पाँचथर– उपचार भईरहेकी वालीकाको मृत्यु भएकाे घटनालार्इ लिएर पाँचथर जिल्ला अस्पतालमा तनाव भएको छ । चिकित्सको लापवार्हिले मृत्यु भएको आरोप मृतक बालीकाका आफन्तले लगाएका छन् ।
अस्पताल परिसरमा मृतकका आफन्तहरु ठुलो संख्यामा उपस्थीत भएका छन् । उनीहरुले अस्पताल परिसरमा विरोध जनाई रहेका छन् ।
फालेलुङ गाँउपालीका–८ घर भई हाल फिदिम–२ मा बस्दै आएकी तीन बर्षिय बालिका कृष्टिना थाम्सुहाङ् काे मृत्यु भएको थियो । स्वास्थ्यकर्मीले लापवार्हि गरेको आफन्तको आरोप छ । अस्पतालमा उपस्थीत आफन्तहरु आक्रोसित देखिन्छन् ।
स्वास्थ्यमा सुधार आईसकेर डिस्चार्ज गर्न लागिएकी बालिकाको इन्जेक्सन लगाउने वित्तिकै मृत्यु भएको आफन्तको भनाई छ ।
समस्या समाधानका लागि अस्पताल र आफन्त विच वार्ता जारी छ । केहि घण्टा अगाडीदेखि भएको वार्ता अहिलेसम्म निस्कर्षमा पुग्न सकेको छैन् ।
अस्पताल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरीएको छ ।