झापा । झापाको कमल गाउँपालिका ५ स्थित पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान महिला सुधार केन्द्रबाट एक महिला फरार भएकी छन् ।
गएराति ९ः३० बजे सो सुधार केन्द्रबाट पाँचथर मिक्लाजुङ गाउँपालिका २ सराङडाँडाकी समीक्षा काफ्ले फरार भएकी हुन् । २१ वर्षीया समीक्षालाई उनका दाजु सुरेन्द्र काफ्लेले गतवर्षको भदौ १४ गते ल्याई सुधार केन्द्रमा राखेका थिए ।
सुधार केन्द्रबाट महिला भागेर बेपत्ता भएको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर खोजतलास भइरहेको जनाइएको छ । प्रहरीले उनको हुलिया सार्वजनिक गरेको छ ।




