पाँचथर । अहिले पाँचथरमा टोलै पिच्छे फुटबल प्रतियोगिताहरु हुन्छन् । धेरैवटा गोल्डकपहरु हुँदैछन् र हुन्छ । फिदिममै विभिन्न ३ वटा गोल्डकपहरु भए । तर, एक समय थियो- पाँचथरले आफ्नो शान सम्झने प्रतियोगिता अझ भनौं फिदिमेलीले त यसलाई पर्वनै सम्झने एउटा फुटबल प्रतियोगिता । पाँचथरको एउटा फुटबल महाकुम्भ । त्यो हो फाल्गुनन्द गोल्डकप ।
२०४४ सालमा फिदिमका युवाहरुले राजा बिरेन्द्रको जन्मोत्सवको उपलक्ष्यमा फिदिममा लाग्ने युवा मेलामा ‘शुभ जन्मोत्सव’ फुटबल प्रतियोगिता सुरु गरेका थिए । देशमा भएको राजनितिक परिर्वतन सँग शुभ जन्मोत्सव फुटबल प्रतियोगिता स्थगित भइ २०६५ सालमाबाट सुरु भयो ‘फाल्गुनन्द गोल्डकप’
छिमेकी जिल्लाहरुको गोल्डकपहरुको सफलताको कथा हेर्ने हो भने फाल्गुनन्द गोल्डकप पछाडि पर्ला । तर, परम्परागत इतिहास हेर्ने हो भने फाल्गुनन्द गोल्डकप अग्रस्थानमा आउँछ । हुन पनि यस प्रतियोगिताले नेपाली फुटबल इतिहासमा युग बिताइसकेको छ । झन्डै दुई दशकभन्दा लामो इतिहास छ, फाल्गुनन्द गोल्डकपको ।
२०६५ बाट सुरुभएको ‘फाल्गुनन्द गोल्डकप’ लाई पाँचथरलेहरुले पाँचथरको गौरव सम्झन्थे । नेपालका प्रतिष्ठी फुटबल क्लब र चर्चित खेलाडीहरु फिदिमको मैदानमा खेल्न आउथे । उतिखेर फुटबल प्रतियोगिताहरु सुगम ठाउँमात्र हुन्थे , झापा, मोरङ, सुनसरी इत्यादि । फिदिमको सानो मैदानमा ठुला क्लब र ठुला खेलाडीहरु ल्याएर फुटबल खेलाउन थालेपछि सबै फिदिमेलीहरुले ‘फाल्गुनन्द गोल्डकप’ लाई धेरै माया गरे । अझ बिदेशमा बसेका फिदिमे र पाँचथरेहरुले यो प्रतियोगितालाई खुब माया गरे । २०६५ सालमा स्थापनासँगै सफलताको बुर्कुसी मार्दै अगाडि बढ्दै गएको फाल्गुनन्द गोल्डकप २०७५ सालमा दशैं संस्करण सफलता पुर्वक सम्पन्न गर्यो । दशैं संस्करणको उपाधि बिजेता बन्यो झापा ११ ।
तर, २०७५ पछि खेलमैदानको समस्या र विश्वव्यापि कोभिडको कारण फाल्गुनन्द गोल्डकपले निरन्तरता पाउन सकेन । कोभिड पछि अरु किरात गोल्डकप र पाँचथर गोल्डकप भब्य आयोजना हुँदा समेत फिदिम स्र्पोटिङले फाल्गुनन्द गोल्डकप आयोजना गर्न नसक्दा आयोजक प्रति फुटबल प्रेमिहरुले बिभिन्न प्रश्नहरु गर्ने बाताबरण बनेको थियो । त्यसपछि के त ? त्यसपछि चाहिँ फाल्गुनन्द गोल्डकपले आफ्नो परिचय गुमाउँदै गएको छ । अघिल्ला पुस्ताले स्थापना गरेको विरासत गुमाउँदै गएको छ । अर्थात अब निर्विवाद पाँचथरको प्रतिष्ठीत प्रतियोगिता फाल्गुनन्द गोल्डकप सामान्य प्रतियोगिता बन्ने बाटोमा अग्रसर देखिन थालेको छ ।
खैर, यी कुराहरू विगत भइसके । फुटबल नयाँ बिहानीको खोजीमा छ । अब भने कुनै पनि बहाना स्वीकार्य नहुने भन्दै कोरोना महामारीका र खेलमैदानका कारण ६ वर्षसम्म नभएको फाल्गुनन्द गोल्डकप प्रतियोगिता अब आउने पुस ६ गतेबाट १५ गते सम्म हुने भएको छ । पुस फाल्गुनन्द गोल्डकपको एघारै संस्करण हुने तय भएको छ । यसबीच आयोजक फिदिम स्र्पोटिङ क्लबले फाल्गुनन्द गोल्डकपकको पुरानो बिराशत कायम गर्ने लक्ष्य सहित नयाँ संस्करण गर्ने भएको हो । नयाँ संस्करणले फिदिम स्र्पोटिङ क्लबलाई फेरि पनि नयाँ मौका दिएको छ । पाँचथर गोल्डकप र किरात गोल्डकपको लोकप्रियतामा झुमेका दर्शकलाई फाल्गुनन्द गोल्डकपमा फर्काउने चुनौती फिदिम स्र्पोटिङ क्लबमा रहँदा यसलाई सफलतापूर्वक प्रिय फुटबल प्रतियोगिताका रुपमा सम्पन्न बनाउने चुनौति आयोजकलाई छ ।
पाँचथरको फुटबललाई नजिकबाट नियालिरहेका मंगल बेघाले यो संस्करणको फाल्गुनन्द गोल्डकपले पुरानो साख फर्काउन निकै मेहनत गर्नु पर्ने बताउछन् । लामो समयको ग्यापले पुरानो बिराशत फकाउन केही समय लाग्ने बताउछन् । समग्रमा ३ महिना पछि हुन लागेको फाल्गुनन्द गोल्डकप प्रतियोगिताले घट्दो फिदिम स्र्पोटिङ क्लबको साखलाई ट्र्याकमा ल्याउनु पर्ने मुख्य चुनौती बोक्दा अर्को तर्फ नेपालमानै खेलेर बाँच्ने आधार कमजोर भएको भन्दै बढ्दो फुटबलरको पलायन समस्यालाई पनि रोक्न मद्दत गर्ने विश्वास राख्न सकिन्छ। किनकी मौफसलमा हुने बिभिन्न प्रतियोगिताहरुको पटकको प्रतिस्पर्धा र आकर्षणले आगामि दिनमा खेलाडीहरुलाई थप प्रोत्साहित गर्नेछ । फाल्गुनन्द गोल्डकपको एघारै संस्करण कति सफल होला त्यो भने ३ महिना पछि हुने प्रतियोगिताले निर्धारण गर्नेछ ।
फाल्गुनन्द गोल्डकपको एघारै संस्करण उदाहरणीय बन्ला या नबन्ला । फाल्गुनन्द गोल्डकपको साख जोगाउन फिदिम स्र्पोटिङ क्लब सक्षम होलान् वा हुँदैनन् । त्यो त समयले भन्ने छ नै । तर, फिदिम स्र्पोटिङ क्लबलाई पुरानो लयमा फर्काउने एउटा ठूलो अवसर हो ।