पाँचथर । काठमाडौं महानगरपालिकाले पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई सहयोगस्वरूप एम्बुलेन्स प्रदान गरेको छ। फाल्गुनन्द गाउँपालिकालाई शुक्रबार सो एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
विगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य महानगरले मंगलबारदेखि पुनः सुरु गरेको थियो। फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले काठमाडौं महानगरपालिकाबाट प्राप्त एम्बुलेन्स ग्रहण गरेका हुन ।
महानगरले सहयोग गरेको एम्बुलेन्सले फाल्गुनन्द गाउँपालिकाका मात्रै नभई आसपासका अन्य स्थानीय तहका बिरामीहरूलाई समेत ठूलो सहयोग पुग्ने अध्यक्ष आङदेम्बेले बताए।
काठमाडौं महानगरपालिकाले देखाएको सहकार्य र सामाजिक उत्तरदायित्वप्रति उच्च प्रशंसा व्यक्त गर्दै फाल्गुनन्द गाउँपालिकाले धन्यवादसमेत जनाएको छ।
पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स वितरण गरिरहेको छ।
शनिबार, कार्तिक ०१, २०८२ मा प्रकाशित