पाँचथर ।ज्यान मार्ने उद्योग मुद्दामा अदालतले १२ वर्ष कैद सजाय सुनाएपछि लामो समयदेखि फरार रहेका पुर्ण बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
भिमादेवी गुरुङद्वारा दायर गरिएको जाहेरीका आधारमा पाँचथर जिल्ला अदालतले २०७५ साल बैशाख २४ गते गुरुङलाई १२ वर्ष कैद सजाय र पीडितलाई रु. ८ लाख ३ हजार क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। उक्त फैसलालाई उच्च अदालत विराटनगर, इलाम इजलासले पनि २०७५ साल माघ २९ गते कायम राखेको थियो।
फैसला कार्यान्वयन हुँदाहुँदै फरार रहेका पाँचथर जिल्ला, साविक रानीटार–६ निवासी र हाल झापा, शिवसताक्षी नगरपालिका–२, इन्द्रेणीचोक बस्दै आएका ४८ वर्षीय गुरुङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले इलाका प्रहरि कार्यालप झिलझिलेको सहकार्यमा पक्राउ गरेको हो। उनी आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका गुरुङलाई २०८२ साल मंसिर २४ गते पाँचथर जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतले आवश्यक आदेश जारी गर्दै सोही दिन उनलाई कारागार कार्यालयमा सजाय भुक्तानका लागि पठाएको हो।




