दिपक बाेहाेरा
खेलकुदमा अनुशासन अपरिहार्य छ । खेलकुदले मानिसलाई अनुशासनको दायरामा बस्न सिकाउँछ । उफ्रनु या दगुर्नु अनि पसिना निकाल्नुलाई मात्र खेलकुद भन्न सकिन्न । समाजको लागि त्यसको व्यवस्थित क्षमता र सम्भाव्यताको प्रदर्शन विद्या पनि हो खेलकुद । त्यसैले त खेलाडीहरुलाई अनुसासनमा बाध्न जर्ज, र रेफ्रीहरुकोको ब्यवस्थापन गरीएको हुन्छ ।
तर, यहि खेलकुदको सम्रग विकास र व्यवस्थापन गर्न गठन भएका जिल्ला खेल संघहरुको हालत भने बेहाल छ । अनुशासन सिकाउने यि खेल संघहरु भने आफुलाई अनुशासनमा राखेको पाइदैन । नत यिनिहरुले राखेपको नियम मान्छन, नत कुनै गतिविधिनै गर्छन । गठन भएको दिन देखि यि संघहरु सुतेको सुतै छन् ।
जिल्लाको खेलकुदको विकास गर्न र जिल्ला स्तरमा खेलकुद गतिविधि सञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिमा खेल संघहरु दर्ता हुने गरेका छन् । तर, जिल्लामा भएका केहि खेल संघहरु भन्दा बाहेकका अन्य खेल संघहरु दर्तामा सिमित भएको पाइन्छ । जिल्ला खेलकुद विकास समिति पाँचथरमा १२ वटा खेल संघहरु दर्ता रहेको अभिलेखमा पाइन्छ । सानो जिल्लामा १२ वटा खेल संघ आफैमा ठुलो संख्या हो । यतिका संघले गर्छन् चाहिँ के? अनि ती संघ कुन हालतमा छन् अहिले ? तिनै संघहरूको अभिभावक मानिने खेलकुद विकास समितिलाई नै यसबारे जानकारी छैन । धेरै खेल संघ त नाममात्रका छन् । उनीहरूको आफ्नो कार्यालय छैन । धेरै खेल संघहरु त व्यक्ति विशेषको झोलामा मात्र छन् ।
तर, जिल्लामा सकृय खेल संघहरु भने औलामा गन्न सकिन्छ । जिल्लामा फुटवल, ब्याटमिन्टन, कराते,वुद्धिचाल बाहेकका खेल अन्य संघहरु दर्तामा सिमित छन् । फुटवल, ब्याटमिन्टन, कराते,वुद्धिचाल संघहरु नियमिति अपडेट हुने र जिल्लामा खेलगतिविधिहरु सञ्चालन गर्नेमा पर्छन् । बाँकी अन्य खेल संघहरु गठन भए देखि यि संघहरुले न त गतिविधिनै गरेका छन् न त अधिबेशननै गरेका छन् । खेल संघको अध्यक्ष हुनको लागी मात्र खेल संघ दर्ता गर्ने गरेको पाइन्छ । दर्ता भएका संघहरुले कुनै गतिबिधि गरेको पाइदैन । यसरी गुमनामा रहेका संघलाई खेलकुद विकास समितिले पनि खोज्ने गरेको पाइदैन ।
जिल्ला भलिबल संघ पाँचथरको स्थापना भएको २२ वर्ष पुगेको छ । वयस्क हँुदै गरेको पाँचथर भलिबल संघमा २२ वर्ष सम्म संस्थापक अध्यक्षले नै अहिले सम्म नेतृत्व गर्दै आएका छन् । २०५६/५७ मा स्थापना हँुदा अध्यक्ष भएका महेन्द्र थापा मगरले नै अहिले सम्म पाँचथर भलिबल संघ हाक्दै आएका छन् । बिधानमा प्रत्येक ४ बर्षमा अधिबेशन गरी नेतृत्व हस्तातरण गर्नु पर्ने भए पनि पाँचथर भलिबल संघमा बिधान अनुरुप नेतृत्व हस्तातरण हुन सकेको छैन । ४ वर्षमा अधिबेशन गर्न नसकेमा १ बर्ष सम्म अबधि लम्वाउन सकिने बिधानमा उल्लेख छ । यो २२ वर्षमा ५ बटा अधिबेशन हुनु पर्नेमा भलिबल संघ पाँचथरले अधिबेशन गर्न सकेको छैन् । अधिबेशन मात्र होइन जिल्लामा भलीवल संघको गतिबिधिनै शुन्य प्राय छ ।
त्यस्तै विगत दश वर्ष देखि टेवलटेनिस संघमा दिपेन्द्र थापा मगर अध्यक्ष छन् । यो संघ पनि गठन भए देखि खासै गतिबिधि गरेको पाइदैन । जिल्लामा करातेको गतिबिधिहरु भइरहे पनि विगत दश वर्ष देखि एउटै नेतृत्व रहेको छ । जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको टेम्पो खुकुरी संघ दर्ता भएको अभिलेखमा पाइन्छ तर, जिल्लामा यस्को कुनै गतिविधिनै देखिदैन् । जिल्लामा दर्ता भएका उसु संघ,योग तथा खेलकुद संघ आइटिएफ तेक्वान्दो संघ लगायतका संघहरु भए पनि यि संघहरु खासै सकृय छैन्न ।
बक्सीङ,तेक्वान्दो र कराते संघहरुले बेलाबेलामा खेलकुद गतिबिधि गर्ने गरेका खेलकुद विकास समिति पाँचथरका कार्यालय प्रमुख मातृका दहाल बताउछन् ।
खेलकुदका संघ-संस्थाले प्रत्येक वर्ष आफूले गर्ने कार्यक्रम, आर्थिक आयव्ययको विवरण खेलकुद विकास समिति मार्फत राखेपमा बुझाउनु पर्ने प्रावधान रहेको छ । प्रत्येक संघले आफूले सञ्चालन गरेका सम्पूणर् गतिविधि स्पष्ट रुपमा उल्लेख गरेर राखेपलाई पठाउनुपर्छ । तर, जिल्ला खेलकुद विकास समितिमा दर्ता रहेका खेल संघहरूले वर्षमा एउटा पनि कार्यक्रम गरेको देखिँदैन।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ मा खेल संघको विधानका प्रत्येक चार वर्षमा लोकतान्त्रीक पद्धति अनसुार खेल
संघका पदामधकारी तथा सदस्य निर्वाचित हुने र प्रत्येक वर्ष संघको आयव्ययको प्रचलित कानून बमोजिम लेखापरीक्षण गर्नु पर्ने उल्लेख छ , तर, पाँचथर जिल्लाको कुनै संघहरु २२ वर्ष देखि अधिबेशन नगरी बस्दा समेत नियमन गर्ने निकाय समेत सुतिरहेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले काम नगर्ने खेल संघ-संस्थाको दर्ता खारेजसम्म गर्न सक्ने उल्लेख छ । तर, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएको लामो समय हुँदा सम्म पनि ऐनमा उल्लेख भएको कुरा लागु हुन सेकेको छैन् ।