पाँचथर।झापाबाट प्रहरीले पाँचथरका एक जनालाई लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
माघ १६ गते शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पाँचथर जिल्लाको याङबरक गाउँपालिका–६ का अनिश राईलाई ३ ग्राम ७०० मिलिग्राम लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधी ९ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका अनिश राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




