पाँचथर– चियाबारीको काखमा रहेको इलाम सदरमुकाममा चैत–१ र २ गते ‘चौथो इलाम साहित्य महोत्सव’ हुने भएको छ । मोफसलको प्रयत्नमा भएको महोत्सवले चौथो संस्करणको नारापनि पर्यटनका लागि साहित्य महोत्सव बनाएको छ ।
महोत्सवमा देश तथा विदेशका साहित्यकार, लेखक, चिन्तकको सहभागिता रहने आयोजक इलाम नगर साहित्य कला संङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए ।
महोत्सवमा साहियमात्र नभई विभिन्न विषयमा छलफल हुने हुने छ । प्यान डिस्कसनका माध्यमबाट हुने बहसमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, पोल्याण्ड आदि ठाँउबाट सहभागिता रहने थाम्सुहाङले जानकारी दिए । चौथों महोत्सवको लोगो समेत सार्वजकि गरिएको छ ।
महोत्सवमा साहित्यका विभिन्न आयाम, पर्यटन , पर्यावरण , कृषि , कला, रैथाने संस्कृति , ज्ञान साथै राजनीतिमा समेत बहस हुने जानकारी दिइएको छ । तीस सय बढि लेखक, साहित्यकार इलाम ल्याउने आयोजकको भनाई छ ।