पाँचथरक । जिल्ला ट्राफिक प्रहरी कार्यलय पाँचथरले आर्थिक वर्ष २०७७/०७८ मा रु १८ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो बर्ष १४ लाख २८ हजार संकलन गरेको थियो । अघिल्लो बर्षको तुलनामा ३० प्रतिशत बढी राजस्व संकलन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरि कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दिपक दुलालका अनुसार यो बर्ष ट्राफिक नियम उल्लंघन गर्नेमा कारजिप ९ सय २४, ट्रक ३ सय ५ ट्याक्टर २ सय ५, मोटर साइकल १ हजार ५ सय ६१,अटो १ सय ६१, बस १२ ओटा र टिफर २ गरि कार्वाहि संख्या जम्मा ३ हजार १ सय ७० भएको छ भने अघिल्लो बर्ष २ हजार ५ सय ६५ कार्वाही भएको जानकारी गराएका छन् ।
कार्यलय प्रमुख दुलालका अनुसार यो बर्ष दुर्घटना हुने र मृत्युु हुनेको संख्या पनि अघिल्लो बर्षको तुलनामा बढी छ। यस बर्ष ४३ दुर्घटना भएका छन् जस मध्ये मुत्यु संख्या १६ छ भने घाइते संख्या ६८ भएको छ । जुन अघिल्लो बर्षको तुलनामा बढी हो। कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको जानकारी दिए ।