सृष्टि सावित्रा
हरेक मान्छेसँग, जीवनको आफ्नै कहानी हुन्छ
शरीर बृद्धबृद्धा हुँदा समेत मन, जवानी हुन्छ
आफ्नै छाँया हो,आफुलाई पर्खिँदै हिँड्ने भनेको
कसैलाई पर्खिँन सक्दैन समय बेइमानी हुन्छ
सपना हरुकै ब्यापार गरेर हिँड्दैछु,आज पनि
थाहा छैन, कुनदिन जलेर सबै खरानी हुन्छ
अक्सिजन पर्याप्त छ, भनेर म कसरी भनौं
जब मुटुकै छेउ भित्ता, कटानी फँडानी हुन्छ
उसैको ओठमा हुन्छ लोभ लाग्दो हाँसो भनेको
जसको आँखामा हरेक रात,अटुट पानी हुन्छ ।