काठमाण्डाैं । बजेट भाषणमार्फत सरकारले निजामती कर्मचारी शिक्षक लगायत सबैको तलब १५ प्रतिशतका दरले वृद्धि गरेको छ ।
यो वृद्धि गरेको तलब २०७९ श्रावण १ देखि मात्र लागू हुनेछ । त्यसअगाडि भने यसअगाडि कायम भएको तलबभत्ता नै उपलव्ध हुनेछ ।
यहाँ हामीले सामूदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबभत्ता राखेका छौं ।अर्थमन्त्रालयले २०७८- ७९ को लागि निर्धारण गरेको सुरुको तलब स्केलमा १५ प्रतिशत थप गरिएको छ ।
यहाँ उल्लेखित गरिएको विशुद्ध तलब मात्र हो । यसमा ग्रेड, महंगी भत्ता लगायत अन्य भत्ता र सुविधाहरू जोडिएको छैन । ती सबै जोडेपछि पाउने तलबभने यहाँ उल्लेख गरिएको भन्दा बढी हुन्छ ।