पाँचथर । प्रथमले १ लाख ५० हजार रुपैँया पुरस्कार पाउने गरी इलाममा रेड पाण्डा म्याराथन हुने भएको छ । पुष– १ गते १ हजार २ सय २० मीटरदेखि ३ हजार ६ सय १० मीटर उचाईसम्म दौडीने गरी रेड पाण्डा म्याराथुन हुन लागेको रेड पाण्डा नेटवर्कले जानकारी दिएको छ ।
असोजमा गर्न लागिएको म्याराथन जेन्जी आन्दोलनका कारण रोकिएको थियो ।
रेड पाण्डा संरक्षण अभियानलाई सहयोग पुर्याउनका लागि भन्दै म्याराथन आयोजना हुन लागेको हो । गत बर्ष ताप्लेजुङमा भएको म्याराथन यो बर्ष इलाममा गर्न लागिएको आयोजक श्री दीप ज्योती क्लबका कार्यकारी निर्देशक सुनिल वान्तवाले जानकारी दिए ।
उनका अनुसार धवाकले ४४ दशमलव २ किलोमीटर दौडीनु पर्ने छ ।
इलाम चोक बजारबाट पर्यटकिय स्थल सन्दकपुरसम्मको म्याराथन राखिएको हो । इलाम, पाँचथर र ताप्लेजुङमा समुदायमा आधारीत रेड पाण्डा संरक्षण कार्यक्रम सञ्चालन भईरहेको छ ।पुरुष, महिला र स्थानिय गरि तीन श्रेणीमा प्रतिस्पर्धा हुने छ । स्थानियमा इलाम, पाँचथर र ताप्लेजुङका धावक सहभागि हुन पाउने छन् भने बाँकि दुई विधा खुल्ला रहेको छ ।
महिला र पुरुष दुबै तर्फ प्रथम हुनेले १ लाख ५० हजारका दरले नगद पुरस्कार र ट्रफि पाउने छ । द्धितियले १ लाख, तृतियले ५० हजार र तृतिय हुनेले ३० हजार रुपैँया नगद पाउने छ । यस्तै, स्थानिय तर्फको प्रथमले २५ हजार रुपैँया, द्धितियले २० हजार र तृतियले १० हजार रुपैँया पाउने छन् ।
प्रतियोगितामा प्राविधिक सहयोग नेपाली सेनाको रण शार्दूल गणले गर्दै छ । रेड पाण्डा नेटवर्क र प्लेफर नेचरको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।




