पाँचथर । बिहान मर्निङवाक हिडेर सन्त राई थकाइ मारिरहेका थिए । केही समय अगाडि बाटो हिड्दा नाक धुनेर हिड्नु पर्ने स्थल अहिले हराभरा छ ।
यो स्थल हो धरानको माछा भौडी जुन निक्कै चर्चित ठाउँ हो । भानुचोकदेखि पुर्व देशीलाइन सडक, चिनिया चोकबाट दक्षिण झर्ने कैलाश पथ र सदन रोड पश्चिम आएर ठोक्किन्छ । त्यस ठाउँलाई दोभान चोकपनि भनिन्छ ।
सन्त राई सम्झिन्छन मर्निङवाक हिडेर बस्ने त के यो बाटो हिड्न पनि मनलाग्दैन थियो तर अहिले यो स्थल निकै सुन्दर देख्दा खुशी लाग्छ । नालिको गन्ध अनि माछाको गन्धले हिडिसक्नु हुदैन थियो । तर धरान नगरपालिकाको करीव १ करोड ६० लाखको लागतमा हिड्न समेत नसक्ने स्थल अहिले यो स्थल सुन्दर अनि रमणिय बनेको छ । सन्त राई मात्र होइन बिहान अनि बेलुकाको समयमा बच्चाहरु खेल्न ,बुढाबुढीले रमाइलो गर्न र युवाहरुले कसरत गर्ने स्थल समेत बनेको छ ।
धरानको मुटु भानु चोक बाट करिब २५० मिटरको दुरिमा रहेको यो स्थल धरान नगरपालिका वडा नं २ र ३ को सिमानामा हो । यो स्थल यस्तो बन्ला स्थानिय हर्क लिम्बुले सोचेका थिएनन । तर अहिले स्थानीयहरु त्यसलाई नो म्यान्स ल्याण्ड पनि भन्छन् । त्यही चोकबाट दक्षिणतर्फ भौडी बग्छ, जसको नाम हो माछा भौडी । खासमा यो ड्रेन हो, तर बर्षाको पानी निक्कै गहिरो र ठुलो रुप लिइसकेको छ । यसको दाँया र बाँया दुवैतर्फ शान्तिपथतर्फ झर्ने सडक बनिसकेको छ । यो भौडी भने फोहोर र दुर्गन्धले गर्दा फोहोरी ठाउँको परिचय बनाइसकेको थियो । स्थानीयबासीहरु पनि माछा भौडीको फोहारबाट आजित थिए ।माछा भौडी भएर हिड्नेहरु पनि पहिला जस्तो नाक खुम्च्याउदै हिड्नुपर्ने अवस्था अहिले छैन ।
माछा भौडीको रुप फेरिदैछ । पहिला फोहोर र दुर्गन्ध फैलिने भौडीमा सुन्दर पार्कको परिकल्पना अनुसार धमाधम भौतिक संरचनाहरु निर्माण भइरहेको छ । २०७४ मा पहिलो स्थानीय तह निर्वाचन पछि नै यसको रुप फेरिन शुरु गरेको हो । स्वर्गीय मेयर तारा सुब्बाको पालामा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर नगर गौरवको आयोजनामा छनौट गरि यहाँ पार्क निर्माण कार्य अघि बढेको थियो । पहिलो बर्ष ३७ लाख बराबरको काम भयो । निर्माण कार्य अघि बढ्दै जादा ज्येष्ठ नागरिकको लागि मात्र नभै बालबालिकाहरुको लागि पनि मनोरञ्जन गर्ने ठाउँको रुपमा विकास भएको छ ।
यो र्पाक बन्ने नै क्रममा भएका कारण नाम यहि हो भनी राखिएको पाइएन । बालबालिकाहरुलागि विषेश सामाग्री राखीएको छ । बीचमा पर्यटकहरुलाई आकर्षित गर्न पानीको फोहोरा पनि निर्माण भएको छ । बिहान मनिङ वाक गर्नेहरुको लागि जिम गर्ने केही सामानहरु पनि राखिएकोछ । उपयोगमा नआएको स्थललाइ पनि सुन्दर र रमणिय बनाउन सकिन्छ भन्ने राम्रो उदाहरण बन्न सकेको छ ।