वर्तमानमा नेपाली राजनीतिक घटनाक्रमलाई नजिकैबाट नियाल्ने हो भने,नेपाल संमृद्ध नहुनमा(नेपालीको सामाजिक,आर्थिक,शैक्षिक ,भौगोलिक ,भौतिक आदि चौतर्फी विकास नहुनमा) राजनीतिक दलभित्र हुने चरम गुटबन्दी र त्यसको परिणाम भागवण्डालाई नै एउटा सशक्त कारण मान्न सकिन्छ।नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्माक शासन पद्धति भएको देश हो।लोकतान्त्रिक पद्धतिमा राजनीतिक दलहरू अस्तित्वमा रहेका हुन्छन् ।यस् पद्धतिमा राजनीतिक दलहरुको अहम् भुमिका हुन्छ।बहुदलीय राजनीतिक प्रणालीमा देशमा अस्तित्वमा रहेका विभिन्न राजनीतिक दलका प्रत्यासीहरु एक आपसमा चुनावी मैदानमा होमिएर जनताको अधिक अभिमतबाट विजयी हुन्छन् र संसदमा पुग्छन्।संसदमा पुगेका राजनीतिक जनप्रतिनिधिहरु मध्ये पनि सबैभन्दा बढी जनप्रतिनिधिहरुको विस्वासको मत पाउने जनप्रतिनिधि नै सरकार प्रमुखको भुमिकामा आउँछ।यस्तो संसदीय अभ्यासमा नेपालको प्रशासनिक बागडोर चलिरहेको छ।संसदीय शासन प्रणालीको राजनीतिक दल मुल पिल्लर हो। एउटा घर बलियो हुनमा त्यो घरका खाँवा/स्तम्भहरुको कति महत्त्व हुन्छ,त्यस्तै एउटा देश समृद्धशाली हुनमा त्यो देशका राजनीतिक दलहरुको त्यतिनै महत्व हुन्छ। त्यस्तै नेपाल (घरको) राजनीतिक दल (खाँवाहरु) गुटबन्दी (धमिराले)खाइरहेको छ।चरम गुटबन्दीकै कारण स्वदेशी र विदेशी चलखेल नेपालमा प्रसस्त मौलाइरहेको छ।धमिराले खाइसकेका खाँवाका बलमा आखिर घर कतिनै टिक्न सक्छ र? परिणाममा दुईतिहाइ बहुमतको सरकार ढल्यो।तेस्रो शक्ति खेल्ने मौका पायो।अध्यादेश मार्फत दुई राजनीतिक दल बिभाजित भए।अबत दुईतिहाइको सरकार आयो,देश समृद्धिको पथमा अघि बढ्छ भन्ने,जनविश्वास पनि तुह्यियो।”नेपालमा लोकतन्त्र जनतासँग भन्दा पनि मूलतः राज्यशक्तिमा पहुँचसँग जोडिएको छ” भन्ने अमुकको भनाइ आज पुनश्च सार्थक भएको छ।विना सैद्धान्तिक र वैचारिक मतभेद संबैधानिक निकायका उच्च पदाधिकारी नियुक्तिको भागवण्डा नमिलेर उठेको शीर्ष तीन नेताहरु बिचको विवाद चुलिएर ने.क.पा आज तीन भागमा बिभक्त भएको छ।पाटीभित्र व्यक्तिवाद हावी गर्ने,स्वेच्छाचारी हुने,नेतृत्वलाई नमान्ने,जाल ,झेल,षड्यन्त्र रच्ने,इर्ष्या,वैमनस्यता लिने प्रवृत्ती नै गुटबन्दीको उपज राजनीतिक दलमा लागेको धमिरो हो।नेतृत्वसँग बैचारिक बहस,सैद्धान्तिक बहस हुन जरुरी छ,तर पद र कुर्सीकै लालचले गुट र उपगुट्को राजनीति गरेर देश र जनताको भबिस्यमाथी खेलबाड गर्नु अक्षम्य अपराध हो।यस्तो कुकृत्यलाई इतिहासले कहिलै पनि माफ गर्ने छैन।नेताहरू गुटको नेता नभएर आम कार्यकर्ताको,देश र जनताको नेता हुने कहिले?यो प्रश्न आज नेपालका समग्र राजनीतिक दलका कार्यकर्ताहरुको साझा प्रश्न भएको छ।
२००७ साल यता नेपालमा राजनीतिक व्यवस्थाहरु परिवर्तन हुँदै गए,सुरुवाती कालखण्डमा राजनीतिक दलहरुमा गुटबन्दीको कालो साया परेको देखिदैन। तत्कालीन समयमा राजनीतिक संगठनमा गुटबन्दी नभएकै कारणले देश र जनताले जहानिया राणा शासनबाट मुक्ति पाएको थिए। त्यसताका मानिसहरू स्वतन्त्रताका भोका थिए।मातृभूमिका लागी ज्यानको आहुती दिन तयार स्वतन्त्रता सेनानी,सच्चा सपूतहरु देश मा भैरहेको अत्याचार,शोषण,दमनका बिरुद्ध एक ढिक्का भएकै कारणले राजनीतिक व्यवस्था परिवर्तन सम्भव भएको थियो।देशमा महत्वपूर्ण परिवर्तनहरु त्यतिखेर मात्र भएका छन् जबजब राजनीतिक शक्तिहरु एकजुट भएका छन् ।चाहे त्यो ००७ कै प्रजातान्त्र प्राप्तिको आन्दोलन होस् ,०४६ को प्रजातन्त्रको पुनर्वहाली होस् ,चाहे ६२/६३को जनआन्दोलन नै किन नहोस्।जनताहरुले राजनीतिक दललाई विभिन्न कालखण्डमा दुईतिहाई जनमत दिएर सत्ता सन्चालनका लागि नपठाएको होईन।आजसम्म आउँदा दुईपटक जनताको दुईतिहाई बहुमतको राजनीतिक दलहरूले खिल्ली उडाएका छन्।२०१७ सालमा बहुमत प्राप्त गरेको नेपाली कांग्रेसको हातमा राज्यसत्ताको बागडोर पाएको थियो।बिडम्बना राजा महेन्द्रबाट कु भयो।त्यो पनि राजनीतिक खिचातानीकै कारण भएको प्रष्ट हुन्छ ,होईन भनेराजाले जनताको बहुमतलाई घुँडा टेकाउने आँट गर्दैनन थिए।तस्तै लामो समय पछि पुनः०७४को निर्वाचनमा जनताले नेकपा एमाले र माओवादि केन्द्रको चुनावी गठवन्धनलाई सहर्ष स्विकार्दै आशा भरोसा र विस्वास गर्दै करीब दुईतिहाई अभिमतले अनुमोदन गर्दै,पार्टी एकीकरण पश्चात् ने.क.पाको नेतृत्वमा नेपालले दुईतिहाइको सरकार पाएको थियो।जसमा सरकार प्रमुखको भुमिकामा K.P.Oli हुनुहुन्थ्यो।आफ्नै पार्टी भित्रका सत्ता लोलुप नेताहरुको चरम गुटबन्दी र असहयोगकै कारण त्यो सरकारले पनि अकालमै मृत्यु वरण गर्न पुग्यो।पुन:एकपटक फोहोरी निर्लज्ज नेताका जत्थाहरुद्वारा जनताको विस्वास माथी प्रहार गरियो।जनताको अभिमतको घाँटी निमोठियो।
हिंसात्मक दशवर्षे जनसंघर्ष र करिव दस वर्षकै लामो राजनीतिक संक्रमण पछि शक्ति अझ व्यक्तिकरण हुदै जानु,निक्कै झिनु मात्रामा मात्र संस्थागत हुनु यो दु:खको विषय हो।स्वेच्छाचारी र अनौपचारिक लेनदेनले विस्थापन गरेको राजनीतिक प्रक्रियाको नेपाली परिस्थितिलाई प्रष्ट्याउन फुकुयामाको यो भनाइ पर्याप्त छ जस्तो लाग्छ।
“”नवसंरक्षत्ववाद प्रजातन्त्रसँग सहअस्तित्वमा रहन सक्छ,यसले संरक्षक र आश्रीत बीच व्यापक सम्बन्ध खडा गर्छ,जहाँ राजनीतिज्ञहरुले राज्यको श्रोतहरुहरुलाईआफ्ना आसेपासेहरुको विशाल संजाल मार्फत वाँडचुँड गर्छन् ।यस्ता समाजमा मानिसहरु सार्वजनिक हित गर्ने धेयले भन्दा आफ्नु व्यक्तिगत उन्नति गर्ने उद्देश्यले राजनीतिमा सहभागी हुन्छन्।
माथीको फुकुयामाको भनाइ र नेपाली राजनीतिक नेताकार्यकर्ताहरुको गराइमा तालमेल मिलेको वर्तमान परिस्थितिले छर्लङ्ग पार्दछ।त्यस्तै विश्वका विभिन्न देशहरुमा भैरहेको बहुलबादको गलत अभ्यासलाई देखेर”निरर्थक बहुलवाद” को व्याख्यामा नेपाल जस्तो देशका सन्दर्भमा टिप्पणी गर्दै”कारोथर्स”भन्छन् –
“”” शक्तिमा आउने परिवर्तनले देशको समस्यालाई एक ठाउँ बाट अर्को ठाउँमा सार्ने काम मात्र गरेको देखिन्छ…आम जनता राजनीतिबाट अत्यधिक असन्तुष्ट रहन्छन्। प्रजातन्त्रको आदर्शप्रति विस्वास राख्दाराख्दै पनि देशको राजनीतिक जीवनप्रति आम जनता बेखुस रहन्छन्।
समग्रमा राजनीतिलाई भ्रष्ट र कुलीनहरुको प्रभुत्वमा रहेको र देशका लागि खासै केही नदिने बासी सडेको कुराको रुपमा हेय दृष्टिले हेरिन्छ अनि यसले पटक्कै सम्मान पाँउदैन।राज्य भने निरन्तर कमजोर रहन्छ।आर्थिक निति बिचार पुर्याएर तर्जुमा गरिएको र कार्यन्वयन गरिएको हुँदैन।आर्थिक अवस्था बहुधा खराब र हानिकारकसमेत हुन्छ।सामाजिक र राजनीतिक सुधार पनि त्यत्तिकै कमजोर हुन्छ र एकपछि अर्को सरकार देशका प्रमुख समस्याहरुको समाधान गर्न सक्दैन,जस्तै अपराध र भ्रष्टाचार ,स्वास्थ,शिक्षा र सामाजिक कल्याण आदिका समस्या””
माथीको कारोथर्सको व्याख्या जस्तै के नेपालमा बहुलवाद निरर्थक भएको हो त? यदि हाम्रा राजनीतिक नेतृत्वहरुले अब पनि आफ्नु नियत सफा नबनाउने हो भने,परिवारवाद र आसेपासे संरक्षणमै लागिरहने हो भने,राजनीतिमा अपराधीकरण घुसाउने र अपराधलाई राजनितीकरण गर्ने हो भने,पार्टी भित्रको गुटबन्दीलाई प्रश्रय दिने हो भने, नेपालको बहुदलीय र संसदीय व्यवस्था हिजो इतिहासको राजसंस्था नहुन के बेर लाग्छ र?राजनीतिका आडमा हुने वेथितिहरु पार्टीभित्रको चरम गुटबन्दीको उपज हो।त्यो पार्टी चाहे काङ्ग्रेस होस् चाहे कम्युनिस्ट पार्टीभित्र मौलएको गुटबन्दीको कालो धर्सो हटाएर योग्यता र क्षमताका आधारमा नेतृत्व चयन गर्ने परिपाटी बसाउनु आजको आवश्यकता हो।पार्टीको नेतृत्व बाँडफाँडनै योग्यता र क्षमताका आधारमा नभएर भागवण्डाबाट हुने संस्कार पाएका युवा पुस्ताले के भोलिको राज्य सत्ताको बागडोर सम्हाल्छन त!सत्ताको बागडोर सम्हाल्ने मामलामा असफल आजको नेतृत्वबाट प्रशिक्षित युवाले भोलिको बागडोर सम्हाल्न सक्दैनन् ।त्यसकारण आजको नेतृत्वले विधि,नियम,पद्धतिमा रहि कुशल आचरणका साथ सत्ता सञ्चालन गरि भोलिको नेतृत्वलाई दिशानिर्देश गर्नु जरुरी छ।राजनीतिक दलभित्र रहेको गुटबन्दी क्यान्सरलाई समयमै निर्मूल पार्न आवस्यक छ।