पाँचथर । संसारमा प्रत्येक वर्ष लाखौँ मानिसको ज्यान लिने मुटुरोग हाम्रो देशको पनि एउटा प्रमुख स्वास्थ्य समस्या रहिआएको छ । यो रोग घट्ने दिशामा भन्दा पनि बढ्ने क्रममा रहेको छ ।
मुटु रोग पछिल्लो समय नेपालीमा बढ्दै गएको स्वास्थ्य समस्या हो । अस्वस्थ जीवनशैली र खानपानमा लापरवाही गर्ने चलनका कारण पछिल्लो समय मुटु रोगीहरुको संख्या बढ्दै गएको हो । अनावश्यक तनाव, अर्काको रीस, डाहा जस्ता भावनात्मक कारण र धुम्रपान, मद्यपान जस्ता व्यावहारिक कारणले मुटुरोग बढ्दै गएको चिकित्सकहरु बताउँछन् । यही विषयमा मुटु रोग विशेषज्ञ डा. माधब बिष्टसँग केन्जोखबर डटकमले गरेको कुराकानी :-
मुटु रोगीको अवस्था नेपालमा कस्तो छ ?
मुटुमा पनि धेरै थरिका रोगी हुन्छन् । एउटा प्रेसर सम्बन्धी,मुटु कमजोर हुने, मुटु बन्दै कमजोर बन्ने, हार्ट एट्याक, भल्ब बन्द हुने हुदा मुटु सम्बन्धी नै चार पाँच प्रकारको हुदा ठ्याकै नेपालमा व्यवस्थित अध्ययनको अभाव रहेकोले मुटुरोगीको संख्या यति नै छ भन्न सक्ने अवस्था चै छैन । तर यति कुरा भन्न सकिन्छ कि पछिल्लो समय मुटु रोगीको संख्या बढेको छ ।
पहिलो त हिजोआज अस्वस्थ जीवनशैली अपनाउनेहरुको संख्या बढ्दो मात्रामा छ । मानिस बिदेशी रहनसहन खानपान र दोस्रो भनेको मान्छेमा जागरुकता बढेकोले पहिचान धेरै भएको पनि हुन सक्छ । जे भए पनि तथ्यांकलाई आधार मान्दा मुटुरोगीको संख्या पछिल्लो समय बढ्दो मात्रामा छ । यो संख्या नेपालमा मात्रै नभएर धेरै विकाशोन्मुख मुलुकमा देखिने समस्या हो ।
मुटु रोगको मुख्य कारण के हो ?
मुटु रोगको कारण भनेको धेरै छन् । एउटा त बन्दै बशांणुगत कारण हो अर्को अस्वस्थ जीवनशैली नै हो । अस्वस्थ जीवनशैलीभित्र पनि शारीरिक निष्कृयता र अस्वस्थ खाना यसको मुख्य कारण हो । अर्गानिक खानेकुरा भन्दा प्याकेटका खानेकुराले पनि असर गर्छ । अर्काे भनेको व्यावहारिक कारण हो । त्यो भनेको चुरोट, मदिरा जस्ता दुव्र्यसनीमा फस्नु पनि मुटु रोगको कारण हो । हिजोआज चुरोट, मदिरा आदिको प्रयोग घटेको छैन । वातावरणीय प्रदूषण पनि आजको दिनमा मुटु रोगको मुख्य कारण बनेको छ । यसले हाम्रो रक्तसञ्चार प्रणालीलाई असर पारेको छ । भलै यो अदृश्य समस्या हो । तर कैयौं अदृश्य समस्या नै मृत्युको कारण बन्न सक्छ ।
गर्भास्थामा आमाले कस्तो खानेकुरा खादा बच्चाको मुटु स्वास्थ हुन्छ ?
गर्भास्थामा सन्तुलित खाना खानु पर्छ । नियमित चेकजाच गर्ने,चेकजाच गर्दा कुनै पदार्थको कमि भए मेडिसिन सिन सकिन्छ । दुई ज्यान भएको कारण दुईजनालाइ पुग्ने डाइट खानु पर्यो, गरियो साग सब्जी बढी खानु पर्यो ।अनि अर्काे भनेको भावनात्मक कारणले पनि मुटुको समस्या देखिन्छ । जस्तो, हामी नेगेटिभ इमोसन धेरै पाल्ने गर्छाैं । जस्तो, रिस उठ्ने, एन्जाइटी, घृणा र अस्वस्थ प्रतिष्पर्धा आदि पनि मुटु रोगको कारण हो । यस्ता समस्याले हाम्रो मस्तिष्क र मुटुमा प्रभाव पार्छ । त्यसले उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल र रक्तसञ्चार प्रणालीमा ठूलो क्षति पु¥याउँछ । जुन अदृश्य हुन्छ तर धेरै जोखिमयुक्त हुन्छ । गर्भास्थामा सकारात्मक सोच्नु पर्छ ।
मुटु रोग लागेको संकेत के हुनसक्छ ? कसरी थाहा पाउन सकिन्छ ?
यसमा चै व्यत्ती बिशेष फरक फरक लक्षण हुन सक्छ हाम्रो भाषामा भन्दा मुटु रोगका मुख्यतया पाँचवटा लक्षणहरू हुन्छन् । जस्तै, छाती दुख्नु, स्याँस्याँ हुनु, ढुकढुक हुनु, बेहोस हुनु, थकाइ धेरै लाग्नु र जिउ–खुट्टा सुनिनु मुटु रोगको मुख्य लक्षण हो ।
मुटु रोग लागेपछि त्यसको उपचार कति सहज छ ? नेपालमा मुटु रोग उपचार कति सम्भव छ ?
विगतको तुलनामा धेरै राम्रो छ । एक दशकको जानकारीलाई आधार मान्दा मुटुरोगको उपचारमा नेपालले धेरै प्रगति गरेको छ ।पहिला खर्चिलो थियो अहिले सहज पनि छ र खर्च पनि कम लाग्छ। हार्ट एट्याकमा पहिलो स्टेजमा बेलुन छिराएर पनि उपचार गर्न सकिन्छ । बिना अप्रेसन गर्न भल्ब खुलाउन सकिन्छ । जाली राख्ने, सानो बच्चाको मुटुको प्वाल टाल्ने, भल्ब खोल्ने काठमाडौंभित्र मात्रै नभएर बाहिरका ठूला शहरहरुमा समेत मुटुको शल्यक्रिया सम्बन्धी सेवा सहज र सस्तो दिन थालिएको छ । अहिलेको अवस्थामा मुटु प्रत्यारोपणबाहेक धेरै किसिमका मुटुको शल्यक्रिया नेपालमै हुने गर्छ । जस्तै, थोरै चिरेर उपचार गर्ने प्रविधिको पनि नेपालमै विकास भएको छ । सीमित स्रोत र साधनका बाबजुद पनि नेपालले पछिल्लो १० वर्षमा धेरै मुटु रोगको उपचारमा धेरै प्रगति गरेको छ।
मुटुलाइ बचाइराख्न के कुरामा ध्यान दिनु पर्छ ?
मुटुलाइ बचाइराख्न नखाने चिज खानु भएन जस्तो कि चुरोट,रक्सी अनि सेतो चिनिलाइ खानु हुदैन । चिनी अत्यन्तै हानिकारक तत्व हो । नियमित ब्यायाम गर्ने, तनाबमा नबस्ने, खानेकुरा खाने, नखानेकुरा अस्वास्थकर खाना नखाने अनि, नरिसाउने, हतार आत्तिएर केही नगर्ने, घृणा र अस्वस्थ प्रतिष्पर्धा आदिले पनि मुटुलाइ हानी गर्छ ।
मुटु रोगको शल्यक्रिया गरेकाहरुले शल्यक्रिया पछि कस्तो सतर्कता अपनाउने ?
मुटु बचाउन के गर्दै आएका थियौ त्यही गर्ने जस्तो स्वस्थकर खानाखाने, ब्यायाम गर्ने, सकारात्मक सोच्ने, स्टोरमा राखेका खानेकुरा नखाने, कोलिस्टोर कन्टोल गर्ने, सकेसम्म फ्रेस खानेकुरा खानुपर्छ । सबै कुरा खाने तर कन्ट्रोलले खाने । खुशी रहने पयत्न गर्ने अनि अर्काे भनेको भावनात्मक कारणले पनि मुटुलाई असर गर्ने हुदा यस्तो कुरामा ध्यान दिन्र । यस्ता समस्याले हाम्रो मस्तिष्क र मुटुमा प्रभाव पार्छ । त्यसले उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल र रक्तसञ्चार प्रणालीमा ठूलो क्षति पु¥याउँछ । जुन अदृश्य हुन्छ तर धेरै जोखिमयुक्त हुन्छ ।
मुटुरोगिले कस्ता ब्याबहार अपनाउने ?
सबै भन्दा पहिला त रिसाउनु भएन, खुशी हुने गर्नुपर्छ ।अस्वस्थकर खानेकुरा नखाने, माछामासु खान सकिन्छ तर लिमिटले खानु पर्यो । नियमित ब्यायाम, गुलियो धेरै खानु भएन । सकारात्मक सोच्नुपर्छ । प्रकृतिबाट आएको कोलेस्टोर खाने, अप्राकृतिक खानेकुरा प्याकेजिङ फुडहरुबाट आएको कोलिस्टोर नखाने ।
मुटुरोगिले शल्यक्रिया पछि छिटोछिटो गर्ने काम गर्नु हुदैन भन्छन के यो सत्य हो ?
होइन, बिल्कुल होइन सबैलाइ होइन मुटु रोग कस्तो प्रकारको हो त्यसमा पनि भर पर्छ । नशा बाइपास गरियो भने नियमित गर्ने काम गर्दा हुन्छ । मुटु कमजोर हुने प्रकारका मान्छेले प्रेसर कम हुने काम गर्नुपर्छ । नगर्ने भन्ने चै हुदैन शल्यक्रिया पछि उस्को स्वास्थकर जीवन कस्तो छ त्यसमा भर पर्छ ।