फिदिम । पाँचथरमा एक साता फेरी निषेधाज्ञा थप हुने भएको छ । यस अघि जारी गरिको पुणर् निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिदै छ । अब थपिने निषेधाज्ञा खुकुल्लो हुने भएको छ । निषेधाज्ञा जेठ २४ गते मध्यरात बाट जेठ ३१ गते मध्यरात सम्म रहने छ ।
अब निर्माणका कार्यहरूमा टाईंम कार्ड सहित सुचारु गर्ने निणर्य भएको छ । वित्तीय संस्थाहरू हप्ताको दुई दिन सोमबार र बिहीबार दिनको ११ः०० बजे बाट २ः०० बजे सम्म खुल्ला रहनेछन ।
एक साता थपिएको निषेधाज्ञा अत्यावश्यक सेवा प्रदान गर्ने औषधि पसलहरु खुल्ला रहने त्यस बाहेक दुग्धजन्य , हरियो सागसब्जीजन्य , फलफूल पसलहरु , खाद्यान्न पसलहरु , निर्माण सामाग्रीका पसलहरु र पशु एवम पशु आहराजन्य सामग्रीका पसलहरु दैनिक बिहान ५ः०० बाट ९ः०० सम्म सुचारु गरिने निणर्य भएको छ । अनुरोध छ ।
कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सोमबार प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो ।
पाँचथरमा निशेधाज्ञा खुकुल्लो बन्दै
पाँचथरमा निशेधाज्ञा खुकुल्लो बन्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस