– भक्तबहादुर राई
१. परिचय
किरात राईहरूको महान चाड साकेला, साकेन्वा हो । यो वर्षमा दुई पटक मनाइन्छ । अन्न छरपक गर्ने समय बैशाख पूर्णिमामा उभौलि (दोङवाङा) मनाइन्छ । यस समयमा अन्नबाली राम्रो होस, राम्रो फलोस, फुलोस भनेर हेन्खामा सेवा (धर्ती), आकाश र पानीको प्रकृति पूजा गरिन्छ । यसरी नै अन्न बाली पाकेको समय मंसिर पूर्णिमामा उधौली (दोङदावा) मनाइन्छ । यस समयमा अन्नबाली पाक्यो, थन्काइयो, सह आओस, खान पुगोस भनेर चासुम सेवा (अन्नको पूजा) गरिन्छ । किरात राईहरुको घरमा उधौली र उभौली सुप्तुलुङ, साम्खा पूजा सकिएपछि सुरू गरिन्छ ।
किरात राई जातिहरूको पाछा अनुसारको पाछीय भाषामा साकेला, साकेन्वालाई आ–आफ्नो भाषामा विभिन्न नाम भएकोले तल तालिकामा दिइएका छन् ।
यसरी पाछागत नाम आ–आफ्नो मातृ भाषामा भएता पनि किरात राई यायोक्खा केन्द्रीय कार्य समितिले एउटै नाम ‘साकेला’ निर्णय गरेका छन् ।
२ साकेन्वाको अर्थ :
बान्तावा भाषामा साकेन्वाको अर्थ निम्न रहेका छन् :
क. ‘साकेन्वा= ‘सा’ को अर्थ साप्तेन–प्राणीजगत, दुनियाँ, संसार र ‘केन्वा’ को अर्थ रक्षक वा पालक भन्ने बुझिन्छ । यसरी नै ‘सा’ र ‘केन्वा’ को शाब्दिक अर्थ साप्तेन वा प्राणी जगतको रक्षक भन्ने हुन्छ’ (राई, २०७५ ः १३१) ।
ख. ‘साकेन्वा’=‘सा’ सायाताली(प्रतिष्ठाको प्रतीक), ‘केन्’=बाजा(ढोल झ्याम्टा) र ‘वा’= पानी भन्ने बुझिन्छ । सा+केन्+वाको शाब्दिक अर्थका रुपमा धनुकाँढ, ढोल, झ्याम्टाका साथमा पानी एकैसाथ लिइ सिमेभूमेको पूजा नै साकेन्वा हो’ (राई, २०७५ ः १३१) ।
ग. चन्द्र हतुवाली (२०६६) को अनुसार– ‘वैशाख पूर्णिमादेखि मंसिर पूर्णिमासम्मको अवधिलाई उभौली (दोङवाङा) भनिन्छ । दोङवाङालाई छोङबालाक सेवा वा छिमालिम सेवा पनि भनिन्छ । छोङबालाक भनेको चैत्र बैशाखमा पलाउने भर्लाको चिउला पातलाई जनाउँछ भने छिमालिमले अन्नवलीको टुसा जनाउँछ । यस समयमा बोट बिरुवाहरूको पालुवा, टुसा पलाउँने, फूलहरू फुल्ने, हरियाली हुने भएकोले हरेक पक्षको शुभ संकेत भएको मानिन्छ । त्यसैले भूमिको पुजा गरिन्छ । यसरी नै मंसिर पूर्णिमादेखि वैशाख पुर्णिमासम्मको समयावधिलाई उधौली (दोङदावा) भनिन्छ । यसलाई चासुम सेवा पनि भनिन्छ । यस समयमा उभौलीमा लगाएको अन्नहरु पाकिसकेकोले अन्नको सह वर्षभरि रहोस, सहकाल होस भनेर अन्नको पुजा गरिन्छ ।’ यो नै साकेन्वा÷साकेला हो ।
घ. ‘यो पूजामा अन्न राम्रो फलोस, सह आओस, छेम्बि (पैसा) घरमा धेरै आओस, बस्तुभाउ राम्ररी फैलियोस, साप्तेनमा दैवी विपत्ति नपरोस, बेलैमा वर्षात भई खेतीपाती गर्न सकियोस भनी सावा दोत्मा (बल माग्ने) कार्य साकेन्वा, साकेला हो’ (सुसारा, २०७७ ः १३०) ।
‘साकेन्वाको अर्थ शिला वा शिला पूजा गर्नु हो । शिलालाई सृष्टिकर्ता, जीवादाता, र संरक्षकको प्रतीक मानी पूजा गर्नु नै साकेन्वा हो ।
३. साकेला, साकेन्वा, साकेवाको उत्पति
क. ‘सुम्निमाको कान्छा छोराले नाकिमाको छोरीसँग विवाह गरे । नाकिमाले आफ्नो छोरी ज्वाँइ पठाउदा वाबुक, एउटा ढुङ्गा र एकमुठी कोदो दिएर पठाइन् । माइतबाट ल्याएको कोदोको जाँड पकाएर वाबुकमा हाली ढुङ्गालाई पहिले पुज्न थालिन् । त्यही समयदेखि ढुङ्गाको शिला पुज्ने परम्पराको सुरूवात भएबो हो’ (राई, मुकाम, अङ्क ३, २०८० ः ३५) ।
ख. ‘सुम्निमाको जेठा छोरा बाघ, माइला छोरा भालुलाई जङ्गल पठाए पछि कान्छा छोरा हेन्कुमबुङलाई समाज निर्माणको गरी रीतिथिति चलाउन शिलाढुङ्गा चिनो राखेर जिम्मेवारी दिएका थिए । यो शिला नै साकेलाको शिला भएकोले यसै समयदेखि साकेलाको सुरू भएको हो’ (राई, मुकाम, अङ्क ३, २०८० ः ३५) ।
ग. ‘हेच्चाकुप्पाको उमेर पुग्यो । नायुमासँग विवाह गरे । एक दिन ढुकुर मारेर ल्यायो । ढुकुरको गाँडमा भएको केही बस्तु भुँइमा फालिदियो । तिनीहरू जमिनमा उम्रियो, फल्यो । त्यो उम्रेका, फलेको अन्नहरू पाँदुर कोदो, कागुनी, र धान थिए । ती फलेका अन्नहरू खान हुने कि नहुने सल्लाह गरे । यी अन्नहरू ढुकुरले खाँदा मरेन । त्यसैले मानवले खाँदा पनि नमर्ने निधो भयो । उनीहरूले खाए तर विरामी भए । त्यसैले उनीहरूले सुप्तुलुङमा चढाए पछि विराम निको भयो । यसरी त्यसै समयदेखि धान, पाँदुर कोदो सुप्तुलुङमा चढाउन थालेपछि साकेला सुरू भएको हेच्चाकुप्पाको मिथक रहेको छ’ (राई, मुकाम, अङ्क ३, २०८० ः ३५)
घ. छोङ्खा साकेन्वा अनुसार– ‘उहिले छोङ्खा गाउँमा बान्तावा राई मध्येकै ससुरा नाम्नु माङ्फाङ र ज्वाँइ हाङ्खिम बस्दथे । उनीहरू मिलेर भष्मे फाँडनी गरी मकै लगाए । मकै स्याहार सुसार पुगेकाले भरिलो फल्न थाल्यो । मकै पाक्न लागेको बेलामा जङ्गली जनावरले खान थाल्यो । आज भन्यो भोली भन्यो मकै सकिन थाल्यो । यसरी मकै खान नपाइने भएकोले ससुरा ज्वाइँ सल्लाह गरेर रुङ्न बसे । रुङन बसेको समयमा सेतो सुँगुर आएर मकै खान थाल्यो । धनुकाँड लिएर बसेकोले त्यसै मौकामा वाण चलाउँदा सुँगुरलाई लाग्यो । वाणले लाग्दा सुँगुरको आवाज नआई थाल खसेको आवाज आयो । त्यहाँ गएर हेर्दा रगतको छिटा मात्र फेला प¥यो ।
शिकार फेला नपरेकोले खोज्दै बालाङखा पुगे तर रगतको छिटा मात्र भेटे । पहिल्याउँदै जादा ट्याम्केमुनि मालिङ्गोको फेदमा सुतिरहेको भेटे । शिकार भेटियो भनेर वाणले हान्दा सेतो सुँगुर सेतो ढुंगामा परिणत भयो । सेतो ढुङ्गाबाट रगत बगिरहयो । उनीहरले वरिपरीको मालिङ्गोको डोको बुनेर सेतो ढुङ्गालाई पालै पालो गर्दै बोकेर ल्याए । सुरुमा हल्का भयो । बोक्दै जादा गह्रौ भएकोले डम्बर्खु गाउँमा खुस्केर झ¥यो । ज्वाइँले छोङखामा लाने निधो ग¥यो तर ढुङ्गा जमिनमा भासियो । दुबै जना मिलेर कयौ दिन खन्दा पनि भेिटएन । गलेर निधायो । निधाएको समयमा दुबैले सपनामा पारुहाङ र सुम्निमाले सेतो ढुङ्गा साकेन्वाको शिला भएको, शिला यही राख्ने र बजार बालाङखामा लगाउँनु भनेको स‘पना देखे । हालसम्म पनि बालाङ्खामा बजार लाग्ने र डमर्खुको छोङ्खामा पूजा गरिन्छ’ (सुसारा, २०७७ ः १३१) ।
यो साकेन्वा हो भन्ने पत्ता लागेपनि सबै गाउँका मानिसहरू भेला भएर सोरेङगे राईलाई लाई साकेन्वा पूजा गर्न लगाए । साकेन्वा पुज्न थालेपछि समाजमा अन्न, बस्तुभाउ, पैसाले फाप्न थाल्यो ।
यो छोङखा साकेन्वा कहिले सुरू भयो भन्ने तथ्यहरू केही छैन् तर छोङखामा चढाएको घण्टीहरू मध्ये एउटा फुटेको घण्टीमा वि.सं. ६०६ लेखिएको भेटियो । जसले गर्दा वि.सं. ६०६ साललाई आधार मानिएको छ । २०८१ सालमा ६०६ घटाउदा १४७५ वर्ष अगाडि देखि सुरु भएको देखिन्छ । हालसम्म १० पगरीले पूजा गर्छन भने बालांखाको छोङखा नागीमा बजार लगाउने चलन रहेको छ । स्रोत ः (छोङखा साकेन्वाको साइनबोर्डमा उल्लेख छ ।)
ङ. ‘कलिगत १५०० मा ल्हासाबाट मुरेहाङ नेपाल काठमाडौ उपत्यका विजय गर्न फर्किएको समयमा दोलखामा बास बसे । उसको दुई रानी सिल्टाङकुप्मा र वासाङकुप्मा र बहिनी सोइसोइला थिए । आफ्ना शत्रुहरुलाई हराउँन सुम्निमा र पारुहाङको छोरा हेन्कुबुङलाई शक्ति मागेर आराधना गर्न लागे । त्यस समयमा आफ्ना भाइ, भारदारहरु मुन्दुमीहरु, सिपाईहरु साथमा थिए । आफ्नो सायाचोङमा गर्नको लागि बहिनीलाई भृङगुमा चराको प्वाँख र अम्लाबुङ फूलको ‘दोलो’ किरात मुन्दुम अनुसार तयार पार्न लगाइन ।
भब्य समारोका अवसरमा एक दिन वासाङकुप्मा बाजा बजाउन सिपालु भएकोले बाजाको ताल निकलिन भने शिल्टाङकुप्मा नाच्नमा पोख्त भएकोल शिलि झिकेर शिलिमा नाचिन । नाक्छोङले मुन्दुम बाचन गर्दै सायाचोङमा गर्न सुरु भयो । बहिनी सेइसोइलाले दोलो हेन्खामाबाट उठाएर कम्मर, काँध हुदै शिरमा पहिराइ दिनु पर्ने थियो तर बहिनीले मुन्दुम अनुसार दोलो काँधमा पु¥याउँदा रजस्वाला भयो र अशुभ भयो भनेर दोलो बाँधमा छोडेर जंगलतिर भागिन । त्यहाँ भएको सबै सहभागीहरू दोलोकोप्मा दो सोइसोइला भनेर कराउन थाले । यो दोलोकोप्मा दो सोइसोइला भनेर धेरैले धेरै पटक बोलाउदा बोलाउदैं एक भाका बन्यो । यो भाका नै सोइसोइला भनेर हालसम्म गाइन्छ । यसरी नै वासाङकुप्माले बाजा बजाउँन सिपालु थिइन । उनले बजाएको ताल नै हालसम्म बजाइने ताल हो भने शिल्टाङकुप्माले निकालेको शिलि नै हालसम्म नाचिने शिलि हो । यसरी नै राजालाई लगाइदिन लागेको दोलो भुँइमा झरेकोरे ‘दोलो ढा’ बाट अपभ्रष भएर आलको ‘दोलखा’ भएको हो’ (बालाम्छा, २०४९ ः २१) । हाल कलिगत सम्बत ५१२५ मा १५०० घटाउदा ३६२५वर्ष अगाडि साकेलाको सुरु भएको दखिन्छ ।
यसरी नै राजाको कुमबाट दोलो झरेर ढुङ्गामा परिणत भयो । यसमा दुईमत देखा प¥यो । एकथरीले सोइसोइलासंगै जंगल गएको भनेर जंगलको पूजा गर्न थाले । त्यो समुह लिम्बु भए । अर्को थरिले दोलो ढुङ्गामा छ भनेर ढुङ्गाको पूजा गर्न थाले । त्यो समुह खम्बु (राई) भए । यही मान्यताको आधारमा राईहरुले प्रत्येक साल ‘सोइसोइला’ को सम्झनामा ‘सोइसोइला हो कुर्रा हा हा’ भन्दै गीत गाउँदै नृत्य गर्न थालेका हुन’ (सुसारा, २०७७ ः १३३) ।
किरात कालिन ऋतुहरु छ महिनामा हुने पुर्खाहरुले पत्ता लगाए अनुसार पृथ्वीको गतिसँगै सरिरहने ‘सूर्यको उत्तरनारायण (जुन २१) वरीपरि गर्मि हुने भएको कारण पुर्खाहरु दक्षिणबाट उत्तरतर्फ लेकतिर सर्ने, त्यसै समयमा गाईबस्तु, भैसी, भेडाबाख्राहरू समेत लेकतिर निकाल्ने, जङ्गली जनावरहरू पन्छीहरू, चरा चुरुङ्गीहरू, क¥याङकुङहरू पनि उडेर पहाडतिर लाग्ने, नदिनाला खोलामा रहेको माछाहरू पनि उकालो निस्कने भएको कारण उभौली भनिएको हो’ (राई, निप्सुङ, अङ्क ३७, २०७५ ः १६३) । यही उभौलीको समयमा खेतीपाती सुरु हुने भएकोले लगाएको बालीहरू सप्रोस, खडेरी नपरोस, असिना हावा हुरी नआओस भनेर प्रकृति भूमिदेवको प्रतीक साकेलालाई पुज्ने गरिन्छ । यसरी नै ‘मंसीर महिना वरिपरी (डिसेम्वर २२) तिर उधौली मंसिर पूर्णिमा (दोङदावा, छिरिनाम) मनाइन्छ’ । (राई, निप्सुङ, अङ्क ३७, २०७५ ः १६६) ।
यस समयमा जाडो समयको कारण उभौलमिा माथितिर लागेको गाईबस्तु, भैसी, भेडाबाख्राहरु समेत बेसीतिर झार्नेे, जंगली जनावरहरु पन्छीहरु, चरा चुरुङ्गीहरु, क¥याङकुङहरु पनि उडेर बेसीतिर लाग्ने, नदिनाला खोलामा रहेको माछाहरू पनि ओरालो लाग्ने भएको कारण उधौली भनिएको हो । जुन समय मंसिर वरिपरी पर्छ । उभौलीमा लगाएको बालीहरू भिœयाएर भकारीमा राख्ने, सिमे भूमे र पितृहरूलाई चढाएर सह माग्दै प्रकृति पूजा गरिन्छ ।
घरमा पूजा सुप्तुलुङ सकेपछि अन्त्यमा सामुहिक रुपले साकेला थानमा नछुङकोसाथमा रुङरी कन्या महिलाले बोकेर जानु पर्छ । रुङरी भित्र चोखो जाँड, अक्षता, अदुवा, भालेको साथमा साकेलालाई चढाई सह मागिन्छ । सह माग्दा अनिकाल नलागोस, खेतीपाती सप्रोस, । मानव जीवनको स्वास्थ्य दर्घिायुको आर्शिवाद माग्ने गरिन्छ’ (राई, निप्सुङ, अङ्क ३७, २०७५ ः १६४) । ‘साकेन्वा स्थानमा नाक्छोङहरूले प्रकृति, भूमि र शिलाको पूजा सेतो भालेले गर्छन् । साकेन्वा नाच्ने स्थान पनि बनाइन्छ । यसलाई बान्तावा भाषामा थेत्लुङ ÷ठेट्लुम भनिन्छ । थेत्लुङको विचमा लिङ्गो गाडेर एउटा होङलोङकेन(ढोल) झुण्याइन्छ । थेत्लुङमा गाडिएको लिङ्गोलाई बान्तावा भाषामा माङसङताङ भनिन्छ भने होङलोङकेनलाई चिवक्वा पनि भनिन्छ’ (राई, २०७५ ः १३२) ।
४. साकेला नृत्यको पक्षहरू निम्न रहेका छन् ः
क. मुन्दुम
ख. सिलि
ग. वाद्यवादन
घ. गीत
क. मुन्दुम
साकेला वर्षमा दुई पटक मनाइन्छ । अन्न छरपक गर्ने समय उभौली (दोङवाङा) मा अन्नबाली राम्रो होस, राम्रो फलोस, फुलोस भनेर हेन्खामा सेवा (धर्ती) पूजा गरिन्छ भने अन्न बाली पाकेको समय उधौली (दोङदावा) मा अन्नबाली पाक्यो, थन्काइयो, सह आओस, खान पुगोस भनेर चासुम सेवा(अन्नको पूजा) गरिन्छ । यस समयमा नाक्छोङले सर्व प्रथम हरेक गाउँमा सोहोनसेङ्मा (धारा, कुवा, पानी) पूजा गर्छन् । यसरी ‘सोहोन सेङमा’ संस्कृतिलाई किरात मुन्दुमी भाषामा सारीसेङमा, तुरिसेङमा, कोकुसेङमा भनिन्छ’ (राई, २०७९ ः५६) । यसपछि घरमा हुत्लुङखुत्मा(तिन चुला पूजा) गरिन्छ । त्यसपछि साकेन्वाथानमा उधौलीमा हेन्खामा सेवा र उभौलीमा चासुम सेवा पूजा गरिन्छ । यस समयमा नाछोङले मुन्दुम, रिसिया गाउँछन् ।
नमुना —हे…….हे.हे.हे. छेत्कुमाचि रुहुप्माऔ हो. हो. ए छेत्कुलुङदा ओ ने ई
हे……..हे.हे.हे.छेम्बि दोत्मा आन्को औ हो.हो. ए छेम्बिलुङदा ओ ने ई
चो चो चो
चो हाऽ
हाऽ हाऽ..
ख. सिलि
‘किरात राई भाषामा शिलि भनेको नेपालीमा ताल वा चाल भनेर बुझिन्छ । मूलतः शिलिलाई तीन वर्गमा विभाजन गरी हेर्न सकिन्छ । ती हुन्ः १. हातको शिलिहरू २. खुट्टाको शिलिहरू र ३. हात र खुट्टा दुबै एकसाथ चाल्ने शिलिहरू’ (राई, नुलाम, अङ्क ५, २०६४ ः ३७) ।
‘सिलिले कक्ष र अक्षको गति लिने क्रममा सूर्यको प्रतीक साक्खेवालुङलाई केन्द्रीय भागमा स्थापित गरी निरन्तर कक्ष र अक्षको गतिमा सिलिले फन्को मार्दै सिलि गरिरहने साक्खेवा संस्कृति अन्तर्गत सिलि रहेको सङ्केत देखिन्छ’ (राई, २०७९ ः १२५) । यसरी साकेला सिलि सूर्यको वार्षिक गति अक्ष (इचदष्त) र दैनिक गति कक्ष (ब्हष्क) को आधारमा नृत्य गरिन्छ । यो नृत्यमा साक्खेवालुङलाई आधार मानेर नृत्य गरिन्छ तर साक्खेवालुङ नभएको अवस्थामा वाहि (पात्ले कटुस) को सेउली भएको आँगा विचमा गाडेर पनि नृत्य गरिन्छ ।
साकेला भनेको किरात राईहरूले सघर्ष गरेको, अनुभव गरेको, आविष्कार गरेको, अनुसन्धान गरेको कार्यहरूको कार्यहरूको सांङ्केतिक इतिहास हो । त्यस समयमा लिखित अवस्था नभएकोले साँकेतिक भाषामा देखाइएको इतिहास हो । यो प्रकृतिमा आधारित नृत्य हो । सिलि नृत्य सामान्य दुई प्रकारका रहेका छन् ः
क साकेला शिलि
ख.साकेन्वा लाकछाम शिलि
क साकेला शिलि
ताल र मुन्दुमी चाल वा मुन्दुमी निर्देशनमा आधारित शिलि साकेला शिलि हो । यो खोटाङ्ग, भोजपुरको माथिल्लो क्षेत्र, इलाम, पाँचथर, झापा आदि स्थानमा नाचिन्छ । यो शिलि छिटो तरिकामा नाच्ने गरिन्छ ।
ख.साकेन्वा लाकछाम शिलि
ताल र मुन्दुमी गीतमा आधारित शिलि साकेन्वा लाकछाम हो । यो भोजपुरको दक्षिण क्षेत्रमा नाचिन्छ । यो ढिलो तरिकामा नाचिन्छ । यो शिलि पाँचथर, इलामतिर नाचिएको छैन ।
विभिन्न व्यक्तिका अनुसार शिलिका प्रकारहरु ः
१. सुमन राईको अनुसार
‘साकेला शिलि भनेको मानव सभ्यतादेखि वर्तमान युगसम्म समाजमा घटेका घटना क्रमलाई अभिनयद्धारा प्रस्तुत गर्नु नै साकेला सिलि हो । यसले निम्न ५ प्रकारका कालखण्डहरू देखाउँछन्’ (राई, निप्सुङ, अङ्क ३७, २०७५ ः १६५) ।
क. मछामा शिलि
ख. आम्लामि शिलि
ग. चारि वा सुम्नि शिलि
घ. ताङ्वामा खियामा शिलि
ङ. खमा शिलि
क. मछामा शिलि ः
यो शिलिलाई आराधना शिलि पनि भनिन्छ । किरात राईहरु प्रकृतिवादी र पितृवादी भएकोले प्रकृति र पितृको पूजा गर्छन् । यस ब्रह्माण्डमा भएको हावापानी, खोलानाला, वनजंगल, डाँडापर्वत, आकाश, भूमि, हावा, आगो, देवी देउराली आदिलाई पूजागर्ने, चित्रण गर्ने गरिन्छ । प्रकृति र पितृपुर्खाहरुलाई आराधना गर्दै पुज्ने शिलि हो । धामी, भाँक्री, माङ्पा, ड्वाङ, विजुवा आदिले रिसियासँगै नाच्ने शिलि हो । उनीहरुले नृत्य गर्ने शिलिहरू माङ शिलि, मुन्दुमी चराहरुको शिलिलाङ शिलि आदि हुन् ।
ख. आम्लामि शिलि ः
अम्लामी शिलिलाई शिकारी शिलि पनि भनिन्छ । जब मानवहरु जङ्गली अवस्थामा थिए, जङ्गलमा नै बस्ने, जङ्गली कन्दमुल खोजेर खाने, जङ्गली जनावरहरुको शिकार गरेर खाने चलन थियो । यसरी जङगली जनावरहरुलाई शिकार गरेर जीवन चलाउने युग नै शिकारी युग हो । यो शिकारी युगमा मानिसहरूले दिन रात साना ठूला जनावरहरूलाई शिकार गरेर जीवनयापन गरेको चित्रण नै यो शिलि हो । यो शिलि धनुर्वाण सहित शिकार गरेको शिलि हो । यो शिकारी शिलि जङ्गली युगको प्रतीक मानिन्छ । आम्लामि/आप्तारूङ सिलिका सिलिका चरणहरू निम्न रहेका छन् ः
१. धनुकाँडको निर्माण गर्ने,
२. सुप्तुलुङ(साम्खा)मा पितृहरूँंग शिकार गर्न जाने अनुमति माग्ने,
३. धनुकाँड बोकेर जङ्गल जाने,
४. शिकार खोज्ने,
५. लुक्ने/छलिने,
६. धनुकाँड झिक्ने,
७ .काँड धनुमा मिलाउने,
८. शिकार ताक्ने,
९. शिकार हान्ने,
१०. मारेको सिकार बोक्ने,
११. मुटु कलेजो निकाल्ने,
१२. आगोमा पोल्ने,
१३. शिकार देवतालाई चढाउने,
१४. सुप्तुलुङ (साम्खा) मा चढाउने,
१५. पकाउने,
१६ सबैले खाने आदि ।
यी क्रियाकलापहरुको चित्रण गरेर नृत्य गर्ने शिलि आम्लामि शिलि हो । यस शिलि जङ्गली युगको प्रतीक मानिन्छ ।
ग. चारि/ सुम्नि/खारु शिलि
जब मानिसहरू शिकारी युगमा दिन दिनै शिकार गरेर जीवनयापन गर्न समस्या भयो । जनसङ्ख्या बृद्धि हुँदै जाँदा शिकारले पुग्न छाड्यो । एक दिन हेच्छाकुप्पाले ढुकुर मारेर ल्यायो र यसको गाँडमा भएको धान, कोदो जस्ता अन्न फालिदियो । पछि आफै उम्रियो, फल्यो, पाक्यो तर खान हुने कि नहुने थाहा भएन । हेच्छाकुप्पाको श्रीमति नायुमाले यो अन्न खाएर ढुकुर मरेन । त्यसैले हामीले खाँदा मर्दैनौ भनेर खाए तर उनीहरु विरामी भए । चढाएर खाँदा विराम नभएकोले चढाएर खान हुने पत्ता लगाए र चढाएर खान सुरू भयो । यसैको खेती गर्न पनि सुरु भयो जसले गर्दा मानिसहरु एकै ठाउँमा बस्न थाले । यसै कृगि युगको अनुसरण गर्दै नृत्य गर्ने शिलि नै चारि शिलि, सुम्नि शिलि वा चासुम सिलि भनिन्छ । यो सिलिमा गरिने अभिनयहरू (सुसारा, २०७७ ः १४०) निम्न रहे्का छन् ः
१. औजार बोक्ने,
२. जङ्गल फाड्ने,
३. आगो लगाउने,
४. भष्मे खन्ने,
५. विऊ छर्ने,
६. खेत खन्ने,
७. विऊ उखेल्ने,
८. रोप्ने,
९. गोड्ने,
१० .काट्ने,
११. विट्टा बाँध्ने,
१४. बोक्ने,
१५. पछार्ने,
१६. बत्ताउने,
१७. भकारीमा हाल्ने,
१८. भकारीबाट निकाल्ने,
१९. सुकाउने,
२०. ओखलीमा कुट्ने,
२१. पकाउने,
२३. सुप्तुलुङ(साम्खा) मा चढाउने
२४. खाने आदि ।
यी क्रियाकलापहरूको चित्रण गरेर नृत्य गर्ने शिलि चारि वा सुम्नि शिलि वा चासु शिलि हो । यस शिलि कृषि युगको प्रतीक हो । त्यसैले कृषि किरातहरूबाट नै सुरु भएको हो भन्ने प्रमाण पनि यही हो ।
घ. ताङ्वामा खिवामा/सिकि शिलि
कृषि युगसम्म मानिसहरू छाला, रुखको बोक्रा, पातहरूको लुगा लगाउने चलन थियो । कृषि युगमा धेरै प्रकारको खेती सुरू भयो । सीप र क्षमताको धनि तावामा खिवामा दिदी बहिनीले कपासको खेती गरेर कपडा बुने र लगाउन पनि सिकाए । तावामा खिवामा शिलिका चरणहरु निम्न रह्ेका छन् ः
१. जङगल फाड्ने,
२. आगो लगाउने,
३. भष्मे खन्ने,
४. विऊ छर्ने,
५. गोड्ने,
६. कपास टिप्ने
७. कपास सुकाउने,
८. कपास केलाउने/छान्ने,
९. फड्काउने,
१०. धागो काट्ने,
११. धागो बेर्ने,
१२. तानमा लगाउने,
१३. बुन्ने,
१४.कपडा नाप्ने,
१५. कपडा पट्टयाउने,
१६. कपडा सिलाउने,
१७. कपडा ओड्ने
१८. तुना बाँध्ने,
१९.साडी/सुरुवाल लगाउन,
२०. गहना लगाउने,
२१.टिका लगाउने
२२.चुरा लगाउने,
२३. फूल टिप्ने,
२४ फूल शिरमा लगाउने
२५. सेवा गर्ने आदि
यी क्रियाकलापहरूको चित्रण गरेर नृत्य गर्ने शिलि तायामा खियामा शिलि हो । यस शिलिले कपड आविष्करक पनि किरात राईहरू नै भएको प्रमाणि समे हुन्छ ।
ङ. खमा शिलि
सभ्यताको विकास क्रममा मानिसहरुर्लाै खाना, बस्न, आराम, शिक्षा, स्वास्थ्य आदवले मात्र पुग्दैन । त्यसैले नक्कल झक्कल, मनोरञ्न समेत आवश्यकता हुन्छ । मुन्दुमी शिलि बाहेक वा मनोरञ्नको लागि अरुको नक्कल गरेर नाच्ने शिलिलाई खमा शिलि भनिन्छ । यो मनोरञ्जनको लागि हो । यसमा कुनै कालखण्ड, सभ्यता, विकास आदि नभएर अनुकरण मात्र हो जस्तै–श्रृंगार शिलि, परेवा शिलि, फिंगा शिलि, मयरु शिलि खादि । यी शिलिहरुलाई हेर्दा कुनै मिथक, कथाहरु नभएर मनोरञ्जनको लागि गरिएको शिलि मात्र हो । जस्तै झिंगा शिलि, बाज शिलि, परेवा शिलि, श्रृंगार शिलि आदि । जस्तै— श्रृगार सिलिका चरणहरु निम्न रहेका छन् (सुसारा, २०७७ ः १६६—१६९) ।
१. सेवा गर्ने,
२. साथीहरुलाई बोलाउने,
३. कपालमा तेल हाल्ने,
४. कपाल कोर्ने,
५. पाउडर लगाउने,
६. कपडा लगाउने,
७. तुना बाँध्ने,
८. पटुकी बाँध्ने,
९. दाप÷खुर्पे ठ्याक राख्ने,
१०. दाबे÷कोम्बि राख्ने,
११. टोपी लगाउने÷बर्की ओड्ने,
१२. फूल टिपेर लगाउने,
१३. हात हल्लाएर सकेको संकेत गर्ने आदि ।
२.निर्दोष बालाखाम्छाका अनुसारः
शिलि लोक कथामा पारुहाङ र सुम्निमाले नै निकालेका वा उत्पति गरेका हुन् भन्ने जनजिब्रोमा रहेको छ । सिलिको रुपमा आजभोलि विभिन्न हाऊभाऊ विकास भई चन्डी नाच भनेर पनि जातीय संस्कारको परिचय दिन पछि परेका छैनन् । किरातहरूको रहन सहन रीतिरिवाज, चालचलन, परम्परा, पुख्र्यौली, विविध जीव जन्तु, चराचुरुङ्गी आदिको अभिनय गर्न सक्ने कलाको वास्तविकलाई शिलि भनिन्छ ।
‘शिलिद्धारा कुनै एक कथा या जीव जन्तुको अभिनयपूर्ण चित्रण गर्न कम्तिमा पनि लगातार नाँच्दै जाँदा लगभग एक देखि तीन घण्टासम्म लाग्दछ । यसरी शिलिलाई चार भाग(खण्ड)मा विभाजन गर्न सकिन्छ’ (बालाखाम्छा, २०४९ ः २५) ।
क.प्राकृतिक चित्रणको अभिनय
ख.कृषि चित्रणको अभिनय
ग.प्राणीहरुको अभिनय र
घ.आत्मिक÷आध्यात्मक अभिनय
क.प्राकृतिक चित्रणको अभिनय
किरात राईहरू प्रकृतिवादी भएकोले प्रकृतिलाई पूजा गर्छन् । यस ब्रह्माण्डमा भएको हावापानी, खोलानाला, वनजङ्गल, डाँडापर्वत, आकाश, पताल, देवी देउराली, ढुङ्गामाटो आदिलाई पूजागर्ने र यिनीहरूको चित्रण गर्ने समेत गरिन्छ । प्रकृतिलाई आराधना गर्दै पुज्ने शिलि प्राकृतिक शिलि हो । नाछोङ, धामी, भाँक्री, माङ्पा, दोवा, विजुवा आदिले रिसियासँगै नाच्ने शिलि नै प्राकृतिक शिलि हो । उनीहरूले चिन्ता बसेको समयमा गर्ने शिलिहरू माङ शिलि, झेउवा शिलि, लाङ शिलि आदि हुन् ।
ख.कृषि चित्रणको अभिनय ः
खेतीपातीको अभिनय गरेर नाचिने शिलि वा कृषि चित्रणको अभिनय गरेर नाचिने शिलि चारि वा सुम्नि शिलि, ताङ्वामा खिवामा शिलि आदि हुन् । यी शिलिहरूको विषयमा माथि नै वर्णन भइसकेको छ ।
ग.प्राणीहरूको अभिनय ः
नारावा, झेउवा, माववा, वापा, वामा आदि प्राणीहरूको अभिनय गरेर नाचिने शिलि हुन् । जस्तै– नारोवा शिलि ‘किरात ऋतु अनुसार उभौलीमा पहाडउन्मोख र उधौलीमा तराईउन्मोख गरी हिड्ने स्वतन्त्रताको प्रतीक क¥याङकुरूङ पंक्षीका आफ्ना जीवन गतिको सिलि’ (राई, निप्सुङ, अङ्क ३४, येले दोङ ५०७४ ः २४) ।
शिलिहरू
१. फाक्लेवा सिलिको प्रारम्भ ः
क. ढोल झ्याम्टाको ताल
ख. खुट्टाको ताल (अरू सिलि जस्तै)
२. नारोवा पंक्षी पूर्वाद( हात प्रदान)
क. सूचना दिने,
ख. ठाँउ हेने,
ग. गुँड लगाउने(चुच्चोले ,
घ. भूई खार्सने(खुट्टाले)
ङ. अण्डा कोरल्ने,
च.ओथारो बस्ने,
छ. पानी पिउने,
ज. पखेटा केलाउने
झ.उड्ने अभ्यास गर्ने,
ञ. उधौली उभौली उडने,
ट. गोलाकार बन्ने ,
ठ. तेस्रो लाइन बन्ने
ड. समुहमा मिसिने, दौडेर बस्ने आदि ।
यसरी नै प्राणीहरूको अभिनय गरेर नाचिने शिलिहरू झेउवा शिलि, भाले शिलि आदि रहेका छन् ।
घ.आत्मिक/आध्यात्मक अभिनय
नछोङहरुले आध्यात्मिक शक्तिद्धारा गरिने शिलि हो मछामा शिलि जस्तै हो ।
३ कमलजङ्ग राईअनुसार ः
क. सुम्दिमा पारुहाङ शिलि(आध्यात्मिक शिलि)
ख. आप्तारुङ शिलि(शिकारी शिलि)
ग.खारु शिलि(चारी शिलि)
घ तायामा खियामा शिलि
ङ छेकुसोन्मा शिलि(खमा शिसलि)
च.छोङाइ शिलि(चराहरुको शिलि)
यसरी नै दोङ्वाङा (उभौली) र दोङदावा (उधौली) चाडमा नाचिने शिलिहरूलाई निम्न अनुसार अधययन गर्न सकिन्छ ः
१. आराधनात्मक शिलि
२. अनुसराणत्मक शिलि
३. क्रियाकलात्मक शिलि
१. आराधनात्मक शिलि ः
हावापानी, खोलानाला, डाँडाकाँडा, देवदेवता आदि प्रकृतिको पुज्न गरिने चित्रणलाई आराधनात्मक शिलि भनिछ ।
२. अनुसराणत्मक शिलि ः
यस शिलिमा पशुपञ्छिहरूको नक्कल गरेर नाच्ने शिलि पर्दछ जस्तै— नारोवा शिलि, झेउवा शिलि, वापा शिलि आदि हुन् ।
३. क्रियाकलात्मक शिलि ः
यस शिलिमा अन्तर्गत आम्लामि शिलि, चारि वा सुम्नि शिलि, ताङ्वामा खियामा शिलि जस्ता क्रियाकलात्मक शिलिहरू पर्छन् ।
३.३ वाद्यवादन ः
साकेला नृत्यमा वाद्यवादनको तालमा नाचिन्छ । ताल र सुरविनाको सिलिको अभिनय गर्न सकिदैन् । ‘लोक सङ्गीतकलाअन्तर्गत लोकवादनहरू निम्न चार श्रेणीमा रहेको पाइन्छ’ (राई, २०७९ ः १३१) ।
३.३.१.तत् बाजा
तार वा डोरी तन्काएर बनाइएको बाजालाई तत्बाजा भनिन्छ । यसलाई गजा वा हातले रेटेर कोट्याएर, हातले हानेर बजान्छ । सारङ्गी, सितार, एकतारे, यलम्बर बाजा आदि बाजाहरु तत्बाजाहरू हुन् । यलम्बर बाजा प्राचीन बाजा हो । यो बाजा जेठो बाजा हो । यो बाजा नै साकेलामा सबै भन्दा पहिले बजाइएको हो ।
३.३.२.. सुषीरबाजा
फुकेर बजाइने बाजाहरूलाई सुषीरबाजा भनिन्छ । यसलाई मुखले फुकेर बजाइन्छ । विनायो, मुरली, चरीबाजा, पुङ (सिङ), सहनाही आदि सुषीर बाजा हुन् । यी मध्ये पुङ (सिङ) साकेलामा बजाइने गरिन्छ ।
३.३.३.. आनद्धबाजा
तालमा बजाइने बाजालाई आनद्धबाजा भनिन्छ । यसलाई हात वा गजाले बजाउने गरिन्छ । ढोल, मादल, डम्फु, च्याब्रुङ, थाल, नगरा आदि आनद्धबाजा हुन् । ढोल साकेलाको प्रमुख बाजा हो । यसलाई शिलि केन भनिन्छ भने माङ्पाले बजाउनेलाई धिरिकेन भनिन्छ । साकेलामा बजाइने शिलि केनको गजाले बजाइने भागलाई होकचामा भनिन्छ भने हातले बजाइने भागलाई काकचामा भनिन्छ ।
३.३.४. घनबाजा
दुईवटा साधनलाई ठोकाएर, रगटेर बजाइने बाजालाई घनबाजा भनिन्छ । झ्याम्टा, शिलिमि साकेलाको प्रमुख बाजामा पर्छ । यसको पनि पुरुष र महलिा प्रतिकको आवाज हुन्छ । दाहिने हातको पुरुष र देब्रे हातको महिला प्रतीक माानिन्छ ।
किरात राईको साकेला नृत्यमा सुशीरबाजा अन्तर्गत पुङ(अर्नाको सिङ, आनद्धबाजा अन्तर्गत केन (ढोल) र घनबाजा अन्तर्गत मानिकेन (झ्याम्टा)लाई मुन्दुमी बाजाको रुपमा प्रयोग गरिदै आएको छ । यी मौलिक बाजाहरू किरात सभ्यतासंगै विकास भएको हो । यीनै बाजाहरूको तालमा साकेला÷साकेन्वा नृत्य गरिन्छ । साकेलामा ताल बाजामा सामान्य दुई किसिमको आवाज निकालिन्छ । कोङ साङलामुन (भित्रि आवाज) र ढोङटोङ (ठूलो आवाज वा बाहिरी आवाज ।
३.४. गीत
साकेला नृत्य गीतको आधारमा होइन । यो मिथक, मुन्दुम, कथाको आधारमा नृत्य गरिन्छ । यो नृत्य वाद्यवादनको तालमा नाचिन्छ । साकेला र साकेन्वा लाकछाम गीतमा भएका थेगोहरू निम्न रहेका छन् ः–
क. साकेला नृत्यमा गाइने गीतको ठेगोहरु ः
अ. दोलोकुप्मा दो.. सोइसोइला
आ.साया दोलो साया
इ. वाहुवानेई वाहुवानेई
नमुना गीत र थेगोहरु—
छेत्कुमाचि रुहुप्मा, छेत्कुलुङदा ..२
छेम्बि दोत्मा आन्को, छेम्बिलुङदा …दोलोकुप्मा दोलो.. सोइसोइला …२
साया दोलो साया…….२
हाल गीतका थेगोको विकृत रुप यसतो भएको छ —
सै सै ला, सै सै ला
आइया वरिलाई लै लै कुर्रा हा..हा.
सोइ ढोले सोइ, अर्को ढोले खोइ
छाम्मुसा साङ्लाङकेन, शिलि कुप्ने…..२
न्ुालो शिलि कुप्सा, लाक्लुमे…………….
(दोलोकुप्मा÷दोलो=साकेलामा लगाउने श्रीपेच जस्तो टोपी)
(कुप्मा=टिप्नु)
(साया=शिर)
ख साकेन्वा लाकछाम नृत्यमा गाइने गीत ?
अ.. सेमुना सेमुना
नमुना—
ढोल बज्यो, झ्याम्टै र बज्यो …. २
आ है रहरै जाग्यो गाउँमा सेमुना
आ है रहरै जाग्यो गाउँमा सेमुना नी लै ह
हा हा हा
कहाँ बज्यो, किन बज्यो …..२
आ है साकेन्वाको नाउँमा समुना
आ है साकेन्वाको नाउँमा सेमुना नी लै ह
हा हा हा
कहाँ बज्यो, किन बज्यो …..२
साकेन्वाको नाउँमा भनि सेमुना
साकेन्वाको नाउँमा भनि ह हा हा हा सोइया हा
हा हा हा सोइया सोइया सोइया हा
सोइया हा, सोइया हा, सोइया, हा हा हा
सोइया सोइया सोइया हा सोइया हा
सोइया हा, सोइया हा, सोइया, हा हा हा
(सेमुना= सेवा मुमा÷मेत्ना)
४.साकेलामा सहभागी
४.१. नाछोङ
४.२. केन्छारी(वाद्यवादक÷ढोले)
४.३. शिलिहाङ्पा, शिलिहाङ्मा, नृत्यकारहरु
५. आवश्यक सामग्रहिरु
वाहि, वाहिवाक, आरावा, बेछुक, खाबोकदिमा, श्रीसेङमा कातुरी, पाङलावाक, भे तालेत आदि ।
६. प्रदर्शन गरिने सामानहरु
हाल आएर साकेला नृत्यमा विभिन्न सामग्रीहरुको प्रदर्शन गर्ने चलन आएको छ । यी सामग्रीहरुले
क. उभौली(दोङ्वाङा) प्रयोग गनिे सामानहरु ः— हलो, जुवा, कुट्टे, कोदालो, विउ, घुम, खेती गर्ने सामानहरु
ख. उधौली(दोङदावा)मा प्रयोग गरिने सामानहरु ः— ओखली, जातो, ढिकी, नाङलो, कपडा बुन्ने तान, चर्खा, सिकार गर्ने हतियारहरु आदि ।
ग. मुन्दुममा आधारित सामानहरु ः— वाबुक, सोलोन्वा, जाँड, रक्सि, कठुवा, दावा, बुछुकुलुक आदि
घ. मौलिक सामानहरु ः—ठेका, दुधेरी, तुलो, सेर आदि ।
७. साकेलाको प्रयोग
क. जातीय तथा साँस्कृतिक पहिचान
ख. उभौलीमा प्रकृतिको पुजा
ग. उधौलीमा अन्न पानीको सह माग्ने
घ. सामाजिक कर्मकाण्ड
ङ. संस्कार, सँस्कृतिको संरक्षण
च. ऋतुको पहिचान
छ.शारीरकि तथा मानसिक तथा शैक्षिक विकास आदि ।
सन्दर्भ सामग्रीहरू
१. पारुहाङ साप्टेन माङखिम, पारुहाङ साप्लोन, (२०२२) वर्ष ०९, अङक ०३ , न्यु लाइट इन्टरप्राइजेज, छापाखाना, गान्तोक, सिक्किम, भारत ।
२. बालाम्छा, निर्दोष, (२०४९) साकेला एक परिचय, प्रतिबोध प्रिटिङ्ग प्रेस, नयाँ बानेश्वर, काठमाडौ ।
३. राई, कमलजङ्ग, (२०७९) साक्खेवा सिली एक अध्ययन, क्लासिक प्रिटिङ्ग सर्भिस, अनामनगर, काठमाडौं ।
४. राई, चन्द्रकुमार, हतुवाली (२०६४) साकेन्वा, किरात राईको महान चाड, काठमाडौं बान्तावा अनुसन्धान प्रतिष्ठान) ।
५ राई, जयप्रसाद मुकारुङ (२०६२) रिदुम् मुन्दुम, साथी प्रकाशन, बागबजार, काठमाडौ ।
६. राई, मे. बालकृष्ण मुकारुङ (२०६७), किरात राईको रीतिरिवाज, जयकाली प्रकाशन प्रा.लि. ।
७. शिवाकोटी, प्रा. डा. गोपाल, किरात जाति, (२०७४), पैरवी प्रकाशन ।
८. सगुन सुसारा, (२०७७), पाँचथरमा राईहरु, आबृति प्रकाशन काठमाडौ ।
पत्रिकाहरू
१. अधिकारी, सुर्य प्रसाद, (२०७६) शारदा मासिक, वर्ष ६, अङक १ ।
२. चाम्लिङ, भोगिराज, (२०७५), निप्सुङ अंक ३७ ।
३. राई ,रामचन्द्र, (२०७४ ), निप्सुङ अंक ३४ ।
४. (५०७४), निप्सुङ अंक ३५ ।
५. राई, अर्नुन जम्जेनी , (२०६६) नुलाम, वर्ष १, पूर्णाङक ः७, ।
६. राई प्रदिप कान्दुङ, (२०६४), नुलाम वर्ष १, अङ्क, ५ ।
७. राई, चन्द्रकुमार हतुवाली, पारूहाङ सापलोन, २०२२, वर्ष ९, अङ्क ३, न्यु लाइट इन्टरप्राइज, छापाखाना ।
८. बुङ्वाखा मासिक पत्रिका
९. दैनिक पत्रिकाहरु