पाँचथर। हिजो साझ पाँचथरको हिलिहाङ–७ आम्बेजानीमा पिकअप दुर्घटना भई एक जनाको मृत्यु भएको छ । दुर्घटना भएको गाडीमा काठमाडौँमा हत्या गरिएका सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय सुरेश श्रेष्ठले प्रयोग गर्ने गाडीको नम्बर प्लेट भेटिएपछि प्रहरी अनुसन्धान मोडिएको छ ।
श्रेष्ठको दक्षिणकाली नगरपालीपा वार्ड न ६ बैरेनी भन्ने ठाउँमा हत्या भएको अवस्थामा शव भेटिएको थियो । इलाका प्रहरी कार्यालय फर्पिङका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार हत्या गरीको अवस्थामा शव भेटिएपनि गाडी भेटिएको थिएन । विवत्स रूपमा हत्या गरिएका अवस्थामा शव भेटिएको उनले जानकारी दिए ।
प्रहरीले अनुसन्धान गरिरहेपनि प्रमाण जुटाउन सकिरहेको थिएन । असोज–२४ गते राती हत्या भएका श्रेष्ठको हत्या भएको थियो । हिलिहाङमा दुर्घटना भएको पिकअपमा ना २ च १६५१ नम्बर प्लेट थियो । तर गाडी भित्र काठमाडौँमा हत्या गरिएका श्रेष्ठले चलाउने गाडीको बा ७ च ५४४९ नम्बर प्लेट भेटिएको छ ।
थप प्रमाण जुटाउने र अनुसन्धान गर्ने काम भईरहेको प्रहरीले जानकारी दिएको छ ।
उसले किनेर ल्याएका वा अरू के हो भन्ने अनुसन्धान भईरहेका प्रहरी श्रोतको भनाई छ । दुर्घटनामा लाक्पा नुर्बु शेर्पाको लाइसेन्स भेटिएको छ । उनी ताप्लेजुङको फुङलिङ नगरपालिका–९ ताप्लेजुङमा रहेको खुलेको छ । दुर्घटनामा पर मृत्यु भएका व्यक्तिको थप पहिचान खुल्न बाँकी रहेको छ । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।
हिलिहाङ दुर्घटनामा मोडियो अनुसन्धान, काठमाडौँमा हत्या भएका चालकको गाडी नम्बर भेटियो
पाँचथरमा पिकअप दुर्घटना, एक जनाको मृत्यु