काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठकबाट सभापतिका आकांक्षी प्रकाशमान सिंह बैठक छाडेर हिँडेका छन् । आफ्नो नाममा सहमति नबन्ने भएपछि उनी बैठक छाडेर हिँडेका हुन् । उनले आफ्नो नाममा सहमति गर्न प्रस्ताव गरेपनि बैठकमा सहमति जुटेको थिएन भने अन्य नेताको नाममा छलफल हुन थालेपछि बाहिरिएको एक नेताले बताए ।
उनले आफूले सभापतिमा उम्मेदवारी दिने अडानबाट पछि नहट्ने बताउँदै आएका छन्। पौडेल पक्षको बैठक बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको हो ।