ताप्लेजुङ । नेपाली कांग्रेसको ताप्लेजुङ सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् ।सोमबार बिहान सम्पन्न मतगणनाअनुसार तुम्याहाङ ५८८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी छविलाल गुरुङले ४३० मत पाए ।
यस्तै, उपसभापतिमा गणेशबहादुर लिम्बू ५३३ मत र डिल्लीरमण बराल ५२८ मत पाई विजयी भएका छन् ।सचिवमा डम्बर हाङ्गाम ५८९ मत र नन्दकुमार ओझा ४४२ मत ल्याई विजयी भए । सहसचिवमा तेजकुमार सुनुवार ६३८ मत र नन्दकुमार आङ्वोहाङ ४९४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला नेतृत्व चुनिएको हो ।