फिदिम । जारी ८औं तरुण गोल्डकप फुटबल प्रतियोगितामा कुम्मायक गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ। बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा कुम्मायकले फाल्गुनन्द गाउँपालिकालाई पराजित गर्दै उपाधि नजिक पुगेको हो।
कुम्मायकका लागि दिल सम्हाम्फेले दुई गोल गर्दै टोलीलाई जित दिलाए। दुबै गोल सुशिल लावतीको पासमा आएका थिए। खेलको पहिलो हाफमै आक्रमक लयमा प्रवेश गरेको कुम्मायकले बलमा नियन्त्रण राख्दै लगातार अवसर सिर्जना गर्यो। फाल्गुनन्दका खेलाडीहरूले रक्षा मजबुत बनाउन खोजे पनि कुम्मायकको संयोजन र तालमेल उत्कृष्ट रह्यो।
दोस्रो हाफमा पनि कुम्मायकले खेलको दबाब कायम राख्दै फिनिशिङमा सफलता हासिल गर्यो। सुशिल लावतीको मिडफिल्ड नियन्त्रण र सटीक पासिङले खेलको लय निर्धारण गर्यो, जसको भरमा दिल सम्हाम्फेले दुबै निर्णायक गोल गर्न सफल भए।
फाल्गुनन्दले केही काउन्टर अवसर सिर्जना गरे पनि गोल गर्न असफल रह्यो। खेलभरि कुम्मायकको अनुशासित र रणनीतिक प्रदर्शन नै जितको आधार बन्यो।
अब कुम्मायक गाउँपालिकाले फाइनलमा बुधबार हुने दोस्रो सेमिफाइनलको विजेता फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।




