पाँचथर । सदरमुकाम फिदिममा जारी छौटौं तरुण गोल्डकमा शनिबार भएका खेलहरुमा फिदिम वडा नम्बर १०,८ र ७ विजयी भएका छन् । फिदिम माबिको खेलमैदानमा भएको पहिलो खेलमा फिदिम वडा नम्बर- १० र फिदिम – ६ लाइ हराउदै दोश्रो चरण प्रबेश गरेको छ ।
फिदिम -१० ले फिदिम- ६ लाई ४-२ गोल अन्तरले हराउदै अर्को चरण प्रबेश गरेको हो । फिदिम- १० को लागी सुशिल जबेगुले २ गोल गर्दा सुदिप केरुङ र ओम केरुङले समान १ गोल गरेको थिए । फिदिम -६ को लागी मिलन मगर र अशोक लिम्बुले गोल फर्काए पनि टिमलाई हारबाट जोेगाउन सकेन्न । फिदिम १० का शुसिल जबेगु म्यान अफ दि म्याच बने ।
शनिबार भएको दोश्रो खेलमा फिदिम— ८ ले फिदिम- ५ लाई २-० ले हराउदै फिदिम -८ दोश्रो चरण प्रबेश गरेको छ । फिदिम— ८ को जितमा नवराज गुरुङ र सुमन गुरुङले समान १ गोल गरे । यसखेलमा गोल गरेका सुमन गुरुङ म्यान अफ दि म्याच जिते ।
शनिबार भएको तेस्रो तथा अन्तीम खेलमा फिदिम -७ ले फिदिम-३ लाई १-० गोलले हराउदै फिदिम-७ दोश्रो चरण प्रबेश गरेको छ । टिमको लागी बिजयी गोल गरेका फिदिम -७ का अशोक राई म्यान अफ लि म्याच बन्दै नगद १ हजार जिते ।
तरुण गोल्डकपमा आइतबार हुने खेलहरु
१. फिदिम -४ बिरुद्ध फिदिम -१२ दिउसो ११ बजे
२. फिदिम -१ बिरुद्ध फिदिम -२ दिउसो १२ः३० बजे
३. फिदिम -९ बिरुद्ध फिदिम -१० दिउसो २ः३० बजे