जेठ १७ इलाम, कवि कविता राई गाउँलेको कविता कृति फाटकमा घाम शनिबार इलाममा विमोचन भएको छ । सुर्योदय नगरपालिका फिक्कलको सभाहलमा आयोजित समारोहमा भारतीय नेपाली भाषी बरिष्ठ कवि मनप्रसाद सुब्बाले प्रमुख अतिथिको आसनबाट फाटकमा घाम कृति विमोचन गर्नुभयो । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभाग प्रमुख राजन मुकारुङ, आख्यानकार कृष्ण बराल , कवि निबन्धकार प्रकाश थाम्सुहाङ विशिष्ट अतिथि रहनुभएको थियो । विमोचित कृतिमाथि सिक्किमका कवि,निबन्धकार प्रवीण खालिङ र सृजनशील अराजक कवि हाङयुग अज्ञातले समालोचनात्मक टिप्पणी राख्नुभएको थियो ।
कविता राई गाउँलेका कविताहरु भारततिर लेखिदैँ आईरहेका कविता जस्तै छ र यी कविताहरुले विश्वजनिन बिषेशता बोकेको छ । कृति फाटकमा घामका कविताहरु शान्त तर गहिरो अर्थ बोकेका छन् – वक्ता प्रवीण खालिङले बताउनु भयो ।
एक व्यवसायीको रुपमा मात्र बुझिरहेको सन्दर्भमा गाउँलेको कविताहरुको पठनले आफलाई अचम्भित बनाएको बताउनूहुँदै अर्का वक्ता हाङयुग अज्ञातले भने – लामो साधनाबाट सृजित फाटकमा घाम कृतिले पाठकको मन जित्ने बताउनु भयो ।
पचासको दशकदेखि कविता लेख्दै आउनु भएका गाउँलेको फाटकमा घाम पहिलो कृति हो । कविताको महत्वलाई सम्मान गर्दै सङ्ग्रह प्रकाशन गर्न हतार नगरेको विमोचित कृतिका सर्जक कविता राई गाउँलेले बताउनु भयो ।
समारोहमा प्राज्ञ सुमित्रा वाङ्देल चेली, प्राज्ञ शशी लुमुम्बू, केदार शर्मा लगायतले गाउँलेको कविता कर्ममाथि चर्चा गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । कवि देवान किराती, बिमल बैद्य र दार्जिलिङ रिम्बीकका कवि आरती ठकुरीले कृति भित्रका तीन कविता वाचन गर्नुभएको थियो । समारोहमा सिक्किम, दार्जिलिङ र नेपालका कविहरुले पनि आफ्ना रचना वाचन गर्नुभएको थियो । समारोह सुर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्टराईको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।
गाउँलेको कविता कृति
गाउँलेको कविता कृति

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस