पाँचथर– पाँचथरकाे हिलिहाङमा दुर्घटना परेको गाडी काठमाण्डौँमा हत्या भएका सुरेश श्रेष्ठकै भएको पुष्टि भएको छ । गाडीको बुलबुक, च्यासेस नम्बर मिलेका पछि श्रेष्ठको हत्या गरी गाडी ल्याएको खुलेको हो ।
अर्कै नम्बर प्लेट लगाकाे पिकअप पाँचथरमा दुर्घटना परेको थियो । तमोर करिडर सडक अन्तगर्त पाँचथरको हिलिहाङ–७ आम्बेजानीमा पिकअप दुर्घटना भएको थियो । गाडीभित्र अर्कोपनि नम्बर प्लेट भेटिएपछिको अनुसन्धानमा श्रेष्ठले काठमाण्डौँमा चलाउने गाडीनै भएको पुष्टि भएको थियो ।
गाडी चालक श्रेष्ठको असोज–२४ गते राती दक्षिणकाली नगरपालिका वार्डन–६ मा हत्या भएको थियो । उनको हत्या गरेर गाडी ताप्लेजुङ तर्फ ल्याउदै गरेको खुल्न आएको छ ।
गाडीको बुलबुक चेसिस नम्बरका आधारमा श्रेष्ठकै गाडी भएको पुष्टि भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि अनिशकुमार कर्णले जानकारी दिए ।
हिलिहाङमा दुर्घटनामा परि ताप्लेजुङको फुङलिङ–९ का लाक्पा नुर्बु शेर्पाको मृत्यु भएको थियो । गाडीमा उनको लाईसेन्स, दुईवटा मोवाईल लगायतका समाग्रि समेत भेटिएको छ ।
दुर्घटना भएको गाडीमा ना २ च १६५१ नम्बर प्लेट थियो । गाडी भित्र बा ७ च ५४४९ नम्बर प्लेट भेटिएको थियो ।
गाडी भेटिएपनि कस्ले हत्या गर्यो भनेर खुली सकेको छैन् ।थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय फर्पिङ काठमाण्डौँ प्रहरी निरिक्षक रमेश विष्टले बताए ।
याे सम्बन्धी समाचार
हिलिहाङ दुर्घटनामा मोडियो अनुसन्धान, काठमाडौँमा हत्या भएका चालकको गाडी नम्बर भेटियो