सरला रेग्मी
पाँचथर । पुर्वको प्रसिद्ध धाम ताप्लेजुङ जिल्लाको पाथिभरा मन्दिर सम्मको यात्रा अत्यन्तै रमणीय छ । मौषम खुलेको बेला साना रेखा जस्ता देखिएका हिमाल प्रष्ट देखिने स्थल हो यो धाम । धिप धिप देखिएका हिमाल जस्ले तान्छ नै । पाथिभरा मन्दिर दर्शन गर्न जादा पहिलो गन्तव्य हुन्छ काबेली नदि, जस्ले पाँचथर र ताप्लेजुङ को सिमानाको प्रतिनिधित्व गरिरहेको छ । यहाँको पनि केही बिशेषता छ । पाथिभरा मन्दिर जादा एउटा भनाइ छ ‘सके यहाँ नुहाएर जानू नसके पुजा गरि यहाँको जल लिएर पाथिभरामा चढाउनु’ । यहाँको जल लिएर काबेलिको कल कल पानी राता ध्वजा बाधेर यात्रा सफल होस कामना गर्छन् ।
काबेली नदि
केही किलो मिटरको दुरि पार गर्दै ताप्लेजुङ्गको सदरमुकाम फुङ्लिङ्बाट ८ किलोमिटर सुकेटार अनि त्यहाँ बाट १२ किलोमिटर कहि कच्ची त कहि ग्राबेल बाटो पार गर्दै दोस्रो स्थल काफ्ले पाटी भन्ने ठाउँ पुग्न सकिन्छ ।
सिढी मार्ग
यहाँबाट करिब अढाइ किलोमिटर हिडेपछी पैदल यात्रा शुरु हुन्छ । पहिलो दिनको यात्रा माथिल्लो फेदी अन्तिम बास बस्ने स्थल हो । चिसो मौसम दुंगाले छापिएको बाटो कतै सिढी मार्ग त कतै सिधा बाटो यात्रा सहज नै हुन्छ । करिब ३१ मिटरको उचाइमा यात्रा जान्छ । चिसो बढ्दै हुन्छ यात्री उकालो चढ्दै हुन्छन । जब माथिलो फेदि पुगिन्छ पहिलो दिनको यात्रा यहि बस्नु उचित हुन्छ । यहाँ पुग्दा थकानले भरिएको हुन्छ । निद्रा मीठो लाग्छ । भोलि पल्ट बिहान सुर्यदय आउनु अघि नै यात्र तय गर्नु उचित हुन्छ । यात्रा धेरै सहज छ अहिले, सजिला बनाइएका बाटा बृद्ध र हिड्न गार्हो हुनेलाइ बोक्ने मान्छे पनि प्रसस्त हुन्छन् ।

हिड्न नसक्नेलाई बोकेको
पाथिभरा प्रवेश गेट भन्दा अलि माथी झाक्री थान भेटिन्छ, केही फुल अक्षता यहाँको लागि राख्नु पर्छ । जहाँ दर्शन गरेर फेरी उकालो लागिन्छ ।

झाक्री थान
बादलका हुल तल तल हुँदै जान्छन । अनि आफु माथि हुदैँ गइन्छ ।

पैदल हिड्दा देखिएको बादल
सेता हिमाल झन झन नजिक अनि गाडा हुँदै जान्छन। सेता हिमाल नजिक हुदै जान्छन् ।
कुम्भकर्ण
सिर सिर हावाले मन मुक्त आवास दिन्छ । बाटोमा आउने अनि जाने क्रम चल्छ नै ओरालो झर्नीले उकालो चढ्नेलाइ हौसला दिनेपनि भेटिन्छन् । हरिया चादर लगाएर दर्शनार्थीलाई आउँन सहज बनाएको थियो ।

यात्री छुट्छन तर बाटा रहन्छ
भर्खर सम्पन्न किरात याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक सहयोगमा बनाइएको लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङ स्तभले पाथिभरा क्षेत्र साच्चै सुन्दर बनेको रहेछ। कन्चनजङा,कुम्भकर्न र फक्तालुङ हिमाल देख्दा साच्चै स्वर्गको टुक्रा कस्तो हुन्छ त्यस्तै अनुभुति दर्शनार्थीले गर्छन् ।

च्याब्रुङ
लामो सास फेरेर हात फिजाएर त्यो स्वर्गको आनन्द लिन मन कस्लाइ नलाग्ला र ? माताको दर्शनका लागि हजारौ दर्शनार्थी लाइन लागेर उभिएका हुन्छन् । आशा, अभिलाषा यहाँ देख्न सकिन्छ । आफ्ना भाकल लिएर कोहि त कोहि मनोकामना पुरा हुने अभिलाषामा दर्शनार्थी बार्है महिना पुग्ने अत्यन्तै सुन्दर स्थल हो पाथिभरा धाम । सुन्दरताको प्रतिमुर्ति देखिन्छ । स्वर्ग भनेको यस्तै होला अनुभुती गरिन्छ ।

पाथिभरा माता
यात्रा सहज बनाउनु ट्याक्सी, होटल, अस्वस्थ्य हुँदा मान्छे बोक्ने पनि भेटिन्छन् । यात्रामा दर्शनार्थीलाई सहजताका लागि पाटिपनी बनाइएका छन् । पाथीभरा क्षेत्र परिषद् अत्यन्तै सुन्दर छ । अझ निर्माणाधीन च्याब्रुङले पाथीभरा जाने हरेक जसो दर्शनार्थीले यसबारे जिज्ञासा राख्ने गरेको स्थानिय बताउँछन् । ‘उकालो चढेर गएपछि मन्दिर प्रवेश गर्नुअघि एकछिन थकान मेटाउने र फोटो खिचाउने ठाउँ पनि भएको छ । ,‘चिन्नेले आहा !भन्छन्, नचिन्नेले यो चाँही के रहेछ भनेर सोध्छन् ।’ यो स्तम्भले लोप हुन लागेको च्याब्रुङ लाई पुन ताजा बनाएको छ । पाथीभरा क्षेत्रलाई मनोमोहक बनाएको छ ।
दर्शनार्थीले चढाएको घन्टी सजाइएको छ

पाथिभरा क्षेत्रबाट देखिएको हिमश्रृंखला