पाँचथर– आगालागीका कारण घर ध्वस्त भएको फालेलुङ–५ को फ्याङलीटारमा विरमती तामाङको परिवारलाई राहत प्रदान गरीएको छ ।
जिल्ला विपत्त व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश गैरेले घटना स्थलमै पुगेर राहत वितरण गरेका हुन् ।
आगालाडी पीडित परिवारलाई लत्ता कपडा, भाडा वर्तन तथा नगद सहयोग गरिएको छ । रेडक्रसको राहत सामाग्रि, जिल्ला प्रशासन कार्यालयको सिरक, ढसना लागयतका लत्ताकपडा र १४ रुपैँया प्रारम्भीक राहत प्रदान भएको हो ।
९ गते राती उक्त घरमा आगलागी भएको थियो । आगलागीबाट २० लाख बढिको क्षती भएको अनुमान गरीएको छ । घर निर्माणका लागि सरकारले उपलब्ध गराउने ४ लाख रुपैँयाका लागि सिफारीस तथा कागजातको प्रक्रिया अगाडी बढाईएको प्रजिअ गैरेले जानकारी दिए ।