पाँचथर । नेकपा एमालेको १० औं महाधिवेशनबाट पाँचथरका ४ एमाले नेता केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । पाँचथरबाट पूर्व मन्त्री बसन्त कुमार नेम्बाङ र पूर्व राज्य मन्त्री श्री प्रसाद जवेगू, पूर्व राज्य मन्त्री डम्बरसिं सम्हाम्फे र संविधान सभा सदस्य अइन्द्र सुन्दर नेम्बाङ एमालेको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।
पूर्व राज्य मन्त्री श्री प्रसाद जवेगू खुल्लाबाट, पूर्व मन्त्री बसन्त कुमार नेम्बाङ प्रदेश नम्बर एक , संविधान सभा सदस्य अइन्द्र सुन्दर नेम्बाङ र डम्बरसिं सम्बाहाम्फे जनजाती खुल्लाबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । चारै जना नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले बनाएको सुचिमा परेका थिए ।
पूर्व राज्य मन्त्री श्री प्रसाद जवेगू पूर्व माओबादी नेता हुन् । बसन्त कुमार नेम्बाङ पहिलो पटक एमालेको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । अइन्द्र सुन्दर नेम्बाङ र डम्बरसिं सम्बाहाम्फे यस अघि पनि केन्द्रिय सदस्य थिए ।