पाँचथर । नेत्रविक्रम चन्द विप्लव” नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले पाँचथरको सदमुकामा फिदिममा मसाल जुलुस गरेको छ । सदमुकामा फिदिम स्थित ठाडोलाइनबाट सुरु भएको मसाल जुलुस नाराबाजी गर्दै गणतन्त्र चोकमा पु्गेर कोण सभामा परिणत भएको थियो ।
पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्द सफल बनाउन अपिल गर्दै मसाल जुलुस निकालेको बताइएको छ । सरकारले हालै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।
पछिल्लो समय पेट्रोलीयम पर्दाथ लगायत उपभोग्य समाग्रीहरुमा गरीएको मुल्यवृद्धिको बिरोध र खारेजीको माग राखेर बिरोध कार्यक्रम आयोजना गरीएको नेपाल कम्युनिष्ट पार्टीले बताएको छ । कोण सभामा नेत्रविक्रम चन्द विपल्व” नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीका सन्तोष विष्ट लगायतका नेताहरुले सम्बोधान गरेका थिए ।
पेट्रोलीयम पर्दाथ लगायत उपभोग्य समाग्रीहरुमा गरीएको मुल्यवृद्धि फिर्ता नभए सम्म विभिन्न विरोधका कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टीका सन्तोष विष्टले जानकारी दिए ।