पाँचथर । राँके–रवि–भेडेटार सडकखण्ड अन्तरगत फाल्गुनन्द गाउँपालिका–५, मगरभितामा आइतबार दिउँसो गुडिरहेको ट्याक्सीमाथि पहिरो खस्दा ठूलाे दुर्घटना टरेकाे छ । इलामकाे फाकफोकथुम गाउँपालिकाकाे केन्द्र आमचोकबाट सदरमुकाम इलामतर्फ जाँदै गरेकाे मे १ ज ६५२ नम्बरको ट्याक्सीमा अचानक पहिरो खसेको हो।
ट्याक्सीमा चालकसहित ८ जना सवार थिए। घटना लगत्तै सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको छ।
स्थानीय पत्रकार युद्ध बोहराका अनुसार मानवीय क्षति नभए पनि पहिरोका कारण सडक केही समय अवरुद्ध भएको थियो। अहिले सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ।
निरन्तर वर्षाका कारण सडक क्षेत्र प्रभावित बनेकाले यात्रु तथा सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय पाँचथरले अनुरोध गरेकाे छ।




