पाँचथर– बेमौसमि झरिका कारण गएको पहिरोका कारण पाँचथरको दक्षिणी मिक्लाजुङ गाँउपालिका थङ्थिलो भएको छ । यो गाँउपालीका २२ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता रहेका छन् । दजर्नौ परिवार विस्तापित भएका भने ठुलो संख्या पहिरोबाट प्रभावित छन् । यहाँ सडक, विजुली, खानेपानी, टेलिफोन सेवा अवरुद्ध भएको छ । लद्यु जलविद्युत आयोजना, कृषिका योजनाहरु, सिचाई लगायतका महत्पूर्ण योजना समेत ध्वस्त भएका छन् । धान लगायतका खेती, पशु चौपाया बगाएको छ ।
‘पहिरो तथा बढिले मिक्लाजुङलाई ठुलो क्षती पु¥याएको छ । पहिरोमा परि धेरैले ज्यान गुमाउनु भयो । घाईतेको उपचार हुदै छ । ठुलो संख्यामा विस्थापित भएका छन्’ गाँउपालीका अध्यक्ष अमर माखिले भने ‘यो महाविपत्तिले हाम्रो पालिकालाई तहसनहस बनाएको छ । सडक, खानेपानी, सिचाई, विद्युत, झोलुङ्गे पुल, नमुना कृषि फर्महरु, खेतीयोग्य जमिनमा ठुलो क्षती पुगको छ ।’
पहिरोले सडक अवरुद्ध भएपछि गाँउपालीका केन्द्र रवि बजारसम्म गाडी पुग्न सकेको छैन् । राँके–भेडेटार, दमक–रवि सडक क्षती विच्छेद भएको स्थानीयवासिले बताएका छन् । यहाँ वार्ड केन्द्र, व्यपारीक केन्द्र जोड्ने सडकमा नराम्ररी क्षती पुगेको छ । सदरमुकाम फिदिमबाट पहिरोको अवस्था तथा राहतका लागि टोलि मिक्लाजुङ पुग्न सकिरहेको छैन् । गाँउपालीका तथा सोहि स्थानमा रहेका सुरक्षाकर्मीले विपत्तिको व्यस्थापन गरिरहेका छन् । विस्तापितहरु आफन्त, छिमेकीको छन् ।
जताततै पहिरो गएकाले क्षतीको विवरण संकलन भईसकेको छैन् । ‘पहिरोबाट भएको क्षतीको विवरण संकलन सूरु भएको छ । पहिरोले उत्पन्न परिस्थीति तथा प्रतिकुल मौसमका कारण अझै केहि दिन लाग्ने देखिन्छ’ इलाका प्रहरी कार्यालय रविका इक्सपेक्टर ठाकुर अधिकारीले भने ‘मृतकको व्यवस्थापन, वेपत्ताको खोजी, घाईतेको उपचारमा प्रमुख प्राथमिकता दियौँ । पहिरोले कति घरमा क्षती भयो, कति विस्तापित छन् भन्ने यकिन हुन अझै केहि दिन लाग्छ ।’
ठाँउ ठाँउमा पहिरो गएपनि घटना स्थलमा प्रहरी पुग्नलाई समेत समय लागेको थियो । सदरमुकामबाट टोलि हिडेर पठाउन बाहेक अन्य विकल्प थिएन । पहिरोपछि विद्युत, खानेपानी, टेलिफोन सेवा अवरुद्ध हुँदा समस्या भएको छ । दक्षिणी क्षेत्रमा रहेको यो गाँउपाली कृषि, पर्यटन लगायतका हिसाबले महत्पूर्ण थियो । तर यो झरीले जताजतै क्षती पु¥याएको अध्यक्ष माखिले टेलिफोनमा बताए ।
मिक्लाजुङ गाँउपालीका–५ मा सबैभन्दा ठुलो क्षती पुगेको छ । १५ जनाको पहिरोले पुरिएर मृत्यु भएका छन् भने दुई जना वेपत्ता भएका थि। यहाँको चिसापानी पञ्चमी बजारमा ११ जनाको मृत्यु भएको छ । विपत्तिले वार्ड विरक्त लाग्दो भएको वार्ड अध्यक्ष अविशन लावतीले बताए । उनका अनुसार उक्त वार्डमा १ सय ५० घर पूर्ण रुपमा क्षती, आशिंक ५ सय घर धुरी क्षती भएको छ । ४ हजार १ सय जना बाढि पहिरोबाट प्रभावित भएको लावतीले जानकारी दिए । १३ वटा लद्यु जलविद्यु आयोजना, अधिकाश सिचाई योजना, २२ वटा खानेपानी योजना बगाएको लवातीले जानकारी दिए ।
सदरमुकाम तथा अन्य क्षेत्रमाबाट उद्वार, राहत, सहयोग तथा पहिरोको अवलोकनका लागि जान सक्ने अवस्था रहेको छैन् । सडक, विद्युत खुल्न अझै समय लाग्ने देखिन्छ । ठुला ठुलो खेती योग्य जमिन पहिरोले क्षतविच्छद बनाएका छन् । कृषि उत्पादनको हिसाबले पनि यो गाँउपालीका महत्पूर्ण रहेको थियो । पुनः निर्माणका लागि ठुलो खर्च लाग्ने देखिन्छ ।