जेभाले (पाँचथर)। पाँचथर सदरमुकाम फिदिमबाट २४ किलोमीटरको सडक यात्रामा जेभाले पुगिन्छ । यो मध्ये धेरै सडक कालोपत्रे रहेको छ । जेभालेको भञ्ज्याङदेखि पदमार्ग भएर उकालो लाग्दा निक्कै मेहेनत गरेर बनाइएको खेलमैदान पुगिन्छ । यहि खेलमैदानमाबाट भित्तातिर हेर्दा देखिन्छ अग्लो ढुङगामा खोपिएको सुम्निमा र पारुहाङको मुर्ति । मुर्तिकै छेउमा बनाइएको छ चिण्डो, अलि पर किराँतको झण्डा ।
यहाँ सुम्नीमा र पारुहाङमात्र होईन ढुङ्गामा देउता र विभुतिको मुर्ति खोपिएको छ । यहाँका ढँडयानमा आर्कषक मुर्ति खोपिएका छन् ।
ठुला ठुला ढुङ्गा भएको ढाँड पनि पर्यटकिय गन्तव्य बन्न सक्छ भन्ने उदाहरण पाँचथर फिदिम नगरपालिका-१३ जेभालेमा दिइएको छ । हुक्मा डाँडाको काखमा रहेका ठुला ठुला ढुङ्गामा देउता तथा राष्ट्रिय विभुक्तिको मुर्ति खोपिएर आर्कषकमात्र बनाइएको छैन्, यहि क्षेत्रमा रमाउन जानेको संख्यापनि बढ्दै गएको छ । ढुङ्गामा गरिएको कलाकारिताले सुन्दर जेभालेको विशेषतालाई थपेको छ ।
ढुङ्गा छापेको पदमार्ग हुँदै थप उकालो लाग्दा शिवको चित्र खोपिएको देख्न पाईन्छ । त्योभन्दा माथि गौतम बुद्धको चित्र र नेपालको राष्ट्रिय झण्डा देख्न पाईन्छ । त्योसँगै राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको मुर्ति खोपिएको छ । यो क्षेत्रकालाई चट्टान बाटिकको नामाकरण गरिएको छ ।
केहि समय अघि जंगलले भरिएका यो ठाँउमालाई हरिरहुँ लाग्ने बनाउने काममा सरकारको लगानी छैन् । समाजिक सञ्जाल फेसबुकमात्र सहयोग संलकन गरेर यो काम सुरु गरिएको यसका नेतृत्वकर्ता गजेन्द्र राई बताउछन् । ‘पहाडका यि ढुङ्गाहरुमा कलात्मकता थपेर सुन्दर बनाउन सकिन्छ भनेर यो काम अघि बढाइएको हो ।
फेसबुकमा स्टाटस राखेको भरमा स्वेच्छिक सहयोग प्राप्त भईरहेको छ’, उनले भने । समाजिक सञ्जाललको नकारात्मक कुरामात्र चर्चामा आईरहदा यो सकारात्मक सन्देशपनि हो । हालसम्म साढे १० लाख रकम स्वच्छिक रुपमा संकलन भएको छ । अरु रकमपनि संकलन भइरहेको राई बताउँछन् ।
ढाँडमामा खोपिएका चित्र हेरीरहुँ लाग्ने बनाइएका छन् । अझै यो बाटिकामा थप संरचना बनाउने तयारी रहेको उनले बताए । स्थानिय कलाकारले ढुङमा मुर्ति खोपेका हुन् । करिब दुई महिना लगाएर यहाँ मुर्ति बनाइएको हो । मुर्तिकार विमल राईले निक्कै मेहेनत गरेको देखिन्छ । चाङ बनाएर ढुङमा मुर्ति बनाइएको उनले बताए । ढुङ्गा खोपिएर बनाइएको मुर्ति भएकाले यो नविग्रिने उनको भनाई छ ।
यो ठाँउ प्राकृतिक रुपमा सुन्दर छ । यहाँका ग्रामिण बस्ती आर्कषक छन् । यहाँ केहि बर्षदेखिनै पर्यटन विकासका काम भईरहेका छन् । ३३ लाख रुपैँया खर्चिएर महादेव गुप्तेश्वरको संरचना बनाइएको थियो । अमेरीका निवासी नारद रिमालले व्याक्तिगत लगानीमा यो संरचना बनाइएको थियो ।
जेभाले पदमार्ग, हुक्मा डाँडालाई दृष्यावोलोकन, बनभोज स्थल बनाइएको छ । व्यवस्थित खेलमैदान, सार्वजनिक शौचालय सहित अन्य पर्यटकिय पूर्वाधार बनाइएको छ । यसले गर्दा जेभाले पुग्नेको संख्या बढ्दै गएको स्थानिय शिक्षक नदिप राईले बताए ।
समुद्र सतहदेखि २१ मिटरको यो गाँउ विस्तारै पर्यटकिय गन्तव्य बन्दै गएको छ । आसपासमा छिन्तापु, बुढिथाम, ठुलिटार लगायतका गन्तव्य पनि छन् । यहाँको स्थानिय संस्कृतिमा पनि रमाउन सकिन्छ ।
जेभाले गाँउलाई गुजराल बनाउनका लागि गरिएको प्रयास अनुकरणिय छ । गाँउलेहरु मिलेर गाँउमा विभिन्न विकास र सुविधा थपेका छन् । पहाडको गाँउमा केहि हुन सकेन होईन पार्यप्त नभएनी केहि त भईरहेको छ भन्ने उदाहरण जेभालले दिएको देखिन्छ ।
होमस्टे लगायतका व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।
यहाँ पुगेका आन्तरीक पर्यटकलाई नेतृत्वकर्ता गजेन्द्र राईले सारङ्गी, मादल, बसुरी बजाएर मनोरञ्जन गराउछन् । कतिपय त पुराना गीतहरु गाएर रमाईलो गरेको समेत देख्न पाईन्छ ।
हेराैं केही तस्बिरहरु