पाँचथर– गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पाँचथरले अन्तिम स्थान प्राप्त गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा कार्यसम्पादनका आधारमा गरिएको मूल्याङ्कनमा ७३ दशमलव ८२ अङ्क सहित पाँचथर ७७ औ स्थानमा पुगेको हो ।
गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूका अधारमा यो मूल्याङ्कन भएको हो । गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, उत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका मापदण्डहरूका आधारमा मूल्याङ्कन गर्दै आएको छ ।
पाँचथरले पहिलो चौमासिकमा २६ दशमलव ४५, दोस्रोमा १७, तेस्रोमा १६ दशमलव ०६, र चाैँथाे १४ दशमलव ३१ अङ्क प्राप्त गरेको छ ।
पर्वतले प्रथम स्थान हासिल गरेको छ । उसले ९५ दशमलव ७१ अङ्क पाएकाे छ । भक्तपुरले दोस्रो, नुवाकोट तेस्रो, मनाङ चौथो र धनकुटा पाँचौ भएको छ । छिमेकी जिल्ला इलाम १८ औँ, तेह्रथुम २२ औँ र ताप्लेजुङ ४४ स्थानमा रहेको छ । ७५ औँ स्थानमा खोटाङ, ७६ स्थानमा पर्सा रहेको छ ।
विगतमा पाँचथरको यति कमजोर अवस्था थिएन ।




