पाँचथर ।पाँचथरमा बेमाैसमि बर्षाकाे कारण खाेलाले बगाएर बेपत्ता भएका फिदिम ६ का प्रेम आलेकाे शव भेटिएकाे छ । उनकाे शव भेटिए संगै पाँचथरमा पहिराेकाे कारण मुत्यु हुनेकाे संख्या ३१ पुगेकाे छ । उनि फिदिम ५ मा पर्ने सिवा खाेलाले बगाउदा बेपता भएका थिए ।
पाँचथरमा पहिराेकाे कारण अझै ३ जना बेपत्ता रहेका छन् । उनिहरूकाे खाेजि भईरहेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
मिक्लाजुङ गाउँपालीकामा बेपत्ता रहेका ३जनाकाे खाेजिकाे लागि तालिम प्राप्त कुकुर इलाका प्रहरि कार्यालय रबिमा अाईपुगेकाे विश्वाकर्माले जानकारि दिए । तालिम प्राप्त कुकुरकाे सहयाेगमा भाेलिबाट बेपताहरूकाे खाेजि गरिने विश्वाकर्माले जानकारी दिए ।