति भन्दा समग्र देश विकाशको अवसरको रुपमा उपयोग गर्नसक्ने अवस्था देखिन्छ । तर हाम्रा नीति निर्माताहरुले यसतर्फ बेलैमा ध्यान दिइ यसका नकारात्मक असरहरुलाइ सकारात्मक उर्जाको रुपमा वदल्नु जरुरी छ । तसर्थ आज यसै विषयमा केन्द्रित रहेर सानो चर्चा गर्न जमर्को गरेको छु ।
वर्तमान अवस्था
कोरोना महामारीका कारण भएको अपुरणीय मानवीय क्षतीका अलावा विश्वको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको स्वत स्पष्ट छ । यही महामारीका कारण कैयौ मानिस वेरोजगार भएको र अझैँ कति हुनेछन भन्ने अनुमान गर्न नै गारो छ । नेपालकै सन्दर्भमा समेत गतबर्षको आर्थिक बृदिदर ऋणात्मक हुनपुगेको बिषय केन्द्रीय तथ्यांक बिभागले नै सार्वजनिक गरिसकेको छ । अझै यसको संक्रमण र मृत्यूदर बढदै रहेको र प्रारम्भिक चरणमा सुरु भएको खोप बाहेक यसको दीर्घकालीन उपचार पत्ता नलागेको अवस्थामा अझ यसको प्रभाव र आर्थिक क्षती अनुमान गर्न गारो छ ।
नेपालको अधिकांश उत्पादनशील जनशक्ति आजपनि देशवाहिर वैदेशिक रोजगारमा नै रहेको छ । राम्रो र गुणस्तरीय शिक्षाका लागी साथै योग्यता र दक्षता अनुसार उचित रोजगारीका लागी समेत दक्ष जनशक्ति विदेशमा पलायन भएको छ । कुल जनसंख्याको करिव १५ प्रतिशत योग्य र दक्ष जनशक्ति र अझ ग्रामिण क्षेत्रको उर्जाशिल जनसंख्या देशवाहीरनै रहेकोले हाम्रा ग्रामिण क्षेत्रहरु प्राय खाली छन । स्वास्थ र शिक्षाको अवसर समेत राजधानी वा जिल्ला सदरमुकाममा माात्र केन्दित रहेकोले अन्य सुविधा र विकाश निर्माण समेत केन्द्रिकरण हुन पुगेको छ । यसरी नेपालमा वैदेशिक रोजगारको वाहुल्यता र अब्यवस्थित शहरिकरणको बढोत्तरी संगै रेमिटयान्स आम्दानीका कारण ग्रामीण क्षेत्रबाट सहरमा अब्यवस्थित बसाई सराई बढेको र ग्रामिण क्षेत्रमा खेतियोग्य जमिन समेत मासिदै बनजड, जंगल र मरुभुमिकरण बढदै गएको वर्तमान अवस्था हो । यसैकारण अर्थतन्त्रमा प्रभाव पार्नेगरि आन्तरिक उत्पादन भन्दा उपयोगमा बृदि हुदै गएको र आयात क्रमश बढदै गइ आन्तरिक उत्पादन र निर्यात भने अपेक्षित बढन नसकेको देखिन्छ ।
कोरोनाबाट देखिने असर र प्रभावहरु
कोरोनाको महामारीबाट विश्वब्यापी रुपमा सवभन्दा बढी असर परेकोे विषय हो पर्यटन । मानीसहरुको चहलपहल र घुमघाम रोकिदा यसबाट नेपालमा समेत होटल, ट्रेकिग र ट्राभल्स ब्यवसायहरु ठप्प हुन पुगे । गत बर्ष नै सरकारले नेपाल भ्रमण बर्ष घोषणा गरेर बीस लाख पर्यटक भित्रयाउने अभियान सुरु गर्न नपाउदै देश समग्र लकडाउन वा वन्दाबन्दीको अवस्थामा पुगेपछि पर्यटन ब्यवसाय उल्टै धरासाही भयो । वाहीरका वा बिदेशी नागरिकलाई देशभित्र आउननै प्रतिवन्ध लगाएपछि र आन्तरिक पर्यटक परिचालनमा घरवाहीर निस्कननै वन्दावन्दी भएपछि होटलहरु समेत बन्द हुन पुगे । पर्यटन ब्यवसायको असर विदेशि तथा आन्तरिक हवाई सेवा र समग्र यातायात क्षेत्रमा समेत कस्तो परयो भन्ने स्वत स्पष्ट छ ।
विश्वब्यापी रुपमानै भएको लामो समयको वन्दावन्दी कम भएपनि अझ पुर्ववत रुपमा सहज हुन धेरै समय लाग्ने देखिन्छ । उधोग धन्दा, कलकारखाना सवै लामो समय वन्द भएकाले उत्पादन तथा आपूर्ति सृखंलामा असर परिसकेको छ । धेरै उधोग ब्यापार ब्यवसायहरु टाट पल्टने वा वन्द हुने अवस्थामा पुगीसकेका छन । बन्द हुन नसक्नेहरु पनि उत्पादन वन्द वा कमगर्ने वा कर्मचारी कटौटी गर्ने अभियानमा लागीसकेका छन । यस्ता उधोग ब्यवसायहरु एकचोटी वन्द भएपछि पुरानो स्वरुपमा फर्कन लामो समय लाग्ने कुरा स्पष्ट छ । यसरी संसारभर औधोगिक उत्पादन र सेवा समेतका ब्यापार ब्यवसाय घटने कारणबाट वेरोजगारी दर उच्च क्रममा बढने देखिन्छ । विश्वव्यापी रुपमा रहेको यो प्रवृतिले अन्तराष्टिय रोजगारीमा त झन असर गर्नेनै भयो । यसवाट करिव पन्ध्र प्रतिशत जनशक्ति वैदेशिक रोजगारीमा रहेको र उनीहरुको आर्जन वा रेमिटयान्सका भरमा शहर वा सदरमुकाममा वसेर उपभोगमुखि संस्कृति हुर्काईरहेका हामीहरुको अवस्था के होला रु सजिलै आकलन गर्न सकिन्छ । यसरी हाल आयत र उपभोगमुखी अर्थतन्त्र फैलदै गएको र अब्यवस्थित सहरीकरणले ग्रामिण उर्वराशील जमीनहरु मरुभूमि वा जंगल बन्दै गएको अवस्था एकातिर छ भने शहर छेउछाउका उत्पादनशिल जमिनहरुमा समेत सिमेन्ट र कन्क्रिटका भवनहरु ठदिदै गएको अवस्था छ । कोरोनाको असरबाट वैदेशिक रोजगारी गुम्दा समग्र विप्रेषण आय र रेमिटयान्स आय बन्द भएपछि उपभोगका लागी चाहिने मालवस्तुको आयातका लागी समेत विदेशि मुद्रा अभाव भै समग्र देश समेत वैदेशिक ऋणको दलदलमा भासिन पुग्ने देखिन्छ । आन्तरिक उत्पादन र रोजगारीको अभावमा बचत रहेको रकमहरु बचतकर्ताले निकाल्ने र उधोगी ब्यवसायीहरुले लिएको बैंक वा सहकारीसंग रहेको ऋण तिर्न नसक्दा ऋण असुलिमा समेत समस्या भै बैंक वा सहकारीहरु समेत समस्याग्रस्त हुनसक्ने वा भैसकेको देखिन्छ । यसरी समग्र रुपमा यो महामारीले अव विश्वब्यापी रुपमा सन १९३० को आर्थिक मन्दी भन्दा बढी असर पार्ने र नेपाल जस्तो भरखर आर्थिक विकाशको लयमा देखिएको मुलुकहरुका लागी त आर्थिक क्षेत्रमा पर्ने यसका असरहरु आकलन गर्न समेत गाहे देखिन्छ ।
कोरोनाबाट प्राप्तहुने अबसरहरु
हरेक संकटले नयाँ संभावनाको आविस्कार गर्छ भने जस्तै नेपालको सन्दर्भमा हेर्दा पनि यो महामारीले संकट सगै अवसरहरु समेत सृजना गरेको देखिन्छ । हामीले विगतका गल्तीको समिक्षा गरेर आगामी यात्रा तय गर्न सकेमा समग्र देशको आर्थिक विकाशको लागी हाम्रा सामु ब्यापक अवसरहरु पनि आएका छन । वैदेशिक रोजगारीमा रहेको उर्वराशील युवा र दक्ष जनशक्ति अव देशमा आउने छ । गुणस्तरीय शिक्षा आर्जन गर्न विदेशिएको समुदाय नेपाल फर्कदै छ । यसरी नेपाल आउने जनशक्तिलाई उपयुक्त शिक्षा, स्वास्थ्य र र रोजगारीको अवसर सृजना गरेर नेपालमै राख्न सक्ने वाताबरण बनाउनु अहिलेको पहिलो आवस्यक्ता हो ।
सबै भन्दा बढी जनसंख्या निर्भर रहेको कृषि र पशुपालन लाई मुख्य प्राथमिकतामा राखेर आत्मानिर्भर र ब्यवसायिक बनाउनु जरुरी छ । गाउँ गाउँमा रहेका बनझड भूमीलाइ उर्वराशीलमा परिवर्तन गर्न सकिन्छ । भिर पाखामा चरन क्षेत्र बिकाश गरी पशुपालन लाई ब्यवसायीक वनाउन सकिन्छ । बुटयान र पखेराहरुलाई फलफुलको जंगलको रुपमा रुपान्तरण गर्न सकिन्छ । यसरी उत्पादन र रोजगारीका लागी कृषि र पशुपालन क्षेत्रलाइ सक्रिय वनाउने र कृषिको आधुनिकिकरण गरी उत्पादन ,प्रशोधन, वजारिकरण र ब्यवसायिकीकरण गरी कृषि र पशुपालन क्षेत्रलाइ औधोगिकरण गर्न सकिने पर्याप्त संभावना देखिएको छ । यसबाट अधिकांश जनसंख्या आश्रित रहेको कृषि क्षेत्रको ब्यवसायीकरण गरी प्रयाप्त औधोगिक विकाश गरि आवस्यक रोजगारीको अवसर सृजना गर्न सकिन्छ । यसको लागी किसानको सीप र क्षमता विकाश गरी नयाँ प्रविधि र ब्यवस्थापन गर्न वा सामाजिक परिचालन गर्न संघिय तथा स्थानिय सरकार संग समन्वय र सहकार्य भने गर्नु जरुरी छ । यसरी कृषि र पशुपालन ब्यवसायलाई मर्यादित वनाई यसमा संलग्न जनशक्तिलाइ सम्मान र प्रोत्साहन मिल्ने बातावरण वनाउन सकेमा विश्वब्यापी महामहरीले सिर्जना गरेको यो चुनौतिलाई नेपालको आर्थिक विकाशको लागी भने अवसरको रुपमा अवश्य वदल्न सकिन्छ । विदैशवाट फर्किएको जनशक्तिलाई आफनै देशमा पसिना बगाउन लगाई आर्थिक रुपले समृद्द नेपाल बनाउन सकिन्छ ।
अन्तमा
कोरोना महामारी विश्व जगतकै लागी दुर्भाग्य हो । यसले पुरयाएको मानविय तथा आर्थिक क्षतिलाई कम तथा सामान्य आक्न मिल्दै मिल्दैन । अझ यसको अन्त कहिले र कसरी हुने हो, अनुमान सम्म लगाउनु सकिएको छैन । नेपाल जस्तो भरखर आर्थिक विकाशको लय समात्न थालेको मुलुकका लागी त झन यसले पुरयाउने असरहरु अकल्पनिय नै रहेका छन । कोरोनाको प्रभावका कारण वैदेशिक रोजगारीको करिव करिव अन्त हुने, पर्यटन ब्यवसाय र होटल रेष्टुराहरु वन्दहुने र उत्पादनमुलक उधोग तथा ब्यापार ब्यवसायमा कटौति हुने आदि जस्ता प्रभावहरुले आर्थिक अवस्था तहसनहस नै हुने आकलन गर्न सकिन्छ । तर हरेक संकटलाई संकटको रुपमा मात्र नहेरी त्यस्ता संकटले संभावनाको आविस्कार पनि गर्छ भन्ने मान्यताबाट हेर्दा दीर्घकालिन रुपमा समग्र नेपालको आर्थिक विकाशको अवसर सृजना भएको पनि छ । उचित र समय सापेक्ष नीनि निर्माण गरी नेपाल फर्केका दक्ष र उत्पादनशिल जनशक्तिलाइ नेपालमै रोकी नेपालको कृषि र पशुपालनको ब्यवसायीक विकाश र औधोगिकिकरण गर्न सक्नुचै अवको आवस्यक्ता हो । त्यसैले हाम्रा नीति निर्माताहरुको ध्यान चै यस तर्फ जानु जरुरी छ ।
लेखक रसुवा भन्सार कार्यालय टिमुरेको प्रमुख भन्सार अधिकृत हुनुहुन्छ ।