पाँचथर– फाल्गुन–२१ को प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथरमा विभिन्न दलबाट बनेका उम्मेद्वारहरु गाउँ गाउँ पुगेका छन् । संगठन परिचाल, भोट माग्ने जस्ता काममा उनीहरु गाउँ गाउँ पुगेका हुन् ।
प्रमुख मानिएका नेपाली काग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीका (नेकपा)उम्मेद्वार, नेताहरु चुनावी प्रचारमा जुटिसकेका छन् भने नयाँ राजनीतिक दलहरुपनि उत्साहित भएर लागेको देखिन्छ ।
प्रतिनिधि सभाका लागि अधिकांश उम्मेदवार नयाँ भएकाले चुनावी गति फरक किसिमको छ । २०७४ र २०७९ का प्रतिस्पर्धी कांग्रेसका भिष्मराज आङ्देम्बे र एमालेका वसन्तकुमार नेम्बाङ चुनावी मैदानमा छैनन् ।
आङ्देम्बे समानुपातिकमा छन् भने नेम्बाङको स्वास्थ्य अवस्थाका कारण उम्मेदवार बनेका छैनन् । काग्रेसबाट नरेन्द्र कुमार केरुङ र एमालेबाट अइन्द्र सुन्दर नेम्बाङ प्रतिनिधि सभाका लागि नयाँ उम्मेदवार रहेका छन् । प्रदेश सभा निर्वाचनमा पराजित दुबैनाका लागि यो पल्ट नयाँ प्रतिस्पर्धा हो ।

. नेकपा०का उम्मेदवार हर्क नेम्बाङको संसदीय मोर्चाको पहिलो प्रतिस्पर्धा हो । तत्कालीन नेकपा (माओवादी)ले २०७४ मा बाम गठबन्धन मार्फत वसन्तलाई सगाएको थियो भने २०७९ मा कांग्रेसका आङ्देम्बेलाई सगाएको थियो । यो पल्ट नेकपाको माध्यमबाट हर्कबहादुरलाई मैदानमा उतारेको छ ।

तर मुख्य भनिएका दललाई चुनौती दिन नयाँ दलका उम्मेदवार र पार्टीका नेता, कार्यकर्ता खटिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले महेन्द्र विक्रम थामसुहाङ चुनावी मैदानमा छन् । वरिष्ठ नेता बलेन्द्र (वालेनंं) साह जिल्ला आएर माहोल बनाएका छन् ।

यस्तै, श्रमशक्ति पार्टीका हस्तराज शेर्मा, परिवर्तन पार्टीका उम्मेदवार टेक बहादुर सुब्बा चुनावी मैदाना छन् । यी नयाँ दलले बनाउने माहोल र प्राप्त गर्ने मतले नतिजालाई प्रभाव पार्ने देखिन्छ । राप्रपाका तेजकुमार कुरुम्बाङ, जनता समाजवादी पार्टीका मचिन्द्र बेघा, संघिय लोकतान्त्रिक मञ्चका भानुभक्त फियाक, राष्ट्रिय मुक्ति पार्टीका मित्र लिङदेन, मंगोल नेशनल अर्गनाईजेशनका रामकुमार तुम्रोक, नेकपा ं(माओवादी) का विजय नेम्बाङ, प्रगतिशील लोकतान्त्रिक पार्टी प्रकाश काफ्ले चुनावी मैदानमा छ ।
यो पल्ट मजदुर किसान पार्टीलेपनि पाँचथरमा उम्मेदवार बनाएको छ । लक्षुमन तामाङलाई यो पार्टीले उम्मेदवार बनाएको छ ।

उम्मेदवार गाउँ–गाउँ पुगेका देखिन्छन् । ६० वटा वार्ड तथा ठुलो भूगोल भएकाले उम्मेदवारलाई भ्याई नभ्याई भएको छ ।
निर्वाचनका लागि आवश्यक तयारी भईरहेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए । पाँचथरमा १ लाख ४३ लाख ४ सय ८ मतदाता रहेका छन् । १ सय २ मतदान स्थालमा १ सय ७९ मतदान केन्द्र रहेको छन् । यी मध्ये २९ अति संवेदनशील, ६६ संवेदनशील र ७ सामान्य मतदान स्थल रहेका छन् ।
उम्मेद्वार मतदाताको मन जित्न अनेक प्रयास गरीरहेका छन् । चुनाव निजकैदै गर्दा माहोल तातिने देखिन्छ । चुनावको प्रचारको औपचारीक रुपमा माघ–४ गतेदेखि पाउने भएपनि दल र उम्मेद्वार अहिले देखि लागेका छन् ।





