पाँचथर– मेची राजमार्गको इलामको राजदुवालीमा अवरुद्ध भएको छ । पानीका कारण सडक भासिएपछि अवरुद्ध भएको हो ।
असोज १७ देखि १९ गते परेको पानीले ठुलो क्षती पुगेपछि निक्कै मेहनत गरेर खुलाइएको सडक फेरी अवरुद्ध भएको हो ।
बाटो खुलाउनका लागि काम गरिरहेका र केहि घण्टामा खुलाउने प्रयास भईरहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिए ।
यस्तै, तमोर करीडोरको सडक पनि अवरुद्ध भएको छ । धनकुटा र पाँचथरको सिमाना नावाखोलामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । यस्तै पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पाँचथरको याङवरकमा पर्ने रिजाल भिरमा पनि सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । फिदिम–फालोट सडक खण्डको फेमेखोलामा पानीको वाहाब बढेकाले गाडी चलेको छैन् ।




