कृष्णप्रसाद रिजाल
संगै सुतेको साथी
मस्त निधाएर घुर्छ
रातको १२ वजेको हुँदो हो
आफुलाई भने कविता फुर्छ ।
बोल्न खोज्यो खुवै झर्कन्छ
यता फर्क भन्यो उत्ता फर्कन्छ
संगै सुतेको साथी मस्त निधाएर घुर्छ
रातको १ बजेको हुँदो हो
आफुलाई भने कविता फुर्छ ।
अहिले रातको २ बजेको हुनुपर्छ
वल्लतल्ल साथी यता सर्छ
भारतले देशको सिमाना मिचे झैं गर्छ
उ नियमित यसरी नै सर्छ
आफुलाई भने विहान उठ्दा
अनागरिक भइन्छकी भन्ने डर छ ।
संगैको साथी मस्तले घुर्छ
आफुलाई भने मज्जले कविता फुर्छ ।