दिपक बाेहाेरा (पाँचथर) । केन्द्रिय तथ्याङक विभागले २०७८ को प्ररम्भीक जनसंख्या सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार पाँचथरमा जनगणना २०७८ मा ११ हजार ३ सय ९५ जना जनगणना गरिएको बेला अनुपस्थित रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जसमा, ९ हजार ९ सय ७१ जना पुरुष र १४ सय २४ जना महिला रहेको प्रतिवेदनमा उल्लेख छ । यो कुल जनसंख्याको ०.५३ प्रतिशत हो । विभागको प्रतिवेदन अनुसार यो संख्या जनगणना भएको बेला परिवारमा अनुपस्थित रहेको जनसंख्या हो । अर्थात बिदेशमा रहेको जनसंख्या हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार पाँचथरकोको जनसंख्या १ लाख ७४ हजार चार सय १९ रहेको छ । जुन २०६८ को जनसंख्या भन्दा १७ हजार ३ उन्नासयले कम हो । अहिले पाँचथरको जनसंख्या बृद्धिदर ऋणत्मक रहेको छ । बृद्धिदर -०.९१ रहेको तथ्याङक बिभिागले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख छ । २०६८ को जनसंख्या अनुसार पाँचथरको जनसंख्या १ लाख एकानब्बे हजार ८ सय १७ रहेको थियो ।
प्ररम्भिक जनसंख्या अनुसार पाँचथरमा ४३००३ परिवार र १७४४१९ जनसंख्या रहेको छ । जसमा, ८७०३३ जना पूरुष र ८७३८६ जना महिला रहेको जनाइएको छ ।
प्ररम्भिक जनसंख्या अनुसार पाँचथरमा सबै भन्दा बढि जनसंख्या फिदिम नगरपालिकको ४८७१३ रहेको छ ।सबै भन्दा कम तुम्बेबा गाउँपालिकामा ११०६३ रहेको छ । त्यस्तै कुम्मायक गाउँपालिकाको १३०२०, याङवरक गाउँपालिकाको १६८२८, फालेलुङगाँउपालिकाको २०५३१, हिलिहाङ गाँउपालिकाको २०५३७, फाल्गुनन्द गाँउपालिकाको २१५२३ र मिक्लाजुङ गाउँपालिकाको २१३२८ रहेको छ ।