पाँचथर- भारतीय ऋण लगानी तथा भारतिय ठेकेदार रहेको धनकुटाको भेडेटारदेखि पाँचथरको राँके बजारसम्मको सडकको कालाेपत्रे गर्ने काम ‘होल्ड’ भईरहेको छ । मुख्य काम गर्नु पर्ने हिउँदको सिजनमा यो खण्डमा कामको गतिविधि सामान्यमात्र देखिएको छ ।
१०० किलोमीटर लामो सडकमा २१ किलोमिटरमात्र कालोपत्रे भएको छ । धनकुटाको केहि खण्डमा कालोपत्रे भएको छ ।
यो सडक बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । यो सडक बर्षामा मेची राजमार्ग अवरुद्ध हुँदा विकल्पको सडक हुने तथा ग्रामिण क्षेत्रको महत्पूर्ण सडक भएपनि कालोपत्रे हुन सकेको छैन् । यो सडक खण्डको कालोपत्रेको म्याद पटक पटक थपिएको छ ।
पाँचथरका दक्षिण क्षेत्रका फाल्गुनन्द, मिक्लाजुङ, इलामका देउमाई, फाफोकथुम, माङ्सेबुङ र धनकुटाको चौबिसे र सागुरीगडी स्थानीय तह छोएर अघि बढ्छ । यो सडक पर्यटन, कृषि उत्पादन बजारीकरण र यातायातका लागि महत्पूर्ण रहेको छ ।
१९ नोभेम्बर २०१८ मा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । २ डिम्बसर २०२१ सम्ममा काम सक्ने गरी सम्झौता भएको थियो । तर पटक पटक म्याद थपिएपनि काम सकिने छाट छैन् । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी पहिलो पल्ट नेपाल भ्रमणका बखत सन २०१४ मा ऋण सम्झौता भएको थियो ।
एकजिन बैँक अफ इण्डीयाको ऋण लगानीमा यो आयोजना अघि बढेको थियो । ३६ महिनाभित्रमा कालोपत्रे सक्ने गरी भारतीय ठेकेदार कम्पनी एफको इन्फ्राको प्रालीसँग ठेक्का सम्झौता भएको थियो । ३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरीकन डलरमा कालोपत्रेका लागी सम्झौता भएको थियो ।
सडक बनेर सुविधा पाईएला बनेर बसेका यो बर्षका बासिन्दा हरेक बर्षनिरास हुने गरेका छन् ।
ग्रामिण क्षेत्रमा महत्पूर्ण भुमिका खेल्ने यो सडक आर्थिक हिसाबले पनि महत्पूर्ण छ । बाँकि काम प्राथमिकताका साथ अघि बढाउनका लागि संघिय सरकारले पहल गर्नु पर्ने देखिन्छ ।
भिडयाेकाे लागीhttps://www.facebook.com/reel/711045045393441
https://www.facebook.com/reel/711045045393441




