पाँचथर-पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाको भदौरेमा बुबाले छोराको गोली हानी हत्या गरेका छन्। विजय सिङ्घकले आइतबार दिउँसो करिब ३ बजे आफ्ना १७ वर्षीय छोरा सफल सिङ्घकलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको जानकारी प्राप्त भएको छ ।
गोली हानिहत्या भएको खबर प्राप्त गर्न साथ प्रहरी परिचालन गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त प्रमुख रुपेश तामाङले जानकारी दिए ।
स्थानीय गणेश वाजीका अनुसार विजय सिङ्घक अत्यधिक मदिरा सेवन गर्ने र प्रायः घरमा झगडा गर्ने बानी थियो। घरेलु विवादकै कारण छोरामाथि गोली चलाएको प्रारम्भिक अनुमान छ ।




