पाँचथर । तमोर करिडोर अन्तर्गत हिलिहाङ गाउँपालिका–७ आम्बेजानीमा ना २ च १६५१ नम्बरको पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृतकको परिचय हालसम्म खुल्न बाँकी रहेको छ।
दुर्घटना स्थलमा प्रहरी टोली पुगिसकेको छ र प्रारम्भिक अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ। हिलिहाङ गाउँपालिकाका कार्यपालिका सदस्य बिरेन्द्र मगरातीले घटनाको पुष्टि गरेका छन्।
प्रहरी र स्थानीय प्रशासनले घटनाको विस्तृत विवरण संकलन गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन्। दुर्घटनाको कारण र थप विवरण सार्वजनिक हुन बाँकी छ।
पाँचथरमा पिकअप दुर्घटना, एक जनाको मृत्यु
पाँचथरमा पिकअप दुर्घटना, एक जनाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस