-मीसा चाम्लिङ
फुल्ने मन थियोे फूल जस्तै तर फुल्न सकिन
भुल्ने मन थियोे कति कुरा तर भूल्न सकिन
अझै पनि सोचिरहन्छु एकान्त ठाउँमा बसी
चोखो चोखो माया साँचेर उसँग खुल्न सकिन
चरी झैं उड्ने मन थियो पखेटा फिजाइ
तर बिना पखेटा म भने कतै डुल्न सकिन
सपना धेरै थियोे तर हुरीले उडाइ दियो
हुन त संसारै स्वार्थी भएर म घुल्न सकिन ।
तुम्बेवा – ५, पाँचथर