पाँचथर । राष्ट्रिय सेवा दल (एनसिसि) को स्थापना दिवस पाँचथर सदरमुकाममा मनाईएको छ । एनसिसि कक्षामा सहभागि विद्यार्थीको सहभागितामा यो दिवस मनाइएको थियो ।
स्वाभिमानी नागरिक तथा सभ्य र सुस्कृत समाज निर्माण हाम्रो अभियान भन्ने मुल नारा सहित यो दिवस मनाईएको हो । फिदिममा रहेका रणशेर गणको आयोजनामा यो दिवस मनाईएको हो ।
एनसिसिमा सहभागि विद्यार्थीहरुको सहितको सचेतना ¥याली प्रर्दशन गरीएको थियो । कोभिडको तेश्रो लहरबाट जोगिन मास्क लगाउन अनुरोध गर्दै ¥याली निकालिएको थियो । ¥याली पछि विद्यार्थीले सिवालय मन्दीर परिसरमा सरसफाई गरेका थिए ।
गणबाट तालिम प्राप्त विद्यार्थीले नैतिक शिक्षा तथा अन्य विभिन्न सिप सिकेकेको गणपति सुरज राउते बताए । एनसिसि तालिममा फिदिम मावि र विद्या वरदान बोर्डीङ स्कुलका ७२ जना विद्यार्थी सहभागि छन् ।
नेपालका छात्रछात्राहरुमा देश बफादारीको भावना अझ बढी जागृत गराई राष्ट्रिय सेवा भाव विकसित गरी योग्य र अनुशासित नागरिक बनाउन र उनीहरुमा नेतृत्वको क्षमता बढाउन सैनिक तालिम दिनु वाञ्छनीय छानी २०२७ सालमा एनसीसीको कानुन पारित भएको थियो । यसको स्थापना चाहिँ त्योभन्दा छ वर्ष अघि २०२२ सालमै भएको हो ।
एनसिसिको स्थापना दिवस मनाइयो
एनसिसिको स्थापना दिवस मनाइयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस